Monday, December 3, 2007

सत्र वर्षछि हत्यारा पक्राउ

2007-11-21,Wednesday,
उदयपुर, ४ मंसिर छिमेकीको हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले १७ वर्षछि पक्राउ गरेको छ । खोटाङको बाहुनीडा"डा-२ का केशव कार्कीलाई घर आएका बेला प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनले छिमेकी ढकबहादुर कार्कीको हत्या गरेको च्यासीमटार प्रहरी चौकीले जनाएको छ । जग्गासम्बन्धी मुद्दामा आफूले हारेपछि ढकबहादुरको हत्या गरी उनी भारततिर भागेको प्रहरीले जनाएको छ । हत्यामा केशवसहित तीनजना संलग्न रहेको र अन्य दर्ुइजना सजाय भोगी मुक्त भइसकेका छन् । यसैबीच, पर्सर्ाांवाददाताका अनुसार वीरगन्जमा पनि दाजु र पत्नी हत्याका दर्ुइ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दाजु हत्याका अभियुक्त वीरगन्ज उप-महानगरपालिका-१४का प्रभु महतोलाई वीरगन्ज बसपार्कबाट गस्ती प्रहरीले सोमबार पक्राउ गरेको छ । उनले ०६२ साल चैतमा दाजु रामबाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतककी श्रीमती प्रमिलालाई पनि पक्राउ गरी तारेखमा छोडेको छ । त्यसैगरी, श्रीमती हत्या गरेको आरोपमा अलौ गाविस-३ अलि अख्तर मिया"लाई पनि वीरगन्जको रानीघाटबाट प्रहरीले सोमबार पक्राउ गरेको छ । उनले ०६३ साल साउनमा श्रीमती सलमा खातुनको हत्या गरेको भनी ज्रि्रकामा उजुरी परेको थियो । उता, टेलिफोनको तार चोर्दै गरेको अवस्थामा गस्ती प्रहरी टोलीले सोमबार राति तीनजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज भिस्वाका मखु शेख मिया", नगवाका सरोज श्रीवास्तव र इनर्वा गाविसका राजु राउत रहेको ज्रि्रकाले जनाएको छ । उनीहरूको साथबाट टेलिफोनको तारबाट निकालिएको २० किलोग्राम तामासमेत बरामद गरिएको छ ।

No comments: