Wednesday, December 12, 2007

ब्लगर राष्ट्रपति अहमदिनेजाद


2007-12-12,Wednesday,
रानका राष्ट्रपति अहमदिनेजाद अमेरिकाको कटु आलोचकका रूपमा परिचित छन् । उनी कुशल वक्ता पनि हुन् । तर, उनी एक ब्लगर पनि हुन् भन्ने धेरैलाई थाह नहुनसक्छ । प्रेस स्वतन्त्रता र प्रजातन्त्रका दुश्मनका रूपमा पश्चिमी विश्वमा परिचित अहमदिनेजादले आफ्नो भाषणमा कडा रूपमा अमेरिकी नीतिको आलोचना गर्छन् । तर, ब्लगमा भने उनी नरम भएर प्रस्तुत हुन्छन् । ब्लगमा आउने प्रतिक्रियामाथि उनले सेन्सर गर्दैनन् । त्यसैले उनको बारेमा उनकै ब्लगमा कडा टिप्पणी छापिने गरेको छ । 'मेरो विचारमा तपार्इं एक राक्षसी नेता हो', एक अमेरिकन पाठकले उनको ब्लगमा प्रतिक्रिया पठाउ"दै भनेका छन् । 'स्वतन्त्रता र सहनशीलता आजको आवश्यकता हुन्, बौद्धिक व्यक्तितत्व, पत्रकार, अल्पसंख्यकको हत्या गर्ने तपार्इंको सरकारको नीति हिंस्रक र चिन्ताजनक छ,' उनले लेखेका छन् । अहमदिनेजादले अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा दिएको भाषणको आलोचना गर्दै एक पाठकले ब्लगमा प्रतिक्रिया छापेका छन् । इरानमा समलिंगी नभएको उनको कथनलाई वाहियात भएको प्रतिक्रिया प्रेषित गरेका छन् । इरानको आन्तरिक नीति 'हिंस्रक' भएको पनि उल्लेख गरेका छन् । अर्का एक पाठक त उनलाई चुप लाग्न अर्ति दिएका छन् । उनको बकमफुसे कुरा सुन्दा आफूलाई टाउको दुख्ने गरेको पनि उनले उल्लेख गरेका छन् । 'कृपया चुप लाग्नूस्, तपार्इंको वाहियात कुरा सुन्दा मलाई टाउको दुख्छ ।' कैयौंले अहमदिनेजादको ब्लगमा उनको र्समर्थन गर्दै प्रतिक्रिया पठाएका छन् । अमेरिकाले आरोप खण्डन गर्दै इरानले आणविक हतियार नबनाएको उनीहरुले बताएका छन् । लगातार अहमदिनेजादले इरानले आणविक हतियार नबनाएको बताउ"दै आएका छन् । एक क्यानिडियन नागरिकले उनको र्समर्थन गर्दै प्रतिक्रिया पठाएका छन् । 'मलाई तपार्इंले सुरुदेखि नै सत्य कुरा बोलिरहनुभएको छ जस्तो लाग्छ,' उनले ब्लगमा लेखेका छन् । ब्लगमा पर्सिया, अरबिक, अंग्रेजी र फ्रेन्च भाषामा प्रयोग गर्न सकिन्छ । उनको ब्लगको साइट बhmबमष्लभवबम।ष्च हो । उनले एक वर्षघिदेखि ब्लग सुरु गरेका हुन् । ब्लगलाई अपडेट गर्न प्रत्येक हप्ता १५ मिनेट समय दिने पनि उनले विश्वास दिलाएका छन् । अहमदिनेजादलाई प्रचारको राम्रो ज्ञान भएको राजनीतिज्ञ र पत्रकार करिम आरहान्डेपाओरले बताए । ब्लगप्रेमले उनी आधुनिक प्रचारमाध्यमा विश्वास गर्ने र त्यसको प्रयोग गर्न इच्छुक भएको आरहान्डेपाओरले बताए । 'गाइडलाइन फर इस्लामिक गभर्नेन्स' अहमदिनेजादले ब्लगमा लेखेको नया" लेख हो । उनले भगवान्लाई साक्ष्ँी राखेर कसरी सरकारी अधिकारीले जनतालाई सहयोग गर्न आफ्नो काम र कर्तव्य पूरा गर्नर्ुपर्छ भन्नेबारेमा लेखमा उल्लेख गरेका छन् । 'यस अर्थमा लोभी सरकारी अधिकारीको आनन्दभन्दा टुहुराको हा"सो महत्त्वपर्ूण्ा हुन्छ', अहमदिनेजादले लेखेका छन् । इरानमा सयौं ब्लग सरकारको प्रत्यक्ष्ँ सेन्सरको मारमा पर्ने गरेका छन् । चुनाव पछि त सरकारको आलोचना गर्ने ब्लग सरकारले बन्द गरेको छ । 'गुगल' बन्द गर्दा एकपटक राष्ट्रपति अहमदिनेजादको ब्लग पनि एक दिनका लागि झुक्किएर बन्द भएको थियो । इरानमा भूतपर्ूव सरकारी अधिकारीबीच ब्लग राख्ने प्रचलन बढेको छ । अहमदिनेजादको ब्लगमा जागिर खोजिदिन आग्रह गर्दै प्रतिक्रिया पनि आउने गर्छन् । केही समय अगाडि तेहरानमा विद्यार्थीले गरेको विरोध पर््रदर्शनको प्रसंग उप्काउ"दै इरानको स्वतन्त्रताको बारेमा पनि उनले लेखेका छन् । इराकमा छोरा मारिएका एक आमाको चिठीको प्रतिक्रियामा उनले अमेरिका युद्ध पिपासु भएको आरोप लगाएका छन् । अमेरिकी जनतासहित विश्वका सम्पर्ूण्ा मानिसको सम्मान गर्ने पनि उनले ब्लगमा उल्लेख गरेका छन् । ब्लगमा उनले आफ्नो आत्मकथा पनि लेखेका छन् । गरिबीको कारण बाल्यकालदेखि आफूले सानै उमेरदेखि संर्घष्ा गर्नुपरेको पनि उनले उल्लेख गरेका छन् । आफू कर्तव्यनिष्ठ, अध्ययनशील मानिस भएको पनि उनले ब्लगमा लेखेका छन् ।

नेपालमा विदेशी कति छन् ?

रामहरि पाण्डे
2007-12-12,Wednesday,
काठमाडौं, २५ मंसिर अस्थायी रूपमा नेपाल बस्ने विदेशी नागरिकका सबै रेकर्ड राख्ने अध्यागमन विभागसित नेपालमा कति विदेशी बस्छन् कुनै जानकारी छैन । बस्ने अनुमति माग्न विदेशीले दिएको निवेदन र स्वीकृत पत्रको सम्पर्ूण्ा रर्ेकर्डसमेत छैन विभागसित । अध्यागमन विभागले नेपालका विभिन्न क्षेत्रमा आएका पा"च सयभन्दा बढीलाई मासिक रूपमा नेपाल बस्ने अनुमतिपत्र दिन्छ, तर आवश्यक रर्ेकर्ड भने सुरक्षित राखि"दैन । विभागको भुइ"तलामा टिनको र्‍याकमा छरपस्ट फालिएका फाइल मुसाले काटेर ध्वस्त पारेको छ । गत आइतबार विभागमा अस्टे्रलियाकी फेडरिक नाम गरेकी एक महिलाको फाइल खोज्न दिनभर लाग्यो । बिहान ११ बजेदेखि खोज्न थालेको फाइल दिउ"सो तीन बजे मात्र फेला पर्‍यो, त्यो पनि आधाभन्दा बढी मुसाले खाएको । आफ्नो फाइल देखाउ"दै उनले हा"स्दै भनिन्, 'मेरो फाइल त कति सुरक्षित रहेछ, आधी मात्रै भए पनि भेटियो ।' १५ मंसिर, ०६३ मा स्वास्थ्य स्वयंसेविकाका रूपमा आएको जानकारी गराउ"दै उनले भनिन्, 'मैले धेरै जिल्लाका मानिसलाई निःशुल्क स्वास्थ्यसेवा उपलब्ध गराउ"दै आएकी छु ।' फेडरिकले मात्र अध्यागमनमा फाइल नभेट्टाएकी होइनन् । फेडरिक जस्ता थुप्रै विदेशी नागरिकले अध्यागमनको दराजमा आफ्ना फाइल भेट्टाउन निकै मिहिनेत गर्नुपर्छ । अध्यागमनका एक कर्मचारीले भने, 'हामी यहा"का फाइल खोज्दाखोज्दै हैरान हुन्छौ" ।' नेपालमा 'नन टुरिस्ट' भिसा उपलब्ध गराउनुपर्ने प्रमुख कारणसहित व्यक्तिगत विवरण भरेको फाइल र विभागले मागेका सम्पर्ूण्ा कागज पेस गरेपछि मात्र गैरनेपालीले नेपालमा बस्ने अनुमति पाउ"छ । कामको प्रकृति हेरी एक वर्षम्मका लागि मात्र विदेशीलाई भिसा उपलब्ध गराइन्छ । विदेशी मूलका नागरिकले सुरुमा नेपाल प्रवेश गर्दा पर्यटक भिसा प्रयोग गर्छन् । त्यसपछि मात्र उनीहरूले के कामका लागि नेपाल बस्ने हो, सो विवरण खुलाई सम्पर्ूण्ा विवरण भरेको फारम अध्यागमन र कामस"ग सम्बन्धित संस्थालाई बुझाएपछि मात्र अध्यागमनले सबैको रिपोर्टका आधारमा आवश्यकताअनुसार गैरनेपालीलाई नेपाल बस्ने अस्थायी अनुमति पत्र उपलब्ध गराउ"छ । विभागले मासिक पा"च सयका हाराहारीमा विदेशी नागरिकलाई भिसा दिन्छ तर, के प्रयोजनका लागि भिसा दिएको हो, भन्ने फाइल विभागसित सुरक्षित छैन । त्यसैगरी विभागले भिसा दिएकामध्ये कति नेपालमै छन् कति फर्किए भन्ने पनि रर्ेकर्ड विभागस"ग छैन । विभागको गैर्रपर्यटक भिसा शाखाका अधिकृत शिवराज जोशी विभागमा जनशक्ति भए पनि कोठाको अभाव र अन्य प्राविधिक समस्याका कारण सम्पूण विवरण सुरक्षित राख्न नसकिएको बताउछन् । उनले नया" पत्रिकासित भने, 'सबै विवरण सुरक्षित राख्ने चाहना हुदाहुदै पनि सरकारी उदासीनताका कारण व्यवस्थित हुन सकेको छैन ।' विभागमा भएका सम्पूण फाइल कम्प्युटर प्रविधिका आधरमा राख्नुपर्ने खा"चो औंल्याउदै अधिकृत जोशी भन्छन्, 'वाषिर्क सातदेखि नौ हजारका हाराहारीमा विदेशीले नेपाल बस्नका लागि भिसा लिने गरेका छन्, तर भिसा लिएकाहरू गए/नगएको रेकर्ड राख्न सकेका छैनौ" ।' विभागका निर्देशक ज्ञानप्रसाद पंगेनी पनि नेपालमा कति विदेशी आए भन्ने तथ्यांक भए पनि कति फर्किए भन्ने सम्पर्ूण्ा जानकारी नरहेको बताउ"छन् । उनले भने, 'एक वर्षम्म नेपाल बस्ने अनुमति पाएको विदेशीले बीचमा जति पटक पनि आफ्नो देश जान पाउने भएकाले गएकाको तथ्यांक संकलन गर्न कठिन भएको हो ।' नेपाल आएका र गएका विदेशीको बराबर आ"कडा हुनुपर्ने भए पनि प्राविधिक समस्याका कारण विदेश फर्केकाको रर्ेकर्ड राख्न नसकिएको दाबी पंगेनीको छ । नेपालमा नाता-सम्बन्ध तथा विभिन्न एनजिओ र आइएनजिओमा काम गर्ने उद्देश्यले बढी विदेशी आउने गृह मन्त्रालयका अध्यागमन तथा सीमा प्रशासन शाखा प्रमुख सुधीर शाह बताउ"छन् । विभिन्न मन्त्रालयको सिफरिसमा गृह मन्त्रालयले भिसा दिने गरेको जानकारी गराउ"दै शाहले नेपालमा भिसा लिएर बसेका विदेशीले आजसम्म गलत काम नगरेको दाबी समेत गरे । उनले भने, 'गलत काम गर्दैनन् भने नेपाल बस्न दि"दा के फरक पर्छ, अन्त्यमा त उतै र्फकने हो ।' उनले नेपालका विभिन्न नाकाबाट पनि बाहिरिने भएकाले पनि यकिन तथ्यांक राख्न नसकिएको बताए । विदेशी नागरिकले नेपालमा के-के गर्छन् भन्ने जानकारी राख्नुपर्ने खा"चो भए पनि प्रक्रिया र कानुनको अभावले यसलाई निरन्तरता दिन नसकेको शाहको भनाइ छ । उनले भने, 'हामी अध्यागमनको नियमावली संशोधन गर्दै छौं त्यसपछि सबै कुरा व्यवस्थित हुन्छ ।' उनले परराष्ट्र मन्त्रालय पनि विभिन्न नियोगमा काम गर्न आएका विदेशी नागरिकलाई कूटनीतिक भिसा उपलब्ध गराउने भएकाले पनि नेपालमा कति विदेशी छन् भन्ने समस्या भएको बताए । तर, परराष्ट्र मन्त्रालयको रर्ेकर्डमा भने यो वर्षसात सय १९ जना कूटनीतिक भिसामा नेपालमा बसेका छन् । मन्त्रालयको कन्सुलर शाखाका अनुसार विभिन्न दूतावासका अधिकारी आफैंले पनि केही दिनका लागि भन्दै परिवार झिकाउने गर्छन् । यसरी आउनेहरूको कुनै रेकर्ड हुदैन । नेपालमा अस्थायी अनुमति पत्र लिएर बसेका मात्र होइन विभिन्न प्याकेज तथा निजी रूपमा घुम्न आएका विदेशी नागरिक फर्केको यकिन तथ्यांक पनि विभागस"ग छैन । विभागले त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल, तातोपानी, सुनौली, महेन्द्रनगर, वीरगन्जलगायत विभिन्न आठ नाकाबाट नेपाल प्रवेश गरेका विदेशीको सम्पर्ूण्ा रर्ेकर्ड फाइलमा टिपेर राखेको छ । तर, कहिले, कहा"बाट कति फिर्ता गए भन्ने तथ्यांक भने ऊस"ग छैन । विभागका निर्देशक पंगेनीका अनुसार नेपालमा मासिक ४० देखि ४५ हजारका हाराहारीमा विदेशी आउ"छन्, तर र्फकनेको संख्या भने करिब ३२ देखि ३५ हजार हुन्छ । बा"की नेपालका अन्य नाकाबाट जाने र कति नेपालमै रहने अनुमान छ पंगेनीको । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २००७ जनवरीदेखि मंसिर १९ गतेसम्ममा चार लाख ३० हजार ८२ जना विदेशी नेपाल आएका छन् तर कति गए भन्ने कुनै अभिलेख कतै छैन ।

एचआइभी संक्रमित महिला र्सार्वजनिक हुन चाह"दैनन्-

प्रेम बास्तोला
2007-12-12,Wednesday,
सुनसरी/ 'मलाई संक्रमित संस्थामा काम गर्नेहरूले हेपे,' आफूलाई एचआइभी भएको र्सार्वजनिक गर्दै सुष्मा शंकरले भनिन्, 'हेपिएकै कारण एचआइभी संक्रमित महिला र्सार्वजनिक हुन चाहदैनन् ।' सुष्मा 'प्रयास नेपाल'द्वारा इटहरीमा आयोजित एक कार्यक्रममा आइतबार र्सार्वजनिक भएकी हुन् । उनले एचआइभी पोजेटिभ भएका पुरुषलाई भन्दा महिलालाई बा"च्नका लागि समस्या रहेको बताइन् । त्यसमाथि संघसंस्थाले हेपेपछि उनीहरू थप पीडित बन्नुपरेको उनको दुखेसो छ । जथाभावी र्सुइ प्रयोग गर्दा ड्रगिस्ट श्रीमान्लाई एचआइभी भएपछि आफूलाई पनि संक्रमण भएको बताउने सुष्मा गत वर्षश्रीमान्को मृत्यु भएको बताउ"छिन् । उनले श्रीमान्लाई अस्पताल भर्ना गर्दा कसैले वास्ता नगरेको गुनासो गर्दै भनिन्, 'सान्त्वना दिन कोही आएन ।' बिरामी हुनुअघि उनको श्रीमान् धरानस्थित पोजेटिभ ग्रुपमा जनचेतना विस्तारको काममा लागेका थिए । 'उहा"को मृत्युपछि मलामी जानेसमेत कोही भएनन्,' एचआइभी संक्रमितका लागि काम गर्ने संघसंस्थादेखि घृणा लागेको बताउ"दै उनले थपिन्, 'एचआइभी भएकालाई जलायो भने अरूलाई रोग र्सछ भनेर मलामा जान कोही आएनन् र केही साथीको सहयोगमा खाल्डो खनेर पुरे" ।' संक्रमितको नाममा खुलेका संस्थाले पीडितलाई थप पीडा दिने उदाहरण आफूले श्रीमान्को अन्त्येष्ठीको अवस्थामा भोगेको उनले बताइन् । श्रीमान्को मृत्युपछि घरपरिवारबाट पनि हेपिएको उनले बताइन् । तर, आफूलाई कुनै संस्थाले पनि सहयोग नगरेको उनको गुनासो छ । 'म त हिम्मतका साथ र्सार्वजनिक भए",' संघसंस्थाबाट हेपिएका कारण अधिकांश महिला र्सार्वजनिक हुन नचाहेको बताउ"दै उनले र्सार्वजनिक रूपमा भनिन्, 'तर यही" आएका अन्य आठजना महिलाले र्सार्वजनिक हुन अस्वीकार गरेका छन् ।' उनले सरकारी तथा गैरसरकारी संस्थाले एचआइभी संक्रमितको नाममा लाखौं रुपैया" दुरुपयोग गरेको आरोप समेत लगाइन् । सुनसरीमा उनीजस्तै दर्जनौं महिला श्रीमान्का कारण संक्रमित भएका छन् । तर, उनीहरूका नाममा देश/विदेशबाट आएको सहयोग दुरुपयोग भएको प्रयास नेपालकी अध्यक्ष प्रीति सुब्बाले बताइन् । उनले आफ्नो संस्था भने भर्खरै खुलेको र त्यस्तो सहयोग लिने प्रयत्नमा पनि नलागेको दाबी गरिन् । प्रयास नेपालस"ग १९ जना संक्रमित महिला आबद्ध छन् ।

चालीस थरीका कन्डम , प्रयोगमा हिच्किचाहट


(दिपक दाहाल)काठमाडौं-कन्डम’ बारे सुनेर पनि यसका विषयमा बोल्न, छुन र किन्न हिच्किचाउने प्रवृत्ति हामीमा धेरै छ। असुरक्षित यौनसर्म्पर्कबाट हुन सक्ने एचआईभी/एड्स तथा यौन रोगबाट बच्न कन्डमको विकल्प छैन। तर पनि नेपालमा सम्पूण् जनसंख्याको ५ प्रतिशत मानिसले मात्र यसको प्रयोग गर्छन्। ँजन्मान्तर र यौनजन्य रोगबाट बच्न सक्ने दोहोरो उपयोगिता भए पनि सहज उपलब्धता, यसको प्रयोगबाट यौन सन्तुष्टिमा कमी हुन्छ भन्ने धारणा र उचित प्रयोगबारे चेतनाको अभाव आदि कारणले जनमानसले फाइना लिन नसकेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका निमित्त निर्देशक विश्वराज खनाल बताउनुहुन्छ। कन्डम प्रयोग गर्न पनि हिच्किचाउने, चाहे पनि उपलब्ध नहुने आदि कारणले आशा गरिएअनुसार सफलता प्राप्त भएको छैन’ -खनालले भन्नुभयो। तथ्यांकअनुसार नेपालमा दैनिक १ लाख ३७ हजार थान कन्डम खपत हुन्छ। ४० प्रतिशत नेपाली महिला या पुरुषले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गर्छन्, जसमा ५ प्रतिशतले मात्र कन्डमको प्रयोग गर्छन्। नेपालमा एचआईभी संक्रमितको संख्या ७० हजारभन्दा बढी पुगिसकेको छ।ँबढ्दो जनसंख्या र फैलँदो एड्सरोगलाई नियन्त्रण गर्ने सरल र भरपर्दो सामग्री कन्डम हो’ -नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक केबी रायमाझी भन्नुहुन्छ। अध्ययनले नेपालमा ९६ प्रतिशत मानिसले ँकन्डम’ भनेको सुनेको भए पनि प्रत्येक पटकको यौनसर्म्पर्कमा कन्डमको समुचित प्रयोगबारे २२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुषलाई मात्र थाहा भएको जनाइएको छ। हाल राजधानीलगायत प्रमुख शहरमा ४० भन्दा बढी ँब्रान्ड’ का कन्डम उपलब्ध छन्। पछिल्लो समयमा पुरुषसँगै महिलाले प्रयोग गर्ने कन्डमसमेत बजारमा उपलब्ध छ। यसैबीच आज शनिबारलाई राष्ट्रिय कन्डम दिवस २००७ को रूपमा विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाउने तयारी पूरा भएको कार्यक्रम समन्वयकर्ता नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।