Tuesday, December 4, 2007

भूसभित्रको आगो बन्दै छ एचआईभी/एड्स


बीस वर्षअघि नेपालमा देखा परेको एचआईभी सहर हुँदै ग्रामीण क्षेत्रमा पनि भूसभित्रको आगोसरह झन्-झन् फैलिंदै गएको छ। यस अवधिमा करिब ५ सय युवायुवतीको एचआईभी/एड्सबाटै ज्यान गइसकेको छ भने झन्डै ७२ हजार व्यक्तिको शरीरमा एचआईभीका जीवाणु छिरिसकेको अनुमान छ।
सन् १९८८ मा चार जना यौनकर्मीमा फेला परेको एचआईभीबाट अहिले हरेक दिन १५ जनाभन्दा बढी सङ्क्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरु बताउँछन्। सन् १९८१ मा अफ्रिकामा पहिलो पटक देखा परेको एचआईभी/एड्सले विश्वभर साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ।
एसियाली मुलुकहरुमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआईभी/एड्सबाट पीडित छन्। छिमेकी मुलुक भारतमा काम गर्न जाने र घर फर्कंदा एचआईभीका जीवाणु बोकेर वा एड्सरोगी भएर फर्कनेहरुका कारण पहाडी जिल्लाहरुमा एचआईभी/एड्स फैलिंदै गएको एचआईभी/एड्स विशेषज्ञ डा. शशि शर्मा बताउनुहुन्छ।
फेरिंदै छन् एचआईभीवाहक
दुई दशकअघिसम्म एचआईभीको वाहकका रुपमा यौनकर्मीहरुलाई मात्र लिने गरिन्थ्यो। स्वच्छन्द यौन जीवनशैली र नैतिकतासँग एचआईभी/एड्सलाई जोडेर हेरिएका कारण सरकारले पनि यसको रोकथाम र नियन्त्रण गैरसरकारी संस्थाको काँधमा राखिदियो। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दका अनुसार यौनकर्मी र दुर्व्यसनीहरुमा एचआईभी देखिँदा ती क्षेत्रमा गैससहरु नै कार्यरत रहेकोले सरकारी तवरबाट त्यति चासो र चिन्तासँगै र्सतर्कता अपनाइएन।
त्यस बेला यौनकर्मी र दुर्व्यसनीहरु फेला परे उल्टै गिरफ्तार गर्ने सरकारी कार्यले एचआईभीले झन् विस्तार हुने मौका पाएको थियो। अन्तराष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौं उपत्यकाभित्र हाल करिब ८ हजार यौनकर्मी र तीनका ग्राहक २ लाख भएको जनाएको छ। स्याक्ट्स/एकीकृत स्वास्थ्य सेवा नामक संस्थाले काठमाडौंलगायत पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ वटा जिल्लामा यौनकर्मीहरुबीच सन् २००६ मा गरेको एक सर्वेक्षणमा ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआईभी भएको उल्लेख छ। काठमाडौंमा गरिएको सर्वेक्षणमा करिब दुई प्रतिशत यौनकर्मीमा एचआईभी भएको पाइएको छ।स्याक्ट्सकी प्रोजेक्ट कोअर्डिनेटर पूर्णादेवी मानन्धर यौनकर्मीका रुपमा किशोरीहरु पनि देखा पर्न थालेको उल्लेख गर्दै भन्नुहुन्छ- ँकन्डम प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भए तापनि ग्राहकको इच्छामा भर पर्नुपर्छ। ग्राहकले आ…. मन पर्दैन भनेपछि कन्डम प्रयोग नहुने हुनाले एचआईभीको जोखिम झन् बढ्दो छ।’
यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मकरुपमा एचआईभी बढी देखिए पनि सुईबाट लागूऔषध लिनेहरुबीच पनि एचआईभीको सङ्क्रमण बढ्दो छ। दुर्व्यसनीहरुको क्षेत्रमा कार्यरत युथ भिजनका कोअर्डिनेटर विजय पाण्डे अधिराज्यभर भन्डै ८० हजार लागूपदार्थ प्रयोगकर्ता भएको बताउनुहुन्छ। जसमध्ये करिब ३५ हजार दुर्व्यसनीले सिरिन्जबाट लागूपदार्थ लिने गर्छन्। कोअर्डिनेटर पाण्डे एक जना दुर्व्यसनीले दैनिक ३ पटकसम्म सिरिन्जबाट लागूऔषध लिने गरेको उल्लेख गर्दै भन्नुहुन्छ- ँनयाँ सिरिन्ज किन्ने पैसा नभएपछि एउटै सिरिन्ज धेरै जनाले प्रयोग गर्छन्।’ यसरी असुरक्षितरुपमा सिरिन्जको प्रयोग गर्दा एचआईभी सर्ने सम्भावना बढी हुन्छ। एचआईभी सङ्क्रमित व्यक्तिले प्रयोग गरेको सुई निरोगी व्यक्तिले प्रयोग गर्दा जीवाणु र्सन पुग्छ। नेपालमा ३० हजारभन्दा बढी दुर्व्यसनीहरुमा एचआईभी भएको अनुमान छ।
मुलुकमा विद्यमान बेरोजगारी र द्वन्द्वका कारण विस्थापित जीवन बिताउने र कामको खोजीमा भारतलगायत अन्य मुलुकमा गएका कतिपय व्यक्तिहरु पनि एचआईभी वाहक भएको पाइएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दका अनुसार पछिल्लो समयमा बसाइँसराइ गरेका परिवार र कामका लागि भारत गएर फर्किएका व्यक्तिको परिवारमा एचआईभी देखापरेको छ। डोटी, कैलाली, अछाम जिल्लाको उदाहरण दिंदै उहाँ भन्नुहुन्छ- ँग्रामीण क्षेत्रमा पनि एचआईभीको सङ्क्रमण ह्वात्तै बढेको छ।
दुई महिनाअघि डोटीस्थित जिल्ला अस्पतालमा ल्याइएका ५० जनामध्ये ४८ जना महिलामा एचआईभी पोजेटिभ देखिएको उपचारमा संलग्न एचआईभी/एड्सविज्ञ डा. शशि शर्मा बताउनुहुन्छ। अछामको चाल्सा गाविसका भरत साउदका अनुसार विगत चार वर्षको अवधिमा सो गाविसमा मात्र १२ जना व्यक्तिको एड्सबाट मृत्यु भएको छ। मर्नेहरु सबै भारतमा काम गरी फर्केकाहरु भएको उनले बताए।
कामको खोजीमा घर छोड्नेहरुमध्ये भारतमा मात्रै १० लाखभन्दा बढी नेपालीहरु छन्। त्यस्तै तेस्रो मुलुकमा जानेहरु २० लाखभन्दा बढी छन्। पत्नीसँग टाढा रहँदा असुरक्षित यौनसम्पर्क गर्ने पुरुष मात्र नभएर श्रीमान् नभएको बेला परपुरुषसँग असुरक्षित यौनसम्बन्ध राख्ने महिलाहरु पनि एचआईभी वाहक बन्न पुगेका छन्।
६ वर्षा एक पटक बैठक !
एचआईभी सङ्क्रमित व्यक्तिको पहिचान भएको एक दशकपछि मात्र सरकार र अन्य गैरसरकारी संस्थाले चासो र चिन्ता लिन थालेका हुन्। सुरुमा एचआईभी सङ्क्रमितलाई गरिने दुर्व्यवहार र उपेक्षाका कारण उनीहरु झन् तिरष्कृत हुन थाले। फलस्वरुप एचआईभी/एड्सको सङ्क्रमण बढ्न पुग्यो।
विगत १० वर्षदेखि एचआईभी सङ्क्रमितहरुको उपचारमा संलग्न हुँदै आउनुभएका डा. शशि शर्मा अनुभव सुनाउँदै भन्नुहुन्छ- ँएचआईभी सङ्क्रमितसँग अन्य डाक्टरहरु नै डराउँथे। सम्बन्धित सरकारी निकाय र स्वयम् डाक्टरहरुले नै मलाई एचआईभी डाक्टर भनी अपाच्य व्यवहार दर्शाउँथे।’ उपचारमा संलग्न चिकित्सकलाई समेत हीनताबोध गराउने तत्कालीन अवस्थामा एचआईभी सङ्क्रमितलाई परामर्श र उपचार सेवालगायतका विषय निकै टाढाका थिए।
एचआईभी फेला परेको सात वर्षkछि सन् १९९५ मा सरकारले एचआईभीसम्बन्धी १२ बुँदे राष्ट्रिय नीति ल्याएको थियो। सोही नीतिअन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र ७५ वटै जिल्लामा जिविस सभापतिको संयोजकत्वमा जिल्ला एड्स समन्वय समिति गठन गरिएको हो। तर अहिलेसम्म एचआईभी/एड्ससम्बन्धी कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्न नसकिएको राष्ट्रिय तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्द बताउनुहुन्छ। जिल्ला एड्स समन्वय समिति पनि अपेक्षाकृत क्रियाशील हुन नसकेको स्वीकार्दै डा. चन्द भन्नुहुन्छ- ँअब निर्देशिका तयार पारी जिल्लामा साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्ने र समितिलाई पनि सक्रिय बनाउने योजना छ।’
एचआईभीविरुद्ध बहुपक्षीय प्रयासको खाँचो देखाउँदै सन् २००२ मा प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय एड्स परिषद् नाम मात्रको छ। ६ वर्षको अवधिमा एक पटक मात्र बैठक बसेको स्वास्थ्य मन्त्रालय निकट स्रोतले बताएको छ। त्यस्तै स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय एड्स समन्वय समितिको पनि एक पटक मात्र बैठक बसेको छ। मन्त्रालयका एक कर्मचारी भन्छन्- ँएचआईभी/एड्सको चुनौती जटिल हुँदै गएको छ तर चुनौती सामना गर्न त्यहीअनुरुप प्रतिबद्धता र संयन्त्र नै देखिंदैन।’
जेनतेन सरकारी उपस्थिति देखाइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र स्थापना भएको १२ वर्षको अवधिमा १२ पटक नेतृत्व परिवर्तन भएको छ। केही महिनाअघि मात्र केन्द्रमा निर्देशकको जिम्मेवारी सम्हाल्न आउनुभएका डा. चन्द भन्नुहुन्छ- ँएउटा पद्धतिअन्तर्गत कार्यक्रम-नीति छन् र दिशा पनि स्पष्ट छ भने नेतृत्व परिवर्तन हुँदैमा फरक पर्दैन। तर सबै कुरा नेतृत्वमै निर्भर हुने हो भने निश्चितरुपमा प्रभाव त परिहाल्छ।’ स्मरणीय छ, केन्द्रका वरिष्ठ मेडिकल अधिकृत डा. पुलकित चौधरी क्यानडाको टोरन्टोमा एचआईभी/एड्ससम्बन्धी सेमिनारमा मुलुकको प्रतिनिधित्व गर्दै एक वर्षअघि गएकोमा उतै पलायन हुनुभएको छ। सरकारी र गैरसरकारी क्षेत्रबाट एचआईभी/एड्ससम्बन्धी गरिएका विभिन्न कार्यक्रमले केही हदसम्म जनचेतना वृद्धि गरे पनि समन्वयका अभावमा प्रभावकारी उपलब्धि हासिल हुन नसकेको विज्ञहरु बताउँछन्।
जीवन लम्ब्याउन एआरभी
एचआईभी भएका व्यक्तिहरुलाई आयु लम्ब्याउन दिइने एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिए पनि सहरी क्षेत्रमा मात्र सीमित छ।
एचआईभी देखा परेको डेढ दशकपछि वि.सं. २०६० माघ मसान्तदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौंबाट एआरभी सेवा सुरु भएको हो। अहिले अधिराज्यभर १६ स्थानबाट एआरभी सेवा प्रदान गरिएको जानकारी दिँदै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्द चालू आर्थिक वर्षा सेवा विस्तार गरी १४ अञ्चलमै पुर्‍याउने योजना रहेको बताउनुहुन्छ।
शरीरमा रोग-प्रतिरोधात्मक क्षमता (CD Four) २ सयभन्दा कम भएका व्यक्तिले एआरभी सेवा लिन सक्छन्। निःशुल्क रुपमा एआरभी सेवा प्रदान गर्न ग्लोबल फन्डले सहयोग गरिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार एचआईभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्दछ। गैरसरकारी संघसंस्थाहरुले नेपालमा एचआईभी संक्रमित ७२ हजार भएको उल्लेख गरेअनुरुप १ हजार ५ सयभन्दा बढीले यो सेवा पाउनुपर्ने देखिन्छ। तर सरकारी तथ्यांकमा भने एचआईभी संक्रमितको संख्या झन्डै साढे दश हजार रहेको उल्लेख छ। केन्द्रका निर्देशक डा. चन्दका अनुसार अधिराज्यभर १ हजारभन्दा बढी एचआईभी संक्रमितले निःशुल्क रुपमा एआरभी सेवा पाइरहेका छन्।
संक्रमितले आफ्नो शरीरमा एचआईभी जीवाणुको अवस्था थाहा पाउन भाइरल लोडको परीक्षण गराउनुपर्छ। यस परीक्षणबाट एआरभीको प्रभावकारिता जाँच्न सकिन्छ। तर नेपालमा भाइरल लोड मेसिनको परीक्षण सुविधा नहुँदा संक्रमितहरुले रगतको नमुना भारत, थाइल्यान्ड आदि मुलुकका प्रयोगशालामा पठाउने गरेका छन्।
सामूहिक प्रयासको खाँचो
सन् २०१५ सम्म एचआईभी संक्रमणलाई वृद्धि हुन नदिने र घटाउँदै लैजाने लक्ष्य निर्धारण गरिएको छ। अधिकांश मुलुकले यो लक्ष्य प्राप्त गर्न नसक्ने भएपछि सन् २००५ मा एचआईभी/एड्ससम्बन्धी सूचना, शिक्षा, सेवा र उपचारमा सबैको पहुँच -युनिभर्सल एक्सेस)को अवधारणा अघि सारिएको छ। यस अवधारणालाई पनि लागू गर्न सक्ने क्षमता नेपालको हालको अवस्थाले देखाउँदैन।
मुलुकको दशौं पञ्चवर्षीय योजनामा एचआईभी/एड्सलाई ँराष्ट्रिय विकासमा चौतर्फी प्रभाव पार्ने विषय’को रुपमा स्वीकार गरिएको थियो। यद्यपि कागजी योजनाअनुरुप कार्यान्वयन पक्ष कमजोर देखिएको छ।
एचआईभी/एड्सको चुनौती चुलिंदै गएकाले त्यसको सामना गर्न सरकार र यस क्षेत्रमा कार्यरत सयौं गैरसरकारी संघसंस्थाबीच समन्वयको खाँचो रहेको देखिन्छ। यसको समाधान एकल उपाय एवम् प्रयासबाट मात्र सम्भव नभएकाले जनचेतना, रोकथाम, नियन्त्रण र उपचारात्मक सेवालाई राष्ट्रियस्तरमा एकीकृत कार्यक्रमका रुपमा सञ्चालन गर्नु जरुरी छ।

धूमपानको लतबाट मुक्ति


डा. हरिहर खनाल (harikhanal@yahoo.com)

धूमपानका कारण पुरुषको औसत १३.२ र महिलाको १४.५ वर्ष आयु घट्छ भन्ने थाहा भएर पनि मानिस यसको आदत छोड्न प्रायः चाहँदैनन्। यो आज निकै ठूलो चुनौतीको रुपमा रहेको छ। प्रत्येक खिल्ली चुरोट उपभोग गर्दा मानिसको आयु ११ मिनेटले घट्छ।

प्रत्येक वर्ष हुने हृदयघातका घटनामध्ये ३० प्रतिशत धूमपानको कारण हुने गरेको पाइएको छ। त्यसैले धूमपान मुटुको रोगको एउटा प्रमुख कारक तत्त्वका रुपमा रहेको छ। १० जना साधारण धूमपान गर्नेहरुमध्ये एक जना र पाँच जना अम्मली धूमपानकर्तामध्ये एक जना फोक्सोको क्यान्सरले मर्ने गर्छन्। फोक्सोको क्यान्सरको ८५ प्रतिशत, मुख-घाँटीको क्यान्सरको ६० प्रतिशत, पाठेघरको क्यान्सरको ३० प्रतिशत कारण धूमपान नै भएको प्रमाणित भइसकेको छ।
त्यस्तै धूमपान छुँदै नछोएको मान्छेमा फोक्सोको क्यान्सर ०.५ प्रतिशत मात्रै पाइन्छ। अन्य मुख, जिब्रो, पिसाबथैली, खानानली, मिर्गौला, प्यान्क्रियाज तथा रगतको क्यान्सर पनि धूमपान गर्नेहरुमा नै ज्यादा पाइन्छ। उच्च रक्तचाप, पक्षघात, हात-खुट्टाका भागहरु मर्ने, सुक्ने, कुहिने, काट्नुपर्ने अवस्था आउने पनि धूमपान गर्नेमा अधिक पाइन्छ। धूमपानका अम्मलीमा दम, धम्की, खोकीजस्ता दीर्घरोगहरु पनि धेरै मात्रामा पाइन्छ। त्यस्तै अमलपित्त -ग्यास्ट्रिक), मोतिबिन्दु, घाँटीमा अवस्थित गाणग्रन्थि, दाँत-गिजाका रोग, नपुषंक, न्यून तौलको बच्चा जन्मनु जस्ता रोग वा अवस्था र छाला चाउरी पर्ने, हात गन्हाउने, ओठ-गिजा नीला, नराम्रा, कलेटी परेका जस्ता हुने परिस्थितिमा पनि धूमपान नै प्रमुख कारण रहेको पाइन्छ। यो कहाली लाग्दो मानवसृजित समस्या हो।
धूमपान गर्ने सबै व्यक्तिहरुलाई यस्ता रोगहरु एकै नासले नलाग्न सक्छन्। यी रोगहरुको प्रभाव कसलाई कति पर्छ भन्ने कुरा धूमपानको गुणात्मक स्थिति र मात्रामा भर पर्छ। दिनमा कति पटक धूमपान गर्ने, कति वर्ष कस्तो खालको चुरोट, बिँडी, सुर्ती, तमाखु वा सिगारको सेवन गरेको हो, त्यसमा भर पर्छ।
जल्दै गरेको चुरोटको आगोपट्टि टुप्पोमा तथा वरिपरि ७०० डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ भने चुरोटभित्र ६० डिग्री सेन्टिग्रेड हुन्छ। यो विषम तापक्रमले चुरोटमा भएका विभिन्न हानिकारक रासायनिक तत्त्वहरुमा सयौं नयाँ अरु विषाक्त तत्त्व निर्माण गर्ने अवस्था ल्याउँछ। त्यसैले पनि चुरोट-सुर्तीमा रासायनिक तथा विषाक्त तत्त्वहरु अत्यधिक मात्रामा हुन्छन्। सुर्तीजन्य पदार्थका उत्पादकहरुले आफ्नो उत्पादनलाई शुद्ध, हानिरहित, फिल्टरयुक्त, कडा, नरम, बास्ना आउने भनेर प्रचारबाजी गरे पनि यो भ्रम मात्र हो। कुनै पनि सुर्तीजन्य वस्तु सुरक्षित हुँदैनन्।
धूमपानको समस्याबाट बच्ने एउटै उपाय हो धूमपान पूरै त्याग्नु। त्यस्तै धूमपानको प्रभावले भएका शारीरिक समस्याको समाधान राम्रो खाना खाएर, औषधि सेवन गरेर मेटाउन सकिंदैन। त्यस्तो प्रभावबाट बच्नु भनेको धूमपान सुरु नै नगर्नु तथा गल्तीले सुरु गरिएमा आत्मबलका साथ यसलाई पूरै त्याग गर्नु हो।
सुर्तीजन्य वस्तुहरुमा सबभन्दा बढी पाइने हानिकारक तत्त्वहरुमा टार, निकोटिन तथा कार्बन मोनोअक्साइड हुन् भने त्यसमा अन्तरनिहित हजारौं रासायनिक पदार्थमध्ये ४ सय त विषाक्त तत्त्व नै छन्। त्यस्तै यी तत्त्वहरुमा ४० वटा त क्यान्सरका कारक तत्त्व नै भेटिएका छन्। अझ त्यसमाथि बास्ना, प्रभाव बढाउन भनेर थपिने ६० प्रकारका रासायनिक तत्त्वहरुले पनि स्वास्थ्यमा लाभभन्दा हानि नै बढी पुर्‍याउँछन्।
सूर्तीजन्य पदार्थमा पाइने कार्बन मोनोअक्साइड, टार, बेन्जिन, र्फमल्डिहाइड, एमोनिया, एसिटोन, आरसेनिक, हाइड्रोजन सायनाइड तथा अन्य धेरै विषाक्त तत्त्वहरुमध्ये कुनै कीटनाशक, कुनै पाइखाना सफा गर्ने, कुनै मुसा मार्ने विषका रुपमा प्रयोग गर्ने गरिन्छ। कार्बन मोनोअक्साइडले शरीरभरि रगतमा अक्सिजन बोक्ने तत्त्व हेमोग्लोबिनमा अक्सिजनको स्थान लिएर अक्सिजनको आपूर्तिमा कमी गराउँछ। यसले शरीरका महत्त्वपूर्ण अंगहरु तथा रक्तनलीहरु प्रभावित हुन्छन्। यसबाट रक्तनलीमा कडापन आउने, रोग बढ्दै जाने, रगत जम्ने प्रक्रिया बढ्ने भएर नै हृदयघात, पक्षघात तथा हात-खुट्टाका छेउका भाग मरेर वा सुकेर जाने हुन्छ। यो खास प्रकारको धूमपान गर्नेलाई हुने रोग हो, जसलाई ँबरगर रोग’ भनिन्छ। यसको कारण धूमपान मात्रै हो भन्ने प्रमाणित भइसकेको छ।
यस्तै कार्बन मोनोअक्साइडकै कारण यौना·मा हुने रगत तथा अक्सिजनको आपूर्तिमा बाधा परी साना रक्तनली प्रभावित भएर रक्तचाप उच्च हुने, नपुंषक हुने, शरीरभरिका स्नायु तथा विभिन्न अंग दुख्ने, पीडा हुने, कमजोर हुने हुन्छ। यसबाहेक असल कोलेस्टेरोल (HDL) घटाउने, खराब कोलेस्टेरोल बढाउने, स्वचालित स्नायु प्रणालीमा सिम्पेथेटिक प्रभाव बढेर, रगतको जम्ने प्रक्रिया बढेर महिलामा इस्ट्रोजिन हर्मोनको कटौती गराएर, रक्तचाप तथा हृदयगति बढाएर, मुटुको रगत तथा अक्सिजन आपूर्तिमा कमी ल्याएर हृदयघातको लागि एउटा सञ्जाल नै निर्माण भएको पाइन्छ। संसारमा हृदयघात गराउने मुख्य कारणमध्ये पनि प्रमुख बनेको धूमपानले हरेक देशमा, हरेक भोजमा, हरेक जमघटमा, सिनेमामा, विज्ञापनमा तथा खेलकुदको सहयात्रीको रुपमा व्यापकरुपमा प्रभाव पारिरहेकोले यसलाई विवेकपूर्ण ढंगले त्याग र बहिस्कार गर्दै जानुपर्छ।
त्यस्तै अर्को तत्त्व हो निकोटिन। यो लागूऔषध भएकाले यसले लत बस्ने, फुरुंग महसुस हुने, अस्थायी आनन्द महसुस हुने, माग बढ्दै जाने तलतल लाग्ने, आश्रति गराएर उम्कनै नसक्ने गरी माकुराको जालोमा कीरा फसेजस्तो फसाइदिन्छ। यसकै कारण हो धूमपान छोड्न गाह्रो पर्ने।
अर्को टार भन्ने तत्त्वको रामकथा अरु गजब छ। जसरी धूवाँ फाल्ने चिम्नीहरुमा भित्री तह बनेको हुन्छ त्यस्तै श्वासनलीमा तह बनाएर प्रत्यक्ष तथा परोक्ष प्रभाव पारी क्यान्सरको कारण बनेको हुन्छ। दिनको २० खिली चुरोट तान्ने व्यक्तिले एक वर्षमा २१० ग्राम टार -एक गिलास टार) भित्र तान्छ। अझ अम्मलीहरुले चुरोटको लगानीको सदुपयोग गर्ने निहुँमा तथा नशाको उपयोग र आफ्नो व्यक्तित्व दर्शाउने भ्रममा लामो सर्को तान्ने, धेरै बेर धूवाँ भित्र राख्ने गर्दा यो टार अरु धेरै तानिन्छ। यसले फोक्सोको लचकता घट्ने, कडा हुने, अक्सिजन आपूर्ति घट्ने, भित्रको कार्बनडाइअक्साइड पूरा नफ्याँकिने आदि भएर दम, धम्कीजस्ता दीर्घरोग थपिंदै जान्छ, गहिरिंदै जान्छ र जटिल हुँदै जान्छ।
त्यस्तै जलेर, तातेर बन्ने हजारौं हानिकारक तत्त्व सीधै ओठ, मुख, घाँटी, श्वासनली, फोक्सोमा सम्पर्क भएर तथा रगतमार्फ सम्पूर्ण रासायनिक एवम् विषाक्त तत्त्वहरु शरीरभरि फैलिएर मुख, घाँटी, फोक्सो, पिसाबथैली, पाठेघर, रगत आदिको क्यान्सरको कारण बनेको छ। यस्तै ओठ-गिजा नीलो हुने, श्वास गन्हाउने, शरीरमा गन्ध आउने
-चुरोट खानेको हात, कपडा, शरीर सबैमा विशेष गन्ध आउँछ), गिजा, घाँटी सुन्निने वा दुख्ने रोग लाग्ने, खोकी लाग्ने जस्ता स्वास्थ्यमा पार्ने अन्य कुप्रभाव पनि परेको हुन्छ। सामाजिक स्वास्थ्यमा फोहोर हुने, वातावरण प्रदूषित हुने, आगजनीको सम्भावना बढ्नेजस्ता सामाजिक समस्याहरु पनि सिर्जना हुन्छन्। छाला चाउरी पर्ने, कमजोर महसुस हुने, छिटो उमेर पाकेजस्तो लाग्ने, फिका अनुहार देखिने तथा मस्तिष्कले गर्ने मिहिन कलायुक्त वा शारीरिक कार्यक्षमतामा कमी आउने जस्ता प्रभावहरु पनि पर्छन्।
धूमपानको कुरा गर्दा निष्क्रिय वा सुसुप्त धूमपान अर्को पक्ष छ। यसमा निर्दोष व्यक्तिहरु यसको कुप्रभावको सिकार बनेका छन्। धूमपान गर्ने महिलाको गर्भको वा काखको बच्चा, घरका अन्य धूमपान नगर्ने परिवार सदस्य आदि प्रभावित भएका हुन्छन्। त्यस्तै कार्यालयमा, सार्वजनिक स्थानहरुमा धूमपान गर्नाले अन्य निर्दोष व्यक्तिहरु पनि पीडित भएका हुन्छन्। धूमपान गरेर फ्याँकिएको धूवाँ श्वास फेर्दा शरीरमा गएर प्रभाव पार्छ। आफूले नगरेको धूमपानको कुप्रभाव झेल्न मानिस बाध्य भएका हुन्छन्। यसको प्रभावले कम तौल भएको बच्चा जन्मने, एलर्जी, दम देखिने, बच्चाको मृत्युसमेत हुने गरेको पाइन्छ। धूमपान नगर्ने श्रीमतीका श्रीमान्हरुले आफूले गरेको धूमपानको गन्ध र विषाक्त धूवाँलाई श्रीमतीहरुले कसरी सहने गरेका होलान् भनेर कहिल्यै ख्याल गर्नुभएको छ - अरुको पनि सम्मान गरौं र आफूलाई जस्तै सोचौं।
धूमपानको लत बसेपछि छोड्न गाह्रो हुनुका धेरै कारण छन्। त्यसमा प्रमुख कारण त निकोटिन तत्त्व नै हो, जुन लागूऔषधिको गुणले भरपूर हुन्छ। त्यसैको कारणले तलतल बढ्ने, नपाएमा व्याकुलता र छटपटी देखापर्ने हुन्छ। अर्को खराव पक्ष हो स्वचालित हुने बानीको विकास। यी दुवै पक्षको ख्याल नगरेसम्म धूमपानको लतबाट बच्न वा छुटकारा पाउन गाह्रो छ। हजार सल्लाह सुनेर, भगवान् ढोगेर, छोरीलाई टीका लगाएर चुरोट छोडेपछि १५ दिन, एक महिना, २ महिनामा फेरि सुरु गर्ने मानिस धेरै भेटिन्छन्। तर्सथ साँच्चै छाड्ने हो भने ख्याल गर्नु पर्‍यो कि धूमपान छोड्ने आफूले हो अरुले होइन।
धूमपानबाट मुक्ति पाउन प्रतिबद्धता र आत्मबलको जरुरत पर्छ। सीधै लत छोड्ने, मिति तोकेर छोड्ने वा मात्रा घटाउँदै लगेर छोड्ने वा यी मध्ये कुनै एक विधि अपनाउन सकिन्छ। सबभन्दा राम्रो उपाय यसले आफू र अरुलाई पार्ने प्रभाव सम्झेर खान छोड्ने नै हो। त्यसका लागि मिति तोक्न पनि सकिन्छ। त्यो तोकेको मिति आफ्ना प्रभावशाली साथी वा आफन्तलाई भन्नर्ुपर्छ। सम्भावित पूर्वतयारीस्वरुप तलतल वा बानी दुवै कुरालाई तह लगाउने उपाय अध्ययन गर्नु वा चिकित्सकको सल्लाह लिनुपर्छ। पुनः सुरु नगर्ने प्रणसहित उपचारका उपायहरुप्रति तयार रहनुपर्छ। आफूले चुरोट छोडेको कुरा हरेक पटक मौका मिल्नासाथ दोहोर्‍याउने तथा यसका खराबीहरु व्याख्या गर्ने गर्नुपर्छ। आफूलाई व्यस्त राख्ने तथा तलतल लागिहालेमा विचार अन्य सोचाइमा मोड्ने गर्नुपर्छ। ध्यान तथा खेलकुद अपनाउने, आवश्यक भएमा निकोटिनको मात्रा घटाउने वा स्वरुप परिर्वन गरी छोड्ने उपाय अपनाउन सकिन्छ। महत्त्वपूर्ण पक्ष भनेको आफू विश्वस्त हुनु र प्रतिबद्ध हुनु हो।
धूमपानको विपक्षमा अनन्त सूचना, सल्लाह तथा योगदान दिनु समाज, राष्ट्र तथा नागरिक सबैको कर्तव्य हो। सार्वजनिक स्थानहरु- यातायात, मन्दिर, स्कुल, अस्पताल, बगैंचा आदिमा धूमपान निषेध गराउनुपर्छ। विज्ञापन तथा बिक्री वितरणमा नियन्त्रण गर्नुपर्छ । खेलकुदमा चुरोट कम्पनीले सहयोग गर्ने भन्ने जस्तो लाज लाग्ने ँबाँदर नाच’ क्रियाकलाप बन्द गराउनुपर्छ।

बाँझोपनको पनि उपचार हुन्छ

सिन्धुलीकी २४ वर्षीया रुक्मिणीको विवाह भएको दुई वर्षसम्म पनि सन्तान नभएपछि विभिन्न ठाउँमा भाकल गर्नुका साथै औषधि उपचार पनि सुरु गरियो तर सन्तान भएनन्। स्वास्थ्य परीक्षण गर्दा उनमा कुनै खोट नभेटिएपछि पतिलाई पनि परीक्षणका लागि बोलाइयो तर शिक्षण पेसामा
संलग्न उनका पतिले आफ्नो कुनै कमजोरी नभएकोले परीक्षणको जरुरत नै नपर्ने जिद्दी कसे। विवाह भएको ५ वर्षसम्म पनि सन्तान नभएपछि अरुको सल्लाहमा रुक्मिणीका पतिले अर्की विवाह गरे तर दोस्रो विवाह गरेको ३ वर्षमा पनि कुनै सन्तान नभएपछि बल्ल उनी जँचाउन गए।
स्वास्थ्य परीक्षण गर्दा उनको शुक्रवाहिनी नली (शुक्रकीट बहने नली) बन्द भएको पत्ता लाग्यो। बन्द नलीको उपचारपछि उनका दुवै पत्नीबाट सन्तान भए तर आफ्नै अहम् र गल्तीका कारण दुईवटी पत्नीको लोग्ने बन्नुपरेकोमा उनलाई ग्लानि र पछुतो भयो। तर उनले सच्याउन नसकिने ठूलो भूल गरिसकेकाले पछुतो मान्नुको कुनै तुक थिएन।
रुक्मिणी दम्पतीको जस्तै समाजमा धेरै मानिस बाँझोपन र यससँग सम्बन्धित अज्ञानता र अन्धविश्वासका कारण अनेक सामाजिक समस्या झेलेर बसिरहेका छन् भने केहीले बेलैमा उपचार गरी सन्तान पनि प्राप्त गरिरहेका छन्।
सामाजिक समस्याको रुपमा बाँझोपन
बाँझोपन विश्वव्यापी समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब ८ देखि १२ प्रतिशत मानिसले प्रजनन उमेरमा बाँझोपनको समस्याको अनुभव गर्छन्। नेपालमा बाँझोपनको समस्या कुन स्थितिमा छ भन्नेबारे विस्तृत अध्ययन नभए तापनि लगभग यस्तै स्थितिमा रहेको सम्बद्ध विज्ञहरुको अनुमान छ। अध्ययनअनुसार करिब ६ प्रतिशत नेपालीमा बाँझोपनको समस्या रहेको नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक डा. गिरिधारी शर्मा बताउनुहुन्छ। बाँझोपन महिला र पुरुष जसलाई पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण यो समस्या महिलाहरुलाई नै हुन्छ भनेर लान्छना लगाउने गरिएको छ। यसले गर्दा विनाकारण धेरै महिलाले हीनताबोध र पारिवारिक तथा सामाजिक उपेक्षा खेप्नुपरिरहेको पाइन्छ।
बाँझोपनको उपचारमा सम्लग्न निःसन्तान केन्द्रका प्रमुख डा. उमा श्रीवास्तव भन्नुहुन्छ- ँविवाह गरेको एक-दुई वर्षमा सन्तान भएन भने महिलालाई दोषी ठहर्‍याउने, अपहेलना गर्ने र उपचारका लागि महिलालाई नै पठाउने गरिन्छ। तर समस्या महिला-पुरुष दुवैलाई हुन सक्ने भएकाले दुवैलाई सँगै बोलाएर सोधपुछ, परीक्षण र आवश्यकताअनुसार उपचार गर्ने गरिएको छ।’
बाँझोपनको दोष महिलालाई मात्र दिने सामाजिक कुपरम्पराका साथै नेपालको कानुनले समेत यससम्बन्धमा भेदभावपूर्ण व्यवहार गरेको छ। यदि विवाह गरेको १० वर्षसम्म जीवित बच्चा जन्मेको छैन भने उनको पतिले विवाह गर्न पाउने व्यवस्था छ। नेपालको वर्तमान कानुनले पनि बाँझोपनको समस्या पुरुषमा पनि हुन सक्छ भन्ने सत्यतातर्फ ध्यान पुर्‍याएको पाइँदैन।
नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक डा. गिरिधारी शर्मा भन्नुहुन्छ- ँबाँझोपन हुँदा पुरुषको परीक्षण नै नगरी महिलाको मात्र परीक्षण गर्ने, महिलालाई बहिष्कार गर्ने, कमजोर पार्ने, अर्की विवाह गर्ने कुसंस्कार छ, यसले ठूलो सामाजिक समस्या ल्याइरहेको छ। सहरी क्षेत्रमा दुवैले उपचार गर्ने चलन आए तापनि ग्रामीण क्षेत्रमा उपचारै नगरी विवाह गर्ने चलन अझै विद्यमान छ।’ बाँझोपनको समस्या आएमा दुवैको उपचार गर्दा अधिकांशको सन्तान हुन सक्ने दृष्टिकोण राखी नेपाल परिवार नियोजन संघले आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको डा. शर्माले जानकारी दिनुभयो।
वास्तवमा बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ। अहिलेसम्मको अध्ययनअनुसार बाँझोपनको ३५ प्रतिशत कारणहरु महिलामा र ३५ प्रतिशत नै कारण पुरुषमा पाइएको छ। बाँकी ३० प्रतिशत कारण महिला-पुरुष दुवै -दम्पती)मा वा कारण नै पत्ता नलागेको स्थिति छ।
यस्तो स्थितिमा बाँझोपनको कारण महिलालाई मात्र थोपर्नु कदापि उचित होइन। यसले बाँझोपनको समस्यालाई अझ लम्ब्याउँछ र महिलाहरुको मान मर्दन गर्छ। त्यसकारण बाँझोपनको अनुभव हुनासाथ दम्पतीले नै संयुक्तरुपमा स्वास्थ्य परीक्षण गराई सन्तान प्राप्तिको प्रयास गर्नु बुद्धिमानी हुन्छ।
बाँझोपनसम्बन्धमा राम्रो जानकारी नभएका कारण पनि यो एउटा सामाजिक समस्याको रुपमा देखा परेको छ। सरकार र समाजले यसलाई त्यति महत्त्व नदिएको र सूचना प्रवाहमा कमी भएकाले बाँझोपनको उपचारको सम्भावना र उपचार गर्ने स्थानका बारेमा सर्वसाधारणमा राम्रो जानकारी छैन।
बाँझोपनको उपचार विभिन्न सरकारी अस्पतालहरुमा हुने भए तापनि जनस्वास्थ्यका दृष्टिले जनचेतना जगाउने, रोकथाम गर्ने, प्रचारप्रसार गर्ने सरकारी कार्यक्रम हाल नभएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाकी स्त्रीरोगविज्ञ डा. शीलु अर्याल बताउनुहुन्छ।
नेपाल परिवार नियोजन संघले आफ्नो कार्यक्रम क्षेत्रमा सन् २००५ मा गरेको एक अध्ययनअनुसार १८.५ प्रतिशत प्रजनन उमेरका मानिसले बाँझोपनका बारेमा थाहा नपाएको बताएका थिए। यसमध्ये ७४ प्रतिशत पुरुष र ८९.४ प्रतिशत महिलाले मात्र यसबारेमा जानकारी पाएको बताएका थिए। त्यस्तैगरी ६८.३ प्रतिशत किशोर र ८५.८ किशोरीले यसबारेमा थाहा पाएको बताएका थिए। यसले बाँझोपनका बारेमा महिलालाई भन्दा पुरुषलाई कम ज्ञान भएको थाहा हुन्छ । त्यस्तैगरी २० प्रतिशत पुरुष र २६ प्रतिशत महिलालाई मात्र बाँझोपनको उपचार हुन सक्छ भन्ने थाहा भएको सर्वेक्षणमा पाइएको थियो। यी तथ्यांकले बाँझोपनसम्बन्धमा जनचेतनाका कार्यक्रमको अभाव महसुस हुन्छ।
गर्भनिरोधक कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार दुई वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ। विश्व स्वास्थ्य संगठनले विकसित देशमा एक वर्षर विकासोन्मुख मुलुकमा २ वर्षसम्म स्त्री-पुरुषसँगै बस्दा पनि सन्तान नभएको अवस्थालाई बाँझोपनको दायराभित्र राखेको छ। प्रजनन उमेरका स्त्री-पुरुषले एक वर्षसम्म लगातार प्रयत्न गर्दा पनि सन्तान नभएमा त्यस्ता दम्पतीले उपचारको सोचविचार गर्नु उपयुक्त हुन्छ।
परिवार स्वास्थ्य महाशाखाका अनुसार सामान्यतया गर्भनिरोधका साधन प्रयोग गरेको छैन र गर्भ रोक्नका लागि कुनै विधि पनि अपनाइएको छैन भने विवाह गरेको ६ महिनाभित्र ८५ प्रतिशत महिला गर्भवती हुन्छन् र एक वर्षभित्र प्रायः सबै महिला गर्भवती हुन्छन्। कतिपय महिलाहरुचाहिँ गर्भधारण गरे पनि विविध कारणले भ्रूण खस्ने समस्याबाट पीडित हुन्छन्। यसको पनि उपचार गरी बाँझोपनको समस्याबाट मुक्त हुन सकिन्छ।
अन्धविश्वासका कारण बाँझोपनलाई ँदैवी श्राप’, ँपूर्वजन्मको फल’ आदि भनेर महिलाहरुलाई कतिपय सामाजिक तथा सांस्कृतिक कार्यहरुमा सम्लग्न गराइँदैन र उपचारको प्रयास पनि गरिंदैन। उपचारको प्रयास गर्दा पनि महिलाहरुको मात्र गरिन्छ। तर बाँझोपनको कारण दैवी श्राप वा पूर्वजन्मको फल नभई विभिन्न स्वास्थ्य समस्याहरु हुन् र त्यसको उपचार पनि हुन सक्छ। त्यसकारण बाँझोपनको दोष एक-अर्कालाई लगाउनुभन्दा यसलाई साझा समस्या ठानेर दम्पतीले नै उपचारको प्रयास गर्नु उचित हुन्छ।
बाँझोपनका कारण
बाँझोपनको उपचारमा लामो समयदेखि संलग्न विशेषज्ञ तथा निःसन्तान केन्द्रकी प्रमुख डा. उमा श्रीवास्तव भन्नुहुन्छ- ँबाँझोपनको समस्या स्त्री-पुरुष दुवैमा उस्तै हुन्छ र बेलैमा उपचार गरे धेरैले सन्तान प्राप्त गर्न सक्छन्।’
पुरुषमा बाँझोपनको कारण
डा. श्रीवास्तवका अनुसार विभिन्न कारणले गर्दा पुरुषमा बाँझोपनको समस्या देखिन सक्छ। शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नली ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ। त्यस्तैगरी हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ। शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन। यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ। तर कसै-कसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ। यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन। बालक जन्मिएपछि अण्डकोष परीक्षण गरी उपचार गरेमा भविष्यमा बाँझोपनको समस्या आउँदैन। अण्डकोषको राम्रो विकास नभएको, अप्रेसनका कारण शुक्रवाहिनी नलीमा असर परेको तथा शुक्रकीट कम उत्पादन भएको अवस्थामा पनि उपचार गरी बाँझोपनको समस्या हटाउन सकिन्छ।
कहिलेकाहीँ भाइरस संक्रमका कारण पनि अण्डकोष सुकेको हुन सक्छ। हाँडेरोग भाइरसका कारणले हुन्छ। यो रोग लागेको बेला भाइरस संक्रमण भई पेटको माथिल्लो भाग तथा अण्डकोष सुन्निने, दुख्ने हुन्छ र पछि अण्डकोष सुक्दै गई पहिलेको आकारभन्दा सानो हुन सक्छ। त्यसकारण हाँडेरोग भएको बेला अण्डकोष दुखेमा, सुन्निएमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्छ।
यस्तै शुक्रकीटहरु अण्डकोषबाट लिंगतर्फभएर आउने नली विभिन्न कारणले टालिन सक्छ। कुनै पुरुषलाई टी.बी. भएमा टी.बी.का कीटाणुहरु संक्रमण भई शुक्रवाहिनी नली टालिन सक्छ। यस्तै सिफलिस, गनोरिया, एचआईभी/एड्स आदि यौनसंर्सगबाट सर्ने यौनजन्य रोगका कारण पनि सन्तान उत्पादनमा बाधा पुग्न सक्छ। एड्सबाहेक अन्य रोगको उचार गरी सन्तान प्राप्त गर्न सकिन्छ। यौनजन्य रोगहरु पहिले नै लागेर निको भइसकेको भए तापनि ती रोगका कीटाणुले शुक्रवाहिनी नलीको प्वाल साँघुरो पार्ने वा टाल्ने काम गरेको हुन सक्छ। उपचारपछि यस्ता प्वाल खोल्न सकिन्छ।
पुरुषहरुमा सन्तान उत्पादन क्षमता नहुनुका केही अज्ञात कारणहरु छन्। यी अज्ञात कारणहरुबाहेक उल्लिखित अधिकांश समस्याको उपचार गरी समाधान निकाल्न सकिन्छ। त्यसकारण बाँझोपनको समस्या देखिनासाथ सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार गरिहाल्नुपर्छ।
महिलामा बाँझोपनको कारण
डा. श्रीवास्तवका अनुसार महिलामा बाँझोपन आउनुका मुख्य कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन्।
डिम्बवाहिनी नली बन्द हुनुमा नलीभित्र गाँठाहरु आउनु, टी.बी.लगायत अन्य विभिन्न यौनरोगको संक्रमण पनि हुन सक्छ। यस्ता रोग लाग्नासाथ उपचार गरेमा समस्या नै आउँदैन। समस्या आइसकेको अवस्थामा बेलैमा उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ।
असमयमै महिनावारी बन्द भएमा वा अनियमित भएमा तुरुन्त उपचार गर्नुपर्छ। यसले भविष्यमा बाँझोपन निम्त्याउन सक्छ। विवाहअघि नै महिनावारी अनियमित भएका युवतीहरु पनि अहिले आफ्नो क्लिनिकमा उपचार गराउन आइरहेको र यसले भविष्यमा आउन सक्ने बाँझोपनको समस्यालाई घटाउने डा. श्रीवास्तवको भनाइ छ। उहाँका अनुसार गर्भाधानका लागि मुख्य भूमिका खेल्ने अण्डको विकास समयमै नुहने समस्या बाँझोपनको प्रमुख कारणमध्ये रहेको छ। यसको पनि उपचार गरी समाधान गर्न सकिन्छ।
साथै असुरक्षित गर्भपतन पनि बाँझोपनको कारण बनिरहेकाले आवश्यक परेको बेला सुरक्षित तथा स्वीकृत्रि्राप्त संस्थामा गई गर्भपतन गराउनुपर्छ। असुरक्षित गर्भपतन गराउँदा अण्डवाहिनी नली टालिने, पाठेघरमा प्वाल पर्ने भई भविष्यमा गर्भ नै नरहने हुन सक्छ।
यसबाहेक केही अज्ञात कारणहरु पनि हुन सक्छन्। सामान्यतया बाँझोपनको उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ तर उपचारमा ढिलाइ गर्नु हुँदैन र जथाभावी उपचार गराउनुभन्दा सम्बन्धित विशेषज्ञकहाँ नै परीक्षण तथा उपचार गराउनु उचित हुन्छ।
नेपालका पुरुष तथा महिलामा बाँझोपन देखिनुको एउटा कारण पोषणयुक्त खानाको कमी पनि हो। प्रजनन स्वास्थ्य राम्रो बनाउनका लागि पोषणयुक्त खानामा जोड दिनुपर्छ। पोषणयुक्त खाना भन्नाले रंगीचंगी र खोलमा प्याकिङ गरिएका सहरिया खाना भन्ने धेरैलाई भ्रम छ। तर स्थानीय रुपमा पाइने मकै, कोदो, गहुँ, फापर, कर्कलो, विभिन्न हरिया साग र तरकारीहरु, फलफूल, पाकेको फर्सी, भटमास, दाल आदि गेडागुडी अझ पोषिला हुन्छन्। यसका साथै मासु, माछा, अण्डा दूध पनि पोषणयुक्त खाद्यवस्तु हुन्। गाउँघरका धेरै मानिसले घरको कुखुरा, अण्डा, मेवा, केरालगायत मौसमी फलफूल, साग, तरकारी, दूध घिउ बेचेर सहरका भिटामिन, हर्लिक्स, चाउचाउलगायत विभिन्न खाद्यवस्तु किनेर उपभोग गरेको देखिन्छ। यो ज्यादै गलत विश्वास हो।
साथै लागूपदार्थको दुर्व्यसन, धूमपान, मादकपदार्थको अधिक सेवनले पनि बाँझोपनको समस्या निम्त्याउन सक्ने भएकाले यस्ता कुलतबाट पनि बच्नुपर्छ। टी.बी. र यौनजन्य रोगहरुको बेलैमा उपचार गराएमा धेरै हदसम्म बाँझोपनबाट बच्न सकिन्छ।
बाँझोपनको उपचार
सम्बन्धित चिकित्सकहरुका अनुसार अधिकांश बाँझोपनको उपचार हुन्छ। अझ छिटो गर्न सके उपचार प्रभावकारी पनि हुन्छ, तर उपचार गराउन दम्पती नै जानुपर्छ। बाँझोपनको शंका हुनासाथ नजिकको स्वास्थ्य संस्थामा परामर्श गरी स्त्रीरोग विशेषज्ञकहाँ जँचाउनु राम्रो हुन्छ। त्यसमा पनि बाँझोपनको उपचारमा संलग्न विशेषज्ञकहाँ उपचार गराउनु बढी प्रभावकारी हुन्छ।
परिवार स्वास्थ्य महाशाखाकी स्त्रीरोग विशेषज्ञ डा. शीलु अर्यालका अनुसार सबै सरकारी स्वास्थ्य संस्थाहरुबाट प्रजनन स्वास्थ्यसम्बन्धी सामान्य परामर्श सेवा पाइने भए तापनि उपचारात्मक सेवा अञ्चल तथा क्षेत्रीय अस्पतालहरुबाट प्राप्त गर्न सकिन्छ। यसका साथै प्रसूति गृह थापाथलीमा बाँझोपनसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गर्न सकिन्छ। यहाँ बाँझोपनसम्बन्धी क्लिनिक सञ्चालित छ।
सरकारले प्रजनन स्वास्थ्यका आठवटा मूल विषय तथा क्षेत्रहरु तोकेको र त्यसमा बाँझोपन (Sub fertility) समावेश भए तापनि उपचारात्मकबाहेक अन्य सेवा उपलब्ध गराएको छैन। तर निकट भविष्यमा नै २४ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर यससम्बन्धी परामर्श दिने, तहगतरुपमा सुविधाअनुसार सेवा दिने तयारी गरिएको डा. शीलु अर्यालले जानकारी दिनुभएको छ।
यस्तैगरी नेपाल परिवार नियोजन संघले आफ्ना कार्यक्रम भएका ३२ वटा जिल्लामा ६५१ वटा क्लिनिकहरुमा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या लिएर आउनेहरुलाई परापर्श दिने र आवश्यकतानुसार विशेषज्ञ भएका ठाउँमा पठाउने गरेको संघका कार्यक्रम निर्देशक डा. गिरिधारी शर्मा बताउनुहुन्छ। उहाँका अनुसार सन् २००६ मा संघको क्लिनिकहरुमा सेवा लिन आएका १३ लाख सेवाग्राहीमध्ये करिब २० हजार ८ सय जनालाई बाँझोपनसम्बन्धी परामर्श दिइएको थियो।
त्यस्तैगरी स्त्रीरोग विशेषज्ञ भएका विभिन्न निजी अस्पताल तथा नर्सिङहोमहरुबाट पनि बाँझोपनसम्बन्धमा परामर्श तथा उपचार सेवा प्राप्त गर्न सकिन्छ। काठमाडौंका निःसन्तान केन्द्र र ओम अस्पतालले बाँझोपनको उपचारमा विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन्। अन्य औषधि उपचारबाट सन्तान प्राप्त नभएका अवस्थामा यी दुई स्वास्थ्य केन्द्रबाट आईभीएफ (टेस्टट्युब बेबी) प्रविधिको सेवा पनि लिन सकिन्छ। यी स्वास्थ्य केन्द्रमा टेस्टट्युब बेबी सेवा लिएर पनि धेरैले सन्तान प्राप्त गरिरहेका छन्।
महिलाहरुको अण्डवाहिनी नली बन्द भई बाँझोपन भएको अवस्थामा नलीको अप्रेसन गरी खोल्ने प्रयास भएको पनि पाइन्छ। यो विधि खर्चिलो भए तापनि त्यति प्रभावकारी नभएकोले निःसन्तान केन्द्रले यसको वैकल्पिक उपचारका रुपमा अप्रेसन नगरी नली खोल्ने उपचार पद्धति सुरु गरेको केन्द्रका प्रमुख डा. उमा श्रीवास्तव बताउनुहुन्छ।
बाँझोपनको सामान्य उपचार त्यति खर्चिलो नभए पनि यसको विशेषज्ञ उपचार अलि खर्चिलो छ। त्यसैले कतिपय दाम्पतीले उपचार सुरु गरे पनि उपचार बीचैमा छोड्ने गरेको डा. श्रीवास्तव बताउनुहुन्छ। उपचार गर्दा सबै परीक्षण नगरी हुँदैन। यसले बिरामीलाई भार पर्ने भएकाले यस्ता समस्या परेकालाई सरकारले पनि केही सहयोग गर्नुपर्ने डा. श्रीवास्तवको धारणा छ।
चाहेको बेला गर्भधारण गर्नु, सन्तान जन्माउन पाउनु महिलाको मौलिक अधिकार भएझैं सन्तान नभएका अवस्थामा सन्तान प्राप्तिको उपाय खोज्न पाउनु पनि महिलाको अधिकार हो। त्यसकारण बाँझोपनका कारण सन्तान प्राप्त नभएमा दम्पतीले समयमै उपचार सेवा लिएर सन्तान प्राप्तिको अवसर उपयोग गर्नुपर्छ। बाँझोपन पुरुष र महिला दुवै वा कुनै एक जनामा भएको स्वास्थ्य समस्याका कारण हुने भएकाले दम्पतीले नै स्वास्थ्य परीक्षण गरी उपचार गर्नुपर्छ। बाँझोपनको रोकथाम तथा उपचारका लागि सरकारले पनि विशेष कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ।

अन्धविश्वासको परिणाम

विश्व एक्काइसौं शताब्दीमा प्रवेश गरेको तथा विज्ञान र सूचना प्रविधिका क्षेत्रमा चरम विकास भए पनि हाम्रो मुलुकमा रुढिवादी तथा अन्धविश्वासका कारण अप्रिय घटना भइरहेका छन्। पुरातनवादी सोच र अन्धविश्वासले वास्तवमै मानवताको खिल्ली उडाइरहेको पाइन्छ। हालै मात्र पश्चिम नेपालको अर्घाखाँची जिल्लामा भएको एउटा हत्याकाण्डले अन्धविश्वासका कारण मानिस कतिसम्म निर्दयी बन्न पुग्दोरहेछ भन्ने दर्शाएको छ।घटना विवरणअनुसार सो जिल्लाको खिदिम गाविस-४ निवासी ६० वर्षीय शिवे कुमाललाई आफ्नै छिमेकका नाति पर्ने चार युवकले ँबोक्सो’को आरोप लगाएर अपहरणपछि हत्या गरेको रहस्योद्घाटन भएको छ। यही मंसिर २ गते छिमेकमा भएको विवाहबाट राति १२ बजेतिर घर फर्किएको बेलादेखि हराएका कुमाल दुई हप्तापछि गत सोमबार मृत अवस्थामा भेटिएका थिए। कृष्णबहादुर, भुपेन्द्रबहादुर, प्रचण्डबहादुर र महेन्द्रबहादुर कुमालले निज वृद्धलाई सोही रात अपहरण गरी हत्या गरेको स्वीकारेका छन्। प्रहरीले मृतक शिवे कुमालको शव सोही गाविसको रानीदह भन्ने ठाउँमा फेला पारेपछि हाल अभियुक्तहरूविरुद्ध कारबाही चलाएको छ।अर्घाखाँचीको यो घटना त एउटा उदाहरण मात्रै हो, मुलुकका अन्य स्थानमा पनि यस्ताखाले घटना बारम्बार भइरहेका छन्। अझ तराई क्षेत्रका केही ठाउँमा निमुखा, निर्धा र असहाय महिलालाई बोक्सीको आरोप लगाएर दिसापिसाब खुवाउने, नांगेझार पार्दै सिस्नोपानी लगाउने, र्सार्वजनिकरुपमा बेइज्जती गर्ने, गाउँ निकाला गर्नेजस्ता विभिन्न खालका मानवताविरोधी गतिविधि हुँदै आएका छन्। बालबालिका तथा जनावर बिरामी परेमा रिस उठेका व्यक्तिलाई बोक्सीको आरोप लगाउने र यातना दिने दुष्कार्य नरोकिएकाले समाज नै कलंकित बन्दै आएको छ।घरछिमेकमा कोही व्यक्ति मन नपरेमा वा रिस उठेमा उसैविरुद्ध बोक्साबोक्सीको दोष लगाउने र सताउने गरिएकाले पीडितहरूले न्याय पाउन सकेका छैनन्। ँसमाज’ नामको समूहले पनि विवेकपूर्ण निर्णय र न्याय दिन नसक्दा निमुखाहरू अझ कतिसम्म अनावश्यक पीडाबाट प्रताडित हुने हुन् कुनै टुंगो छैन। तर अब पनि यस्तो हिंसात्मक घटनालाई चुपचाप हेरिरहनुभनेको पीडितमाथि झन् अन्याय गर्नु रहेकाले समाजका सचेत वर्ग जुर्मुराउनु नै पर्दछ। समाजमा व्याप्त अन्धविश्वास, रुढिवादी, कुरीति, कुसंस्कार र असभ्य व्यवहारको अन्त्य गर्न सचेत एवम् जागरुक युवाहरूले अभियान नै सञ्चालन गर्नु आवश्यक छ। शिक्षा र जनचेतनामूलक कार्यक्रमहरू बनाएर पिछडिएका तथा पीडित समाजमा जानुपर्छ र सभ्यता, विकास, भाइचारा, सामाजिक सद्भाव जगाउनुपर्छ ताकि भविष्यमा यस्ता आपराधिक घटना दोहोरिन नपाऊन्।

एउटा सटरको भाडा दस लाख २१ हजार

रामहरि पाण्डे/नया पत्रिका 2007-12-04,Tuesday,काठमाडौ, १७ मंसिर एउटा सटरको भाडा दस लाखभन्दा बढी तिर्नुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नुपर्दैन । पोखरास्थित गण्डकी अञ्चल अस्पतालले औषधि पसललाई दिएको एउटा सटरबाट मासिक दस लाख २१ रुपैया“ उठाइरहेको छ । यती मेड कर्न्र्सन नामक औषधि पसलले अस्पताल प्रशासनलाई मासिक दस लाख २१ हजार बुझाइरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.सोमतसिंह तुलाचन पसलमा लाग्ने भिड र बिक्रीका आधारमा सटरको भाडा महंगो नभएको दाबी गर्छन् । उनले सो पसलबाट अहिलेसम्म केही गुनासो नआएको बताए । यती मेड कर्न्सनका टंकप्रसाद अधिकारीले टेन्डर पारेर औषधि पसल सञ्चालन गरेको बताउ“दै तुलाचनले भने- 'पैसा तिर्न व्यवसायी नै तम्सेपछि हामीले के गर्ने -' उनले औषधि पसलेले निश्चित मूल्यभन्दा केही बढी मूल्यमा औषधि बेच्ने गरेको खुलासा पनि गरे । नेपालको सबैभन्दा जेठो र सरकारको लगानीमा चलेको वीर अस्पतालले भित्री र बाहिरी गरेर दस कोठा औषधि पसलका लागि भाडामा दिएको छ । उसले पनि एउटा सटरको भाडा मासिक तीन लाख ९६ हजारदेखि चार लाख दस हजारसम्म लिन्छ । अस्पतालको र्इमर्जेन्सी गेटअगाडि र दाया“बाया“ गरी दसवटा औषधि पसलबाट वीर अस्पताल प्रशासनले मासिक ४० लाखको हाराहारीमा पैसा बुझ्छ । अस्पतालले कम्तीमा एकदेखि तीन वर्षम्म औषधि व्यवसाय सञ्चालन गर्न पाउने गरी नया“ टेन्डर खुलाउ“छ । सो टेन्डरमा जसले बढी पैसा हाल्छ, उसैलाई सटर भडामा दिने अस्पताल प्रशासनका शाखा अधिकृत सुमन कार्कीले बताए । उनी भन्छन्- 'टेन्डर खुुलाउने भएपछि कति भाडा लिने भन्ने तोक्न मिल्दैन ।' तर, उनले यसै वर्षेखि लागू हुने गरी कम्पनी र व्यक्ति मिलेर कम रेटमा डेन्डर पार्न सक्ने सम्भावना देखेर एउटा सटरको भाडा न्यूनतम तीन लाख तोकेको बताए । वीर अस्पताल परिसरको एउटा औषधि पसलेले दैनिक दसदेखि १५ लाखसम्मको आम्दानी गर्ने भएकाले पनि पसलको भाडा महंगो हुने गरेको अस्पताल प्रशासनको दाबी छ । वीर अस्पतालमा अहिले रूपा श्रेष्ठ, रमेशप्रसाद कोइराला, शंकर श्रेष्ठ, लक्ष्मण महर्जनलगायतले औषधि पसल सञ्चालन गरिरहेका छन् । स्रोतका अनुसार उनीहरूमध्ये कतिले त दोस्रो व्यक्तिलाई अझ चर्को मूल्य लिएर भाडामा दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जले पनि चारवटा सटर भाडामा दिएको छ । सुरुमा सो अस्पतालले एउटा सटरको भाडा ५० हजार लिन्थ्यो, अहिले बढेर पा“च लाखको हाराहारीमा पुगेको छ'- अस्पताल सह-प्रशासक चन्द्रकुमार र्राई भन्छन्- 'यो अझै बढ्छ ।' उनले भने- 'सटरका लागि अस्पतालले टेन्डर आह्वान गर्छ, जसले बढी रकममा टेन्डर हाल्छ, उसैलाई पर्छ, हामीलाई अरू मतलब हु“दैन'- र्राईले भने । शिक्षण असपतालमा औषधि पसल राख्ने जिम्मा भने बद्रीराज जोशीले पाएका छन् । उनले चार वर्षेखि नियमित रूपमा औषधि पसल राख्दै आएका छन् । अस्पताल व्यवस्थापनले गतवर्षनै नया“ टेन्डर खुलाएको थियो, तर राजनीति गतिरोधका कारण स्वीकृत हुन नसकेकाले जोशीले नै भाडामा लिइरहेको सह-प्रशासक र्राईले नया“ पत्रिकालाई बताए । उनका अनुसार औषधि पसल सञ्चालनका लागि अस्पतालको मात्र होइन, निजी व्यक्तिको घरको भाडा पनि उतिकै महंगो छ । 'शिक्षण अस्पतालनजिक रहेका निजी घरका एउटा सटरको भाडा तीन लाख पर्छ, 'त्यो पनि कोठा पाउन मुस्किल छ'- शिक्षण अस्पताल परिसरका औषधि व्यवसायी सुमन श्रेष्ठले बताए । उनले भने- 'पसलको भाडा महंगो भए पनि व्यवसाय सोचेभन्दा राम्रो छ ।' नर्भिक अस्पताल, कान्ति बाल अस्पताल, थापाथली प्रसूति गृह, बा“सबारीको गंगालाल हृदय रोग केन्द्रमा पनि सटरको भाडा त्यत्तिकै महंगो छ । यहा“ पसल राख्ने कोठाको साइज हेरेर दर्ुइदेखि सात लाखसम्म तिर्नुपर्छ । कान्ति बाल अस्पतालले भाडामा दिएको सटरको भाडा साढे दुइ लाख छ । यसै वर्षाट प्रशासनले अझ बढाउने तयारी गरिरहेको छ । सरकारी होस वा निजी नया“ रूप र आकारमा पूण सेवासहित खोलिएको अस्पताल परिसरका भवन र अस्पताल आफंैले भाडामा लगाएको सटरका भाडा झन् महंगो हुने गरेको अधिकारीहरूको भनाइ छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालको कोठाको मूल्य पनि सरकारीभन्दा कम छैन । ओम अस्पतालमा एउटा सटर भाडा नौ लाख छ । राम्रो कमाइ भएकाले महंगोमै भाडामा लिनेको पनि त“छाड मछाड चल्छ ओममा । यस्तै, ललितपुरको बी एन्ड बी अस्पतालले पनि मासिक चार लाखमा औषधि पसल राख्न कोठा भाडामा दिएको छ । अस्पताल प्रशासनका अनुसार बी एन्ड बी पनि आगामी वर्षेखि भाडामा नया“ दर कायम गर्दैछ । औषधि व्यवसायबाट राम्रो आम्दानी भएकाले महंगो भाडा तिरेर अस्पताल परिसारमा औषधि पसल राख्ने राखेको औषधि व्यवस्था विभागका महानिर्देशक भूपेन्द्र थापाको भनाइ छ । उनी भन्छन्- 'बढी भाडा लियो भनेर कारबाही गर्न सकिन्न के गर्ने -' अस्पतालले मनपरि भाडा असुलेर औषधि पसल सञ्चालन गर्न दिएको आरोप लगाउ“दै निर्देशक थापाले भाडामा एकरूपता ल्याउन औषधिमा दिइने गरेको बोनस घटाउने तथा औषधि बिक्रीमा देखिएको लापरबाहीलाई रोक्ने बताए । विभागका औषधि व्यवस्थापक गजेन्द्र भुजू पनि अस्पताल परिसरमा रहेका औषधि पसलको भाडा अत्यधिक महंगो भएको बताउ“छन् । अस्पताल आफंैले औषधि पसल पनि सञ्चालन गर्नुपर्ने उनको धारणा छ । उनले भने- 'भाडाको नियन्त्रण सरकारले गर्नुपर्छ ।' उनले अस्पतालको भाडामा सञ्चालन गरेको कोठामात्र होइन अस्पताल परिसरका निजी घरधनीले पनि चर्को भाडा लिइरहेको बताए । नेपाल चिकित्सक संघका अध्यक्ष चोपलाल भुसालले अस्पताल प्रशासनले औषधि पसलको भाडा अत्यधिक लिएको आरोप लगाए । उनले भने- 'औषधि पसलेले पसलको भाडा तिर्नैका लागि औषधिमा मनपरी मूल्य लिन सक्छन् ।' अस्पताल परिसरका औषधि पसलमा कम मूल्य पर्ने औषधि महंगोमा खरिद गर्नुपर्ने, मिति सकिए पनि बिक्रीवितरण भइरहनुलाई प्रमुख कारण मान्छन् अध्यक्ष भुसाल । स्वास्थ्य राज्यमन्त्री शशि श्रेष्ठ भने यसबारे आफू अनभिज्ञ भएको बताउ“छिन् । उनले नया“ पत्रिकासित भनिन्- 'कहा“को भाडा कति हुन्छ, त्यसको जानकारी राख्ने हामीले होइन, यो अस्पताल व्यवस्थापन र औषधि पसलेबीचको कुरा हो, दिनेले दिएपछि लिनेले लिन्छ, यसमा वादविवाद गर्नुपर्ने ठाउ“ छैन ।'

When jealousy strikes


Jealousy is a sentiment that can be horrible and disturbing obsession. The effects of jealousy can ranger from a sense of helplessness to murdering thoughts. Many jilted lovers even commit suicide or murder.
If the need to feel loved is big, the need for power is bigger. A lover gets jealous when he/she feels or realizes that their partner no longer is theirs exclusively. This like all other sentiments arises naturally. This is a feeling that arises by itself when someone or something threatens to take over in our relationship. Jealousy need not always be that serious and painful feeling of loosing a loved one to another. It could also be something lighter and in a way pleasant like in the case the partner getting bogged in work, engrossed in a game or attracted to another person.
Generally when you have something that is taken away from you or you feel threatened of being robbed of it, it is called jealousy. When you feel that you don’t measure up to someone or very much want something that someone else posses, that’s envy. Rivalry is when no one yet possesses the thing you desire and there is keen competition for the desired goal. Of these three feelings, jealousy is the most intense.
When jealousy strikes there are two things you can do, either you can deny your feelings and keep them away until they grow too big to handle or you can acknowledge what you are feeling and make the commitment that you are ready to have another experience in your life and are willing to do what it takes to heal that part of yourself. Those in a relationship should honestly confess about their jealousy without attacking there partners. When it comes to jealousy, no matter how it shows up in your life, it doesn't go away until it is acknowledged and there is a strong desire to do whatever is necessary to change and heal it.

कुखुराको मासुमा २५ वर्षपछि ब्रासलेट भेटियो

आरोन गिल्सले सपनामा पनि चिताएका थिएनन्, उनले हराएको बाला (ब्रासलेट) भेटिनेछ तर २५ वर्ष कुर्नुपर्छ । आरोनलाई त्यस्तै भयो । फेयरमोन्टका एक मासु बिक्रेताले कुकुरा काटे, अनि त्यसलाई छिलेर टुक्रा पार्छुभन्दा एउटा पुरानो चम्किलो वस्तु फेला पारे । त्यो चम्किलो वस्तुलाई धोइपखाली हेर्दा त त्यसमा कसैको नाम, ठेगाना र फोन नम्बरसमेत कुँदेको पाए । "मैले एउटा कुखुराका मासु पसलबाट फोन पाएँ, भनिएको थियो- तपाइँको बाला भेटेँ लिन आउनु होला", अनुहारै दिप्त बनाउँदै आरोन गिल्सले एपी समाचार संस्थालाई बताए- "अब तपाइँ आफैँ भन्नुहोस्, यसपछि मेरो प्रतिक्रिया के थियो होला !"गिल्स त्यसबेला ४/५ वर्षका थिए, जतिबेला उनले यो बाला हराए । उनी साथीहरुसँग लुकामारी खेल्दै थिए कि अकस्मात उनले लगाएको बाला हरायो । त्यतिबेला उनले निकै खोजे । उनका बा-आमाले पनि त्यो खोज्न सघाए । तर त्यो हराएको हरायै भयो । अहिले उनी लक्का जवान मात्र होइन, दुइ सन्तानका बाबुसमेत बनिसकेका छन् र ३१ वर्षका पुगिसके ।अब त्यति पुरानो कुरा उनलाई सम्झना हुने कुरा पनि भएन । कुरा कतिसम्म परिवर्तन भइसकेको थियो भने उनको स्थायी बसोबाससमेत परिवर्तन भइसकेको थियो । उनको पुरानो बासस्थानभन्दा ४५ माइल टाढा घर बनाइसकेका थिए । पुरानो नम्बर परिवर्तन भएर नयाँ बनाइसकेका थिए । तर पनि ती मासु पसलले उनलाई खोजिकन छाडे । एल्मोर नामक ठाउँबाट ल्याइएको कुखुरामा गिल्सको यो बाला फेला परेको थियो । "यो यति पुरानो भइसक्दा पनि खासै परिवर्तन आएको पाइनँ", गिल्सका पिताले आश्चर्य मान्दै भने- "यसमा कुँदेको नाम, फोन नम्बर र ठेगाना यति स्पष्ट थियो कि यो मैले पाएको भए पनि फिर्ता पठाइदिन्थेँ होला ।" त्यसो त यसमा यति राम्रोसँग नाम, ठेगाना कुँदिएको थियो कि गिल्सका पिताले निकै वर्षसम्म यो पाइएला कि भन्ने आशा गरेका थिए । तर निकै वर्ष बितिसक्दा पनि यसको पत्तो नपाएपछि माया मारिसकेका थिए । छोरा गिल्स भन्छन्- "अब यसलाई हराउने मेरो कुनै नयाँ योजना छैन ।"

Constipation and Depression


Many depressed people experience constipation and it is not rare to find a constipated person who is depressed. Do people who suffer from one of these be automatically a likely candidate for the other? Constipation is when an individual has two or fewer bowel movements within a week Patients are also considered constipated if they experience hard stools, straining or incomplete evacuations.
Depression can be the result of numerous factors like lifestyle changes, eating habits, loss of a loved one and health issues. Since depression is a condition of extremes, it can be rather difficult to diagnose in many cases. The two most obvious symptoms of depression include feelings of sadness or hopelessness and a general loss of interest in daily activities that usually bring pleasure. Depression can cause weight gain or weight loss, insomnia or the sufferer may want to sleep all day; it can cause movement painful while at the same time causing restlessness. And yes, it can cause constipation or diarrhea.
Depression affects the body’s entire system, not just the emotional aspect. It causes the digestive system to function improperly. Headaches and bodily pain are commonplace.
Also, patients are usually prescribed Antidepressants. One of the main side effects of Antidepressants is constipation.

To reduce the chances of becoming constipated and/or depressed it is recommended that you start eating a healthy diet, following a regular exercise routine and try to follow a regular sleep pattern.