Friday, December 14, 2007

त्यसै हतार गर्छन् केटाहरू

2007-12-14,Friday,
आन्द्रेय सिरतास युवापुस्ताका रुचि, संस्कृति, आदत-संगतका बारेमा अध्ययन गर्ने एक चल्तीकी अनुसन्धानकर्मी हुन् । युवा उमेरका चाहनाले मानिसको जीवनलाई कसरी गति दिन्छ भन्ने उनलाई जानकारी छ । उनको आधा उमेर यस्तै अनुसन्धानमा बितेको छ । हालैमात्र उनले आफ्नो अनुभवको स-सानो फेहरिस्त एक अनलाइनमार्फ र्सार्वजनिक गरेकी छिन् । डेटिङबाट केटाकेटीको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने त्यहा“ उल्लेख छ । स्त्रीपुरुषको मेल हुनलाई कुनै बलियो बहाना आवश्यक छैन । सामान्य देखभेट, बोलचाल र हेराहेर मात्र पनि अर्को भेटको मिति तोक्न पर्याप्त हुन्छ । आ“खा जुधेपछि त समय मिले उत्तिखेरै नभए अर्को दिन भेट गर्ने वाचा त भैहाल्छ । अनि चल्न थाल्छ डेटिङको रमाइलो । केटाकेटी जब डेटिङमा जान्छन्, संक्रमण सुरु हुुन्छ । सिरतासको अनुभवमा प्रायः केटाहरू केटीलाई आफ्नो प्रभावमा राख्न हुने नहुने गफ दिन्छन्- हाय मेरी लैला † अरूभन्दा आफूलाई स्मार्ट अनि योग्य साबित गर्ने चाहना मात्र होइन बाध्यता पनि हो उनीहरूको । जे निर्ण्र्ाागर्छन् सबै केटाहरू, केटीहरू सुन्ने मात्र हुन्छन् । सल्लाह लिने लफडा उनीहरू झेल्दैनन् । सम्बन्धको आकर्षाले नजिक भएका केटाकेटी दिन बित्न नपाउ“दै नजिक भइसक्छन्् । नजिक बन्न केटाको विशेष जोड हुन्छ । मन नपर्ने साथीस“ग दिन बिताउन नचाहे पनि केटीले झट्ट त्यसो गर्न सक्दैनन् । कठ्यांग्रिने रात पनि सहजै कटाइदिन्छन् । सम्बन्ध कस्न केटाहरू विशेष पहल गर्छन् । केटीले कुरा गर्न लाग्दा उनको पुरुष मित्र बाहिर कतै उडिरहेको चंगा नियालिरहेको हुन्छ । तर, जब ऊ आफैं बोल्न थाल्छ उनले सहमतिमा टाउको हल्लाउनर्ैपर्छ । एउटै टेबलमा वारपार कुराकानी गरिरहदा महिला के भन्छिन् भन्नेतिर ध्यान दिदैनन् केटाहरू । तैपनि, सम्बन्धका कुनै सीमा बा“की रहन्नन् । भलै त्यो सुरुवातको बाह्र घन्टा मात्र किन बितेको नहोस् । पुरुष जन्मजात बहादुर छन् भन्ने महिला विश्वास गर्दैनन् । तैपनि, एउटा दीघजीवी भ्रम पालेका छन् पुरुषहरूले । उनीहरू महिला का“तर छन् भन्ने कुरामा विवाद गर्न चाहन्नन् । किनकि यो त र्सवस्वीकृत छ भन्ने मान्यतामा उनीहरू हुर्के । जब दुइ जना स“गै बस्छन्, स्त्रीलाई आफ्ना बाहुपासमा अड्याउन हात लम्काउ“छन् पुरुष । यसले महिलालाई सधै“ पराजित हालतमा पुर्‍याएको सिरतासको विश्लेषण छ । पुरुष कति बहादुर हुन्, कति खुबीका छन् र महिलाको तुलनामा कति फरक छन् भनिरहनु पर्दैन । तैपनि, जबर्जस्ती महिलामाथि हरेक विषयमा पुरुष हाबी हुने गरेका छन् । सुरक्षित घरसम्म पुर्‍याउने बलिष्ठ प्रजातिको केटासाथीप्रति आजका महिलाहरू आभार मात्र हुन सक्छन् । तर, उनीहरूलाई भलाद्मी पुरुषले नै काखी च्यापेको भोग्न मन पर्ने सिरतास बताउ“छिन् । होटलमा चिया मगाएजस्तो गरी आफ्ना मागहरू क्रमशः तृप्त गर्दै जाने धुनमा पुरुषहरू लागिरहेका हुन्छन् भन्ने सिरतासको अनुसन्धानमा संलग्न अधिकांश महिला सहमत भएका उनले बताएकी छिन् । केटाहरू पहिलो भेटको सामान्य बसाइमै आफ्नी प्रेमिकाझैंं व्यवहार गर्न संकोच मान्दैनन् । स्वाभाविक लज्जावश उनी सिन्काले भुइ“ कोतर्न थाल्छिन् । कुराकानी कहा“बाट सुरु गर्ने भन्ने दोधारमा रहेकी महिलास“ग पुरुषको शारीरिक खटपट सुरु भइसकेको हुन्छ । पुरुष मित्र कहा“कहा“ टाढा पुग्नुपर्ने तर बीचैमा अल्भिmएको यात्रीजस्तो देखिन थाल्छन् । मौनता भंग गर्ने माध्यमको जोहो हुन्छ । प्ररम्भमा तुलनात्मक चिसा देखिए पनि केटीहरू रागपूण स्थायी सम्बन्ध चाहन्छन् भन्ने सिरतासको भनाइ छ । पहलबिना कुनै काम अघि र्सर्दैन तर पुरुषहरू महिलाको मन जित्ने बहानामा प्रायशः अर्को डेटिङ कहिले गर्ने भन्नेमा केटीलाई नै निर्ण्र्ाागर्न लगाउ“छन् । तर, यो बानी केटीहरूलाई पटक्कै मन पर्दैन । उनको मनै राख्ने भए दर्ुइचार थान खाली ठाउ“ छाडेमात्र पुग्ने आफ्नो अनुसन्धान रिपोर्टको हवाला दि“दै सिरतासले बताएकी छिन् । केटीले लगाउने पहिरनका बारेमा बढी चासो दिएको मन नपरे पनि प्रशंसा गरेको उनीहरूलाई खुबै मन पर्छ । केटाले गर्ने प्रशंसाको तालमा ढल्कन उनीहरूलाई खुब स्वाद आउ“छ । छुट्टनिे बेला 'यो बार, यति समयमा फोन गर्छुभनेर झुक्याउने केटाहरू त कति, कति । यसको झोकमा कतिका शक्ति खर्चेर बनाएको साथी छोड्न पनि सहज हु“दैन तर डेटिङमा कुराउने केटालाई फर्केर पनि नहेरौंजस्तो लाग्छ धेरैलाई । कोही केटा त यस्ता बुख्या“चा हुन्छन् छुट्ट“िदा 'तिमीलाई भेटेर खुसी लाग्यो' सम्म भन्दैनन् । त्यसपछि त सम्बन्ध बन्दैन भनेर भिन्न सोचमा डुब्न नभ्याउ“दै उनै लठेब्राले फोन लगाइहाल्छन् । सम्बन्ध फेरि धकेलि“दै जान्छ । संचार नै महिलास“गको सम्बन्ध जोड्ने कडी हो भन्छिन् अध्येता सिरतास ।

No comments: