Friday, November 30, 2007

भिखारीलाई सेक्सको भोक

भिखारीलाई सेक्सको भोक

आखिर धनी होस् या गरीव, बूढो होस् या तन्नेरी, महिला हुन् या पुरुष तिनलाई सेक्सको भोक लाग्यो भने उल्का हुन्छ । जस्तो कि अमेरिकाको हड्सनमा एक भिखारीलाई लाग्यो ।न्यूयोर्कको हड्सन भ्याली शहरमा रहेको भ्याली कटेज चर्च गएको महिना चकित पर्‍यो । के कुरामा भने, उसको टेलिफोनको बिल यति धेरै उठ्यो कि उसले त्यसमाथि अनुसन्धान शुरु नगरी भएन । हुन पनि अहिलेको जमानामा अधिकांश व्यक्तिको हात-हातमा मोबाइल हुने गर्दछ । यस्तो अवस्थामा जाबो चर्चमा भएका सीमित व्यक्तिले गरे पनि दुइ तीन हजारको फोन गर्लान्, तर चर्चकै उठिबास हुने गरी त पक्कै पनि कसैले फोन नगर्लान् । फेरि त्यो फोन र्सवसाधारणलाई गरिएको पनि होइन । न्यूयोर्क शहरका प्रख्यात बेश्याहरुलाई !बेश्याहरुलाई टेलिफोन गरेर आफ्नो सेक्स भोक पूरा गर्ने साधन चाहिँ स्थानीय चर्चको टेलिफोन भएपछि चर्चका अधिकारी र सम्बन्धित व्यक्तिहरुलाई पर्नु पीर पर्‍यो । यस्तो अवस्थामा अब अनुसन्धान नगरी पनि त भएन !अनुसन्धानबाट पत्ता लाग्यो, नजिकैका घरबार विहीन एक भिखारी ३५ वर्षीय जेम्स म्याक्नेरले चर्चको कफलो ठाउँ खोजेर भित्र पसी सेक्स नम्बर डायल गरे । प्रहरीले चाहिँ उनले डायल गरेर चर्चलाई कति रकमको चुना लगाए भनेर बताएको छैन । तर उनलाई पक्राउ गरी जमानत नहुने किसिमले जेल हालेको छ । उनलाई गएको सोमबार पक्राउ गरी बुधबार अदालतमा हाजीर गरिएको छ र अदालतसामू उनले आफ्नो गल्ती स्वीकारेका छन् ।

जुम्ल्याहा सन्तानका दुइ पिता !

जुम्ल्याहा सन्तानका दुइ पिता !

आफ्नी श्रीमतीले जन्माएका जुम्ल्याहा सन्तानमध्ये एउटा सन्तान चाहिँ आफ्नो नभएको दाबी गर्दै चीनका एक व्यक्तिले आफ्नी श्रीमतीका विरुद्धमा पारपाचुकेका लागि निवेदन दिएका छन् ।नानजिङ शहरका लिउ युआनले सन्तान जन्मिएको पहिलो दिन नै तिनीहरुको अनुहारको भिन्नताबाट आफूमाथि घात भएको चाल पाएको लोङघु नेटवर्क समाचारले जनाएको छ । "पहिलो सन्तान दोस्रो सन्तानभन्दा निकै ठूलो थियो । पहिलो निकै कमजोर र विरामीजस्तो देखिन्थ्यो", उनले स्पष्टीकरण दिँदै भने । यो कुरा उनले त्यतिबेला पत्तो पाएको दाबी गरेका छन्, जब दोस्रो सन्तान जन्मियो । दोस्रो सन्तानको रक्तसमूह आफू र श्रीमतीसँग मिलेको तर पहिलो सन्तानको रक्तसमूह नमिलेकाले आफूले शंका गर्ने ठाउँ प्रशस्त भएको उनले बताएका छन् । मूलतः एउटा सन्तानको अनुहार पनि आफूसँग मिल्दोजुल्दो रहेका र अर्का सन्तानका नरहेको उनले दाबी गरेका छन् ।त्यसो त बिना प्रमाण आफूले श्रीमतीलाई चरित्रहीनताको आरोप नलगाएको पनि उनले बताइरहेका छन् । उनले भने- "जब मैले ती साना बच्चाहरुको डीएनए परीक्षण गराएँ, दुइमध्ये एउटा चाहिँ मेरै सन्तान भएको प्रमाणित भयो ।"डीएनए परीक्षणपछि चाहिँ उनकी श्रीमतीले यो तथ्यलाई स्वीकारेकी छिन् । उनले बिहेपछि पनि आफ्ना पूर्व प्रेमीसँगको यौन सम्पर्कलाई जारी राखेकी थिइन् ।तर यता यो कुरालाई चाहिँ चिकित्सकहरुले ज्यादै अचम्मको कुरा मानिरहेका छन् । कुनै महिलाको शरीरमा पुरुषको शुक्रकीट ७२ घण्टा मात्र जीवित रहन सक्छ । र, यसरी दुइ भिन्न पुरुषहरुले भिन्न समयमा गरेको यौन सम्पर्कबाट जुम्ल्याहा बच्चा जन्मने त छाँट निकै कम हुन्छ ।
तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
सिन्दूर नेपालमा धेरै लामो समयसम्म चल्ने चलचित्र हो । यो २०३४ मंसीर १० गतेदेखि चल्न शुरु गरेकोमा लगातार ६ महिनासम्म चलेको थियो ।दर्पण छायाँ उपत्यकाभन्दा बाहिर पहिलो पटक सय दिन मनाउने चलचित्र हो ।वसन्ती २०५७ सालभित्र उपत्यकामा प्रदर्शित नेपाली चलचित्रमध्ये सय दिन पार गर्ने पहिलो चलचित्र हो ।तँ त साह्रै नै बिग्रिस् नि बद्री र आफ्नो मान्छे आठ वटा हलहरुमा एक साथ ५१ दिन पूरा गर्ने चलचित्रको रर्ेकर्ड राखेका थिए ।कुसुमे रुमाल नेपाली चलचित्रको इतिहासमा पहिलो पटक रजत जयन्ती मनाउने चलचित्र हो ।पहिलो सिनेमास्कोप चलचित्र राँको र यसका निर्देशक किशोर राना हुन् भने दोस्रो सिनेमास्कोप चलचित्र माइली हो ।नेपाली चलचित्रमा पहिलो पटक दोहोरो भूमिका -डबल रोल) गर्ने कलाकार गोपालराज मैनाली हुन् । उनले जीवनरेखाका लागि बलवीर र वीरबलको भूमिका निभाएका थिए भने राजेश हमालको पहिलो डबल रोल भएको चलचित्र गोपीकृष्ण, कृष्टी मैनालीको लक्ष्मीपूजा र निखिल उप्रेतीको क्रोध हो ।नेपाल बाहिर बनेको पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्र हो भने यसका निर्देशक डीबी परियार हुन् ।निजी लगानीमा पहिलो पटक बनेको चलचित्र माइतीघर हो । जसमा लता मंगेशकरले पहिलो र अन्तिम पटक नेपाली गीत गाएकी छिन् ।पहिलो चलचित्र सम्पादक -फिल्म एडिटर) तर्ीथलाल श्रेष्ठ हुन् । उनले चलचित्र कुमारीका लागि सम्पादन गरेका थिए । यसअघि भारतीय सम्पादकले नेपाली चलचित्र सम्पादन गर्ने गर्थे ।भारतको प्रसिद्ध चलचित्र सम्बन्धी प्रशिक्षण दिने फिल्म एण्ड टेलिभिजन इन्स्िटच्यूट अफ इण्डिया पुनाबाट लागि प्रशिक्षण लिने पहिलो नेपाली प्रेमबहादुर बस्नेत हुन् । उनले चलचित्रको पटकथामा सन् १९६५ मा प्रशिक्षण लिएका थिए । उनले कुमारी निर्देशन गरेका थिए र कुमारी पहिलो नेपाली रंगीन चलचित्र हो ।पुना इन्स्िटच्यूटबाट छायाँकनमा पहिलो पटक प्रशिक्षण लिने छायाँकार वैकुण्ठ मास्के हुन् । नेपालमा पहिलो पटक प्रशोधन र छपाईँ -प्रिन्ट तयार गर्ने कार्य) गरिएको चलचित्र रक्षा हो । नेपालमा पहिलो पटक प्रिन्ट निकालिएका चलचित्र चोखोमाया हो । यसका निर्देशक राजविक्रम शाह हुन् ।नेपालमा पहिलो पटक मिक्सिङ गरिएको चलचित्र प्रतीक्षा हो । यसका निर्देशक राजविक्रम शाह हुन् ।नेपालभित्रै डबिङ गरिएको पहिलो चलचित्र सिन्दूर हो । सबैभन्दा उच्च हिमाली भेगमा छायाँकन गरिएको पहिलो चलचित्र झुमा हो । पहिलो पटक विदेशमा छायाँकन गरिएको चलचित्र कस्तुरी हो ।चलचित्रबाट घाटा भएर त्यसले घरमा तनाव भई विष खाई आत्महत्या गर्ने पहिलो निर्माता नवीन केसी मानिन्छ । जसले माइतीघर बन्नुअघि नै कहीँ दियो कहीँ बत्ती चलचित्र बनाउने प्रयास गरेका थिए । तर चलचित्र बनाएर नै घाटाका कारण आत्महत्या गर्ने पहिलो निर्माता रक्षा चलचित्रका मोहन वैद्य हुन् । उनले २०५० साल कात्तिक २ गते विष खाई आत्महत्या गर्न पुगेका थिए । उनलाई पछ्याउँदै २०५१ साउन १९ गते संकल्प चलचित्रका निर्माताले आत्महत्या गरेका थिए ।गायक उदितनारायण झाले नेपाली चलचित्र निर्माण गरेका थिए । २०४४ सालमा निर्माण शुरु गरिएको पिरती नामक उक्त चलचित्रमा उदित स्वयम् तथा नवीना श्रेष्ठ, गौरी मल्लको भूमिका थियो भने चलचित्रलाई चन्द्रप्रकाश घिमिरेले निर्देशन गरेका थिए । घिमिरेद्वारा निर्देशित यो पहिलो चलचित्र हो भने उनी चर्चित छायाँकारका रुपमा परिचित छन् ।गायिका मनीला सोताङले आफ्नो बिहेअघि नै २०४४ सालमा चलचित्र अन्यायका लागि गाएकी थिइन् ।चलचित्र निर्माता तथा निर्देशकका रुपमा परिचित युवराज लामाले चलचित्र भाग्यरेखाका लागि पहिलो र अन्तिम पटक नृत्य निर्देशकको जिम्मेवारी निभाएका थिए ।चलचित्र निर्माता उद्धव पौडेलले गीतकारको रुपमा आफ्नो चलचित्र तिलहरीको लागि गीत लेखेका थिए ।मनीषा कोइरालाले पहिलो र अन्तिम पटक खेलेको नेपाली चलचित्र फेरि भेटौँला हो । उनले त्यस चलचित्रमा खेलेबापत ५० हजार रुपियाँ लिएकी थिइन् । त्यो रकम त्यसबेलाको सबैभन्दा महंगो मानिन्थ्यो ।शम्भुजीत बासकोटाले पहिलो पटक चलचित्रमा पूर्ण रुपमा संगीत दिएको चलचित्र हो माया । यसअघि उनी शुभबहादुर सुनामसँग मिलेर सङ्गीत दिने गर्दथे । यो जोडीले संगीत दिएको प्रथम चलचित्र के घर के डेरा थियो ।प्रसिद्ध नाटककार अशेष मल्लले चलचित्रका लागि संवाद पनि लेखेका छन् । उनले पहिलो पटक चलचित्र भाग्यरेखाका लागि लेखेका थिए । पछि चेलीबेटीका लागि सहलेखन गरेका थिए ।चलचित्र निर्माता निर्देशक युवराज लामाले पहिलो पटक द्वन्द्व निर्देशकको रुपमा चलचित्र विजयपराजयका लागि काम गरेका थिए । लामा कराँतेतर्फा ब्ल्याकबेल्ट उपाधिधारी पनि हुन् ।अहिले ब्ल्याक लिस्टमा परेका पर्ूव गृहमन्त्री कमल थापाले पहिलो पटक चलचित्रका लागि युगदेखि युगसम्मका लागि गीत लेखेका थिए ।भारतीय चलचित्रका नामूद कलाकार डेनीले पहिलो पटक नेपाली चलचित्र अन्यायका लागि गाएका थिए भने अन्तिम पटक उनले चलचित्र तृष्णामा गाएका थिए ।'मैले नेपाली चलचित्र उद्योगका सबै जनासँग रात बिताएको छु' भनेर विवादमा परेका निर्माता समुद्र भट्टचनले पहिलो पटक देउकी निर्माण गरेका थिए । टेलिभिजनका प्रख्यात कार्यक्रम निर्माता निर्देशक सन्तोष पन्तले पहिलो पटक चलचित्र चाहनाको कथा लेखेका थिए ।अहिलेका चर्चित चलचित्र निदर्ेशक शिव रेग्मीले पहिलो पटक चलचित्र मोहनीको कथा लेखेका थिए भने उनले पहिलो पटक चलचित्र आफन्तको निर्देशन गरेका थिए । सुमित्रा पौडेल, जो उद्धव पौडेलकी श्रीमती र सयपत्री फिल्म्सकी संस्थापक पनि थिइन्, उनले लगभग १० वर्षो चलचित्र निर्माणको क्रममा जयबाबा पशुपतिनाथ नामक धार्मिक चलचित्रमा मात्र अभिनय गरेकी थिइन् ।

सुँगुरलाइ स्वर्ग

सुँगुरलाइ स्वर्ग





बाहमासको निजी द्विपमा ऐशपूर्ण जिन्दगी जिउने मान्छेको कथा त तपाइँले थाहा पाउनु भएको होला, तर के सुँगुर पनि यस्तो ऐशपूर्ण जीवन बिताइरहेको छ भन्ने तपाइँले कल्पना गर्नु भएको छ ? तर छक्क नपर्नुस्, बेब नाम एउटा सुँगुरको जीवन तपाइँले कल्पेजस्तो फोहोरी ठाउँमा बितिरहेको चाहिँ छैन ।बेब नामक आठ वर्षे यो घरेलु सुँगुरले स्वर्गको अनुभूति यहीँ आएर गर्न पायो । अब कसरी भन्ने सोच्नु हुन्छ भने- यसले यो द्विपमा समुद्री किनारमा न्यानो घाम ताप्न पाइरहेको छ, समुद्रमा पौडिन पाइरहेको छ अनि साथमा 'हट डग'जस्ता खाजा र बियर पनि पिउने अवसर पाइरहेको छ ।यत्रो टाढाको द्विपमा उसलाई यो अवसर चाहिँ पेशाले भिडियोग्राफर ल्युक एबोटले जुराएका हुन् । उनले यो सुँगुरलाई यहाँ तबदेखि पालिरहेका छन्, जब यो मात्र एक महिनाको थियो । एक महिने शिशु सुँगुर अहिले कतिसम्म शोखिन बनिसकेको छ भने उसले एक दिन पनि पौडिन पाएन भने घरमा उपद्रो मच्चाउँछ । यहाँ ल्युक र उनकी श्रीमती यो बेब नामक सुँगुरसँगै बस्ने गरेका छन् । शुरुताका मज्जाले हट डग मन पराउने बेबले बिना कुनै हिच्किचाहट खाकोखायै गर्दथ्यो । त्यही भएर उसको वजन पनि ह्वात्तै बढ्यो । यो देखेर एबोटले उसलाई आफूसँगै दैनिक 'जगिङ'मा लैजान थाले । 'जगिङ'पछि बेबले नजिकैको समुद्रमा पौडिन पनि थाल्यो । त्यसपछि ऊ केही हदसम्म 'स्लीम' बनेको हो ।"यसलाई आफ्नो दैनिक निकै प्यारो छ र आफ्नो दैनिकीलाई अक्षरशः पालना गर्छ । जगिङपछि सुमद्रमा पौडिन्छ र भोक लागेपछि मज्जाले हट डग खान्छ । अनि, मज्जाले नथाकुञ्जेल दिनभर पौडी खेलिरहन्छ", बेबका मालिकले एनानोभालाई बताए ।

नया रक्सीमा पुरानो स्टिकर

नया रक्सीमा पुरानो स्टिकर

2007-11-30,Friday,
काठमाडौं, १३ मंसिर आन्तरिक राजस्व विभागलेे बियर तथा रक्सीजन्य पेय पदार्थमा लगाउ“दै आएको स्टिकर पुरानो फेला परेको छ । श्री ५ को सरकारको लोगो भएका स्टिकर अझै टा“सिएको भेटिएको छ । तर, त्यस्ता रक्सीमा उत्पादनको मिति भने यसै आर्थिक वर्षो भेटिएको छ । सरकारले यसै आर्थिक वर्षेखि चुरोट तथा रक्सीजन्य वस्तुमा अनिवार्य रुपमा स्टिकर टा“स्नुपर्ने निर्ण्र्ाागरेको थियो । उत्पादक कम्पनी आफैंले स्टिकर टा“स्ने मेसिन राख्नुपर्ने व्यवस्था पनि बाध्यात्मक गरिएको थियो । तर, करिब डेढ वर्षघि छापिएका पुराना स्टिकर टा“सिएको रक्सी बजारमा प्रशस्त भेटिएको छ । यसबारे आन्तरिक राजस्व विभागका महानिर्देशक दीप बस्न्यातले पुराना स्टिकर बा“की रहेको कारण त्यस्तो भएको हुनसक्ने बताउ“दै उत्पादनकर्ता यसम दोषी नरहेको दाबी गरे । पुराना स्टिकर टा“सिएकोमा राजस्व उठतीमा कुनै असर नपर्ने बताउ“दै उनले शंका गर्नुपर्ने कुनै कारणसमेत नभएको जिकिर गरे । बिक्रेताले भने केही रक्सीजन्य उत्पादनमा धेरै समयदेखि यस्तै आएको बताए । नया“ पत्रिकाले न्यूरोडका एक व्यापारीस“ग प्रश्न गर्दा आफूहरूले बेच्ने रक्सीमा धेरै समयदेखि यस्ते स्टिकर टा“सिएको भए पनि मिति भने नया“ वर्षो भएको बताए । एकजना ग्राहक हरि खड्काले बिहीबार खरिद गरेको रक्सीमा पुरानो स्टिकर र नया“ मिति भेटिएको छ । सरकारले यस आर्थिक वर्षन्दा अगाडि स्टिकर रक्सीमा मात्रै स्टिकर टा“स्दै आएको थियो । तर यो वर्षेखि चुरोटमा पनि अनिवार्य स्टिकर टा“स्नुपर्ने निर्ण्र्ाागरेको थियो ।

च्यारिटीका लागि २७ घन्टा सेक्स

च्यारिटीका लागि २७ घन्टा सेक्स

2007-11-30,Friday,
चिली/ देह व्यापारमा संलग्न एक महिलाले आफ्नो २७ घन्टाको सेक्स व्यापार च्यारिटीलाई लिलाम गर्ने घोषणा गरेकी छन् । वाषिर्क चन्दा संकलन अभियानका अवसरमा मारिया क्यारोलाइनाले आफ्नो २७ घन्टे सेक्स व्यापारको रकम च्यारिटीलाई दिने निर्ण्र्ाागरेकी हुन् । क्यारेलाइनाको २७ घन्टे सेक्स लिलामको घोषणापछि उनी रातारात सेल्रि्रेटी बनिन् । उनी समाचारका हेडलाइनका साथै विभिन्न टक सोमा छाउन थालेकी छन् । उनको २७ घन्टे सेक्स लिलामी शुक्रबार बेलुकादेखि सुरु हुनेछ । सेक्स लिलामी गर्ने घोषणा गरेको केही समयभित्र नै उनको एक ग्राहकले चार हजार अमेरिकी डलरमा केही समय खरिद गरिसकेका छन् । चिलीले वयस्क देहव्यापारलाई कानुनी मान्यता दिएको छ । राष्ट्रव्यापी दुइदिने टेलटोन चन्दा संकलनलाई टेलिभिजनका कलाकारले आयोजना गरेका हुन् । चन्दा संकलनबाट उठेको रकम गरिब र अपांग बालबालिकाका हितमा प्रयोग गरिने बताइएको छ । मारिया क्यारोलाइनाको अस्वाभाविक अनुदानका बारेमा चन्दा संकलनका आयोजक मारयो क्रुजबरगरले अनैतिक क्रियाकलापलाई प्रोत्साहन नगर्ने, तर मारियाले दिएको सहयोग भने स्वीकार गर्ने बताए । क्रुजबरगरले भने, 'आफूलाई मन लागेको काम गर्न सबैलाई छुट छ, तर कसैले मलाई अनैतिक काम गर्दैछु भन्यो भने त्यसलाई म प्रोत्साहन गर्दिन“ ।' क्यारोलाइनाले इन्टरनेटमार्फ् आफ्नो रकम संकलन गर्ने प्रक्रियाको बचाउ गरेकी छन्, 'कैयौ मान्छेले मेरोभन्दा निस्त्रिmष्ट तरिकाले पैसा संकलन गर्दैछन् । मैले त केवल आफ्नो रकम संकलन गर्ने तरिकाको खुलेर प्रचार मात्र गरे ।'

Nepali Culture

The relaxation of censorship that followed the overthrow of Rana rule in 1951 encouraged a revival of artistic and intellectual expression. In literature and poetry, Nepali works emphasize the cultural renaissance and national patriotism. King Mahendra, a poet whose Nepali lyrics have been published in English translation under the name of M.B.B. Shah (for Mahendra Bir Bikram Shah), did much to promote the revival of arts and literature.
The cultural heritage of Nepal, particularly contributions made by the Newar of Kathmandu Valley to sculpture, painting, and architecture, is a source of great pride. Hindu and Buddhist religious values have provided the basic source of inspiration to Newar artisans. The themes of most artistic works have been primarily religious; the lives of the gods, saints, and heroes and the relationship of man to society and to the universe are expounded in sculpture, architecture, and drama. In Kathmandu Valley some 2,500 temples and shrines display the skill and highly developed aesthetic sense of Newar artisans.
Music and dance are favourite pastimes among the Nepalese. Religious ceremonies require the use of drums and wind instruments preserved from ancient times. Important in most religious and family occasions are devotional songs that have elements of both classical and folk music and that have been used by some contemporary musical revivalists in their attempt to bridge the gap between the two. The government-owned Radio Nepal broadcasts programs in Nepali and English. The country's first television station, at Kathmandu, began broadcasting in 1986.
Newspapers and periodicals are published in Nepali and in English. Newspapers are frequently sensational in tone and are poorly staffed and financed. Gorkha Patra, published by the government, occupies a commanding position in the Nepalese press. Nepalese newspaper readers rely on the foreign press, particularly Indian newspapers, which are flown daily into Kathmandu, for more sophisticated coverage of world and national news.
After 1960 King Mahendra required newspapers to obtain official clearance for all reports of political activity. Subsequently the government increased its censorship, and in 1985 the publication of many newspapers was suspended. In 1990, reflecting the change in the country's political climate, freedom of the press was restored.
The peopleThe large-scale migrations of Mongoloid groups from Tibet and Indo-Aryan people from northern India, which accompanied the early settlement of Nepal, have produced a diverse linguistic, ethnic, and religious pattern. Nepalese of Indo-Aryan ancestry comprise the people of the Tarai, the Pahari, the Newar, and the Tharus--the great majority of the total population. Indo-Aryan ancestry has been a source of prestige in Nepal for centuries, and the ruling families have been of Indo-Aryan and Hindu background. Most of the Tibeto-Nepalese groups--the Tamang, Rai, Limbu, Bhutia (including the Sherpa), and Sunwar--live in the north and east, while the Magar and Gurung inhabit west-central Nepal. The bulk of the famous Gurkha contingents in the British army have come from the Magar, Gurung, and Rai groups. The principal and official language of Nepal is Nepali (Gorkhali), spoken in the Tarai and the mid-mountain region. Nepali, a derivative of Sanskrit, belongs to the Indo-Aryan branch of the Indo-European family. There are a number of regional dialects found in the Tarai and mountain areas. The languages of the north and east belong predominantly to the Tibeto-Burman family. These include Magar, Gurung, Rai, Limbu, Sunwar, Tamang, Newari, and a number of Bhutia dialects, including Sherpa and Thakali. Although Newari is commonly placed in the Tibeto-Burman family, it was influenced by both Tibeto-Burman and Indo-European languages. In Nepal a vast majority of the population is Hindu, but a small percentage follows Buddhism or other religious faiths. Hindus and Buddhists tend to be concentrated in areas where Indian and Tibetan cultural influences, respectively, have been dominant. Almost all Nepalese live in villages or in small market centres. Outside of Kathmandu, there are no major cities. Smaller urban centres (Biratnagar, Nepalganj, and Birganj) are located in the Tarai along the Indian border, and Pokhara is situated in a valley in the mid-mountain region. In addition, a few townships--such as Hitaura, Butwal, and Dharan--have begun to emerge in the foothills and hill areas, where economic activity has developed.

रिफ्लेक्सोलोजी चिकित्सा - [Reflecsology Therapy]

रिफ्लेक्सोलोजी चिकित्सा

रिफ्लेक्सोलोजि एक्युप्रेसरको एउटा हाँगा हो । सन् १९१३ मा नाक, कान र गला रोग विषेषज्ञ डा. विलियम फिट्जरलेन्डले यो चिकित्सा पद्धतिको सुरुवात गरेका हुन् । त्यसपछि १९३० मा अमेरकिाका चिकित्सक इन्धामले रपिm्लेक्सोलोजीमा दुईवटा पुस्तक लेखे । यो उपचार पद्धतिले हाम्रो शरीरका हरेक अंगको सम्बन्ध पैतालामा जोडिएको हुन्छ भन्ने कुरा मान्छ । शरीरका सबै अंग जस्तै मस्तिष्क, पीठ, गर्धन, पेट, छाती, मुटु आदिको पनि प्रतिनिधि पैतालाले गर्छ । चिकित्सकले आफ्नो औंलाको सहायताले पैतालाको प्रभावित ठाउँमा मालिस गर्छन् । यही दबाबले रोगीको उपचारमा मद्दत पुग्छ । विकसित मुलुकहरूमा तनाव व्यवस्थापनका लागि क्तचभकक च्भमगअभक त्जभचबउथ का रूपमा रपिm्लेक्सोलोजी चिकित्सालाई स्वीकार गरएिको छ । शरीरका सम्पूर्ण अंगहरूलाई पैतालामा भएका निश्चित बिन्दुहरूले प्रतिबिम्बित गर्छन् र ती बिन्दुमा दबाब दिएर अंगहरूमा भएका जीवन शक्तिको असन्तुलन हटाई स्वस्थ हुन सकिन्छ भन्ने सिद्धान्त यो पद्धतिमा छ । उपचारका क्रममा उपचारकले पैतालाका बिन्दुहरूमा थिच्ने क्रममा उपचार लिने व्यक्तिलाई आफ्नो शरीरमा भएका प्रतिक्रियाहरू अनुभव गर्न लगाइन्छ । जसले गर्दा मानिसले आफूलाई भित्रैदेखि हेर्न सिक्छ । यस क्रममा मन एकाग्र गर्ने रोगीले आफैलाई चिन्न सफल हुन्छ । उपचारका बेला उसले एक प्रकारको आनन्दको अनुभूति गर्छ भने तनाव हटाउन आवश्यक रसायनको निष्काशनले शरीरले ताजगी पाउँछ । तनाव व्यवस्थापनमा चिकित्सकहरूले औषधिको साटो शारीरकि व्यायाम एवं ध्यान गर्ने सल्लाह दिन्छन् तर ध्यानमा जानु सजिलो हुँदैन । ध्यानको पहिलो खुड्किलो एकाग्रता हो र रपिm्लेक्सोलोजीले एकाग्र हुन सिकाउँछ । रपिm्लेक्सोलोजी सरल र असररहित चिकित्सा भएकाले जोकोहीले यसको उपभोग गर्न सक्छन् । रोगीले उपचार मात्र गर्नुपर्छ भन्ने गलत मान्यतालाई त्यागेर स्वस्थ मानिसले पनि आफ्नो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वस्थ एवं दीर्घ जीवन पाउन रपिm्लेक्सोलोजी चिकित्सालाई अंगाल्न सक्छन् । यसमा कुनै उपकरण, औषधि अथवा जडीबुटीको आवश्यकता पर्दैन । यो विधिमा शरीरलाई चुस्त राख्ने गजबको क्षमता छ । जब औंलाबाट पैतालामा दबाब दिइन्छ तब शरीरका सबै उर्जा स्रोत खुल्छन् जुन बिमारी हुँदा साधारणतया बन्द भएका हुन्छन् । उपचारका दौरान बिमारीको खानपानमा बढी ध्यान दिनुपर्छ । ऊर्जाको यो स्रोत दूषित वातावरण, बढी भोजन, पेनकिलरको प्रयोग तथा तनावका कारण बन्द हुन्छ । उपचारका बखत बिमारीको खानपानमा बढी ध्यान दिनुपर्छ । आफ्नो भोजनमा नुनको प्रयोग सीमित मात्रामा गर्नुपर्छ । यसले शरीरको सम्पूर्ण भागको उपचार गर्छ । यो चिकित्सा पद्धतिको सबैभन्दा ठूलो विशेषता भन्नु नै अरू कुनै साइड इफेक्ट हुन नदिनु हो । रपिm्लेक्सोलोजीबाट कम्मरको पीडा, स्पान्डिलाइटिस, हड्डीको पीडा, रंिगटा, एलर्जी, दम, माइग्रेन, इन्सोमेनिया, हातखुट्टा सुन्निने, रक्तचाप, थायरायड तथा मानसिक तनाव आदि समस्याबाट मुक्ति पाउन सकिन्छ । यो पद्धतिमा प्रेसरका लागि जति ढिलो सिटिङ चल्छ त्यति नै समय दिनुपर्छ । एक सिटिङ २५ देखि ४० मिनेटको हुन्छ । त्यसो त पहिलो सिटिङमै बिमारीले सकारात्मक परण्िाामको अनुभूति गर्छ । रोग निवारण हुन प्रायः एकसातादेखि दस दिनसम्म लाग्छ । आजको व्यस्त संसारमा रपिm्लेक्सोलोजी निकै उपयोगी साबित हुँदै गएको छ । हिँजोआज काठमाडौंका हेल्थ क्लब, ठूला होटल तथा केही ब्युटिपार्लरमा पनि यो सेवा उपलब्ध छ । यसले रोग हटाउन मद्दत गर्नुका साथै थकान कम गर्छ । महिलाहरू बढी आकषिर्त भएको यो पद्धतिलाई उनीहरूले सौन्दर्य र स्वास्थ्यको कम्बिनेसनका रूपमा लिइरहेका छन् । पि्रदीप महर्जन (रिफ्लेक्सोलोजिस्ट)एभुलोशन एण्ड बडी सोलुशन, झम्सिखेल

गोदावरीको बहार

गोदावरीको बहार


गोदावरी सुन्दर एवं आकर्षक फूल हो । यसको हेरचाह वर्षभर िनै गर्नुपर्छ । विशेष गरी असोज तथा कार्तिक महिनामा यो फूल पूर्णरूपमा फुल्छ । ढकमक्क फुलेको यो फूलले वर्षभरकिो परश्रिम सार्थक बनाएको महसुस हुन्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो । गुलाबपछिको प्रचलित फूल गोदावरी सबैजसो घरमा फुलाउन सकिन्छ । पुष्पविन्यासका लागि यो फूल निकै महत्त्वपूर्ण मानिन्छ । यो फूलको सजावट करबि एक हप्तासम्म ताजा रहन्छ । यसका भिन्न-भिन्न पातलाई सुन्दर फूलदानीमा सजाउँदा घरको शोभा बढ्छ । गोदावरीलाई चाइनिजहरूले औषधिका रूपमा प्रयोग गर्न यसको खेती नै प्रारम्भ गरेका थिए। जापानिजहरूले भने यो औषधिलाई फूलमा रूपान्तरण गरे । ईसाको १७ औं सताब्दीमा युरोपमा व्यावसायिक रूपमा यो फूलको खेती सुरु गरयिो । यसको वैज्ञानिक नाम क्राइसिस एन्थानिस हो । क्राइसिस भन्नाले पहेंलो तथा एन्थानिस भन्नाले फूललाई बुझाउँछ । जापान पढ्न गएका विद्यार्थीले यो फूललाई गोदावरी गाउँमा रोपेपछि यसको नेपाली नाम गोदावरी रहन गयो । चीनमा यसको ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजाति पाइन्छन् । नेपालका ठूला चाड-पर्व दसंै तथा तिहारको हाराहारीमा फुल्ने यो फूलको महत्त्व सामाजिक रूपमा बढेको छ । यसलाई रुचि एवं सजावटका लागि पनि प्रयोग गरन्िछ । यसको बिक्री वैशाखदेखि साउनसम्म हुन्छ । गोदावरीका प्रकार स्पाइडर एल्लो नाइट, क्रिसमस क्रिस्टल, डाइमण्ड जुब्ली हेलो डान्सर हेप्पी टियर्स सर्टन सल्फर, राजा अफ सिक्किम, नाइटिङ्गल आदि ।इनकर्भ कुका सुजन, डिग्निटी, सुपर जाइन्ट, कानारा किगाको डोरीजविन, ग्रेटवो बिस्किट, पार्सल पिंक । पार्सल पिंक लेडी, ब्वाइट क्लाउड, पिंक कलाउड, गार्डेन स्ट्रेट, रबिन हुड, किकुबेरी, कभर गर्ल, महात्मा गान्धी भाइलेन्ट सिल्क ब्रोकेट रपिmेल्क्सन ।मिनियचर अनिमन, एल्लो पिंक यो विशेष गरी एल्लो पर्पल डार्करेडमा पाइन्छ । मिनिएचरलाई चाँडो कटिङ गरी पानी नपर्ने ठाउँमा रोप्नुपर्छ । रोप्ने समय गोदावरी वैशाख तथा जेठमा रोप्नुपर्छ । यसलाई जरा विभाजन गरेर वा काटेर दुई किसिमले रोप्न सकिन्छ । अलग-अलग जातिको किसिम लेखेर अलग-अलग क्यारीलाई घना रुख तल रोप्नुपर्छ । त्यहाँ छाया पनि रहन्छ । यसले बिरुवालाई गर्मीबाट बचाउँछ । क्यारीमा बिरुवा रोप्दा त्यसको माटोको गोडाइ र सफाइ गर्नुपर्छ । त्यसपछि माटोलाई छान्नुपर्छ । क्यारीमा पानीको निकासको राम्रो प्रबन्ध हुनुपर्छ । माटो भिज्ने गरी पानी हाल्नुपर्छ । बिरुवाको प्रवर्धन जरा विभाजनभन्दा कटिङ गर्दा राम्रो परण्िााम आउँछ । करबि दुई हप्तापछि कटिङ गरी रोपिएको भागबाट जरा पलाउन थाल्छ । कटिङ गरेपछि त्यसमा बालुवा लगाइन्छ । तेजिलो चक्कुले सावधानीपूर्वक २ इन्च लामो भाग काटेर कलमी गरन्िछ । कलमीलाई भाँचेर बालुवामा गाडेर समय-समयमा हजारीले पानी हाल्नुपर्छ । कलमीमा नयाँ पात आएपछि यसलाई आवश्यक ठाउँमा सार्नुपर्छ । मल तथा माटो गोदावरी फूललाई मलको मिश्रण तथा पानीको निकास अत्यन्त आवश्यक छ । बिरुवाका लागि सर्वप्रथम मिश्रति दोमट माटोे २ भाग, गोबर मल २ भाग, सडेको पातको मल १ भाग एवं आधा भाग बालुवा मिसाउनुपर्छ । त्यसपछि बिरुवालाई अर्धछाँयामा राख्नुपर्छ जसले घाम र पानीबाट बिरुवालाई बचाउँछ । बिरुवा ६ इन्चको भएपछि त्यसलाई स्थानान्तरण गर्नुपर्छ । गमलामा बिरुवा बढ्न थालेपछि हप्तामा एकपटक गोबर तथा नीमको पात हाल्नुपर्छ । हप्तामा एकपटक एक चम्चा क्याल्सियम नाइट्रेट हाल्दा बिरुवा हलक्क बढ्छ । भदौ महिनामा बिरुवा निकै बलियो हुन्छ । फूल तथा घना गोदावरीलाई माथिबाट २ इन्च काट्नु उपयुक्त हुन्छ । यसो गर्दा हाँगा फैलन पाउँदैन । हाँगा बलियो भए फूल राम्रो तथा स्वस्थ फुल्छ । भदौ महिनामा बाँस काटेर चारैतिर लगाई डोरीले बाँध्नुपर्छ । यसो गर्दा पातको आकार र वृद्धि समान हुन्छ । पात पनि छरनि पाउँदैन अनि कोपिला समान रूपले लाग्न पाउँछ । यसले गमला सुन्दर एवं सुव्यवस्थित देखिन्छ । यदि बिरुवामा हाँगा नमिलेर झाँगिएको छ भने समान रूपमा काट्नुपर्छ । कोपिला पलाउन थालेपछि काट्ने कार्य बन्द गर्नुपर्छ । ठूलो जातको फूलयुक्त बिरुवालाई यसरी काट्दा सानो फूल फुल्छ । यसको बिरुवाको हाँगा र पातको मध्यभागबाट जुन हाँगा पलाउँछ त्यसलाई काट्नुपर्छ । त्यस्तो बिरुवालाई माथिबाट चिमट्नुहुँदैन । यसलाई रंगाइएको बाँसले बेर्दा राम्रो देखिन्छ । केही टिप्स सबै किसिमका गोदावरी रोप्दा सावधानी अपनाउनुपर्छ । जमिनको तल्ल्ाो भागमा अंकुराएको मुनालाई चिमट्नुपर्छ । वषर्ामा गमलालाई इँटामाथि राख्नु उत्तम मानिन्छ । यसलाई माउरी, गोब्रेकीरा तथा साना कीराबाट बचाउनुपर्छ । पातलाई स्वस्थ राख्न समय-समयमा कीटनाशक औषधि छर्नुपर्छ । यसले बिरुवालाई कीराबाट बचाई राम्रो फूल फुल्न सघाउँछ । गोदावरीलाई १० घन्टा उज्यालो तथा १४ घन्टा अँध्यारोमा राख्नुपर्छ । यसको माटो पिएच ६ दशमलव ५ हुनुपर्छ । वषर्ाको पानी डाइरेक्ट नपर्ने ठाउँ भए क्यारीमा यो अझ राम्रोसँग सप्रन्छ । यो फूल अझै पनि सर्वसाधारणसम्म पुग्न सकेको छैन त्यसैले यसको व्यावसायिक खेतीको भविष्य सुनिश्चित छ ।