Friday, December 7, 2007

नक्कली प्रेमीले ज्यान लियो

2007-12-07,Friday,
मेगन मेयर साइबरमा नया साथी बनाउन पाएकोमा दंग थिइन् । कारण भर्खरै 'माइस्पेस'मार्फ् जोस इभान्स नामका एकजना सुन्दर किशोरसग उनको साथीको नाता जोडिएको थियो । मेगन केवल १३ वर्षी स्कुले छात्रा थिइन्, जोस पनि त्यस्तै चुलबुले उमेरका रूपवान् तन्नेरी । उनीहरूको च्याटवार्ता झा“गिन बेर लागेन । सन्देश साटासाट गर्ने क्रमले गति लियो । किशोर-किशोरी भावनामा बग्दै गए । जोसले मेगनका नाममा कविता कोरेर पठाउन थाले- सृष्टिकै सुन्दर फूल तिमी...। अनि मेगन कम्प्युटरको स्त्रिmनमा ती मसिना अक्षर हेर्दै मायाले सुम्सुम्याउ“थिन् । उनलाई लाग्थ्यो जोसजस्तो उत्कृष्ट कुनै कवि यो संसारमा जन्मेकै छैन । समय बित्दै जादा च्याटमा मात्रै उनीहरूले एक महिना बिताए, स्वणिर्म कल्पना बुन्दै । खुसी मानिसको जीवन लम्ब्याउने औजार हुन सक्छ तर दुःख क्षणभर टिक्न पनि गाह्रो हु“दोरहेछ । अचानक मेगनका बारेमा आफूले कुनै नराम्रो खबर सुनेको भन्दै जोसले उनलाई पत्र लेखे । पत्रमा लेखिएको थियो- 'तिमी निर्दयी छौं भन्ने मैले सुनेको छु ।' वाक्यको अन्तिम अक्षर पढिसक्दानसक्दै मेगन मूर्छित भइन् । अर्धबेहोश मेगनले होश खुलेलगत्तै अर्को दिन आत्महत्या गरिन् । 'सृष्टिको सुन्दर...' भनिएकी मेगनले 'क्रूर'को आरोप सहन सकिनन् । उनका परिवारलाई पछि मात्रै थाहा भयो, जोस एक काल्पनिक पात्र थियो, जसको अनलाइन प्रोफाइल मेगनकै छिमेकी साथीले तयार पारेका थिए । डेड महिनासम्म च्याटमा बिताए पनि पछिल्ला दिनतिर उनीहरूको संवाद असहज बन्दै गएको थियो । जसको कारण मेगन टोल्हाउने रोगबाट पीडित थिइन् । अहिले मेगनका बाबुआमा झूटो प्रोफाइल बनाएर धोका दिनेविरुद्घ कानुनी कारबाही होस् भन्दै छन् । इन्टरनेटबाट बालबालिकाको भाविष्य असुरक्षित हुने भयले उनीहरूका सुरक्षाका लागि कानुनी व्यवस्था होस् भन्ने पनि चाहन्छन् । मेगनकी आमा टिना मेयरले आफ्नी छोरीलाई आत्महत्या गराउन कसैले नियोजित जाल बिच्छ्यायो भन्ने विश्वास त गर्दिनन् । तर, साइबरमा बढिरहेको अपराधको सजाय उनीजस्ता निर्दोषले भोग्नु परिरहेकोमा दुःखी छन् । 'मानसिक समस्या नभए पनि कच्चा उमेरकी मेगनजस्ता च्याटप्रेमीसग नियत खराब हुने कुनै वयस्कले संगत गर्छन् भने यो अपराध हो', घटनाबारे पहिलोपटक रिर्पोटिङ गर्ने सेन्ट लुइसको एक जर्नलस“ग मेयरले भनिन् । छोरीको मृत्युका विषयमा उजुरी गर्न जब उनी कानुनी अधिकारीसमक्ष पुगिन् अधिकारीले यस्तो केस कुनै कानुनी प्रावधानस“ग मेल नखाने भन्दै फर्काइदिए । उल्टै उनलाई अरू कुनै प्रमाण खोज्न आग्रह गरे । बिनाप्रमाण आफूकहा“ नआउनुसमेत भने । लाउलाउ र खाऔंखाआ बेलाकी छोरी त मरी नै न्यायसमेत नपाउ“दा साह्रै निराश भइन् टिना । साथीहरूसग रमाउन मन पराउने मेगन कहिलेकाही“ आफ्ना बाबुस“ग माछा मार्न जाने गर्थिन् । कहिलेकाही“ सिनेमा हर्ेन पनि जान्थिन् । तर, जोसले उनलाई 'मूख', 'पागल' अनि 'सन्की केटी' भनेर लेखेका थिए । जुन प्रसंगस“ग उनकी आमा टिना सहमत छैनन् । जोसस“गको काल्पनिक सम्बन्धमा अन्योल छाएपछि मनोरोगी हुन पुगेकी मेगन मृत्युको अघिल्लो दिनसम्म पनि चिकित्सककै निगरानीमै थिइन् । जोसले मेगनलाई आफू फ्लोरिडामा जन्मिएको भए पनि मेगनकै छेउछाउमा बस्ने गरेको र सर्म्पर्कका लागि टेलिफोन नम्बरसमेत नभएको बताएका थिए । गत वर्षअक्टोबर १५ मा मेगनले जोसको अन्तिम म्यासेज पाएकी थिइन् । त्यसमा अबउपरान्त जोस उनको साथी हुन नसक्ने र मेगन आफ्ना साथीस“ग पनि मिल्न सक्दिनन् भन्ने आशयको म्यासेज थियो । इन्टरनेटको म्यासेजबाट आफ्नी छोरी निराश भएको अनुभव आमाले गरेकी थिइन् । त्यो थाह पाएर उनले छोरीलाई 'लगअफ' गर्न बारबार आग्रह गरिन् । कारण माइस्पेस प्रयोगकर्ताको उमेर कम्तीमा १४ वर्षहुनर्ैपर्छ । आफ्नो खाता खोल्दा मेगन मात्रै १३ वर्षी थिइन् । मेयरले माइस्पेसकी प्रवक्तालाई १३ वर्षो किशोरी च्याटमा झुन्डिएको खबर पनि गरिन् । तर, प्रवक्ताले तेह्रवर्षो किशोरी अनधिकृत च्याटमा झुन्डिएको खबर पाए पनि एक शब्द बोल्न मानिनन् । मेयरलाई लाग्यो 'यसमा सबैको मिलेमतो छ । भन्ने एउटा गर्ने अर्को । खाता खोल्न पढाइने र्सत पनि हात्तीको देखाउने दा“तमात्र रहेछन् जस्तो लाग्यो उनलाई । जोसको खाता प्रयोग गर्नेले मेगनलाई बेलाबेलामा भद्दा गाली पनि पठाउ“थ्यो । त्यसपछिमात्र उनले आमालाई साइबर साथीबाट आफूले इ-म्यासेज पाउने गरेको बताएकी थिइन् । तर, सबै म्यासेज आमालाई सुनाउन सक्नेखालका थिएनन् । छोरीको कुरा सुनेपछि आमाले आफ्नो छोरीलाई कसैले सताउ“दैछ भन्ने हल्का चाल पाएकी थिइन् । तर, एकदिन मेगन स्तब्ध भइन् । छोरीले टाइप गरेको अश्लील म्यासेज देखेपछि उनी स्तब्ध हुन पुगेकी थिइन् । म्यासेजमा लेखिएको भाषा कताकति मात्रै पढ्न सकिन्थ्यो । आफूले लेखेको आपत्तिजनक शब्द आमाले पढ्दा समेत छोरीले धक मानिनन्, कारण उनको सम्बन्धमा गम्भीर मोडमा पुगिसकेको थियो । आमाले आफ्नो वास्तबिकता थाह पाएपछि म्यासेज टाइप गर्दागर्दै मेगन माथिल्लो तलातिर दौडिन् । बाबु रोनले ठीक हुन्छ चिन्ता नलिनु भन्दै सम्झाउन खोजे । तर, भोलिपल्ट आफ्ना काल्पनिक प्रेमी जोसमात्र होइन आफ्ना बाबुआमा र बहिनीलाई समेत छाडेर उनी संसारबाटै बिदा भइन् । मेगनका बाबु रोनले बताएअनुसार, अर्को दिन जोसले पठाएको म्यासेजमा 'तिमी कुरुप केटी हौं, तिमीबिना यो संसार अझ सुन्दर हुनेछ,' भनेर लेखिएको थियो । जोसको प्रोफाइलसम्म पहु“च भएकी अर्की किशोरीका आमाबाबु पनि भेटिए । माइस्पेसको बारेमा उनीहरूले पनि छोरीबाटै थाहा पाएका रहेछन् । इन्टरनेट परामर्शकर्ताको कार्यालयमा दुवै दम्पती भेट भए । मेगनले आत्महत्या गरेको ६ हप्तापछि थाहा भयो त्यही टोलकी एक महिलाले जोसको नामबाट मेगनस“ग प्रेम गरेको नाटक गरेकी रहिछिन् । आफूले गरेको अपराधका लागि ती महिलाले अहिलेसम्म कुनै सजाय भोग्नुपरेको छैन । उनी त मेगनकै छरछिमेकमै यताउता टहल्दै गरेकी भेटिन्छिन् । मेगन परिवार सहन सक्दैन । तर, के गर्नु कानुनका व्याख्या गर्नेहरू नै चुपचाप छन् । प्रहरीलाई दिएको बयानमा ती महिलाले आफ्ना बालबालिकालाई मेगनले कस्तो प्रतिक्रिया दिन्छिन् भन्ने जा“च गर्न झूटो प्रोफाइल बनाएको बताएकी थिइन् । उनले आफूस“गै आफ्नी छोरी र एकजना अर्का व्यक्तिले नियमितरूपमा जोसको नामबाट मेगनलाई म्यासेज पढाउने गरेको प्रहरीलाई बताएकी थिइन् । मेगन अबोध थिइन् । उनलाई नजिकबाट चिनेका छिमेकीले उनको परिवारलाई सो क्षेत्रबाट विस्थापित गराउन त्यस्तो संयन्त्र अपनाएका रहेछन् । जुन कुरा छोरीको मृत्युपछि मात्र उनका बाबुआमालाई थाहा भयो । त्यसैका लागि उनीहरू माइस्पेसमा प्रवेश गरेका थिए । चन्द्रमा जस्ती छोरीको अवसानपछि मेगन परिवारमा निराशा मात्रै बा“की छ । छोरीको मृत्यु भएपछि आमाको लापरबाही हो वा बाबुको भन्नेमा मेगनका बाबुआमाबीच चर्काचर्की नै पर्‍यो । उनीहरूले एकअर्कालाई दोष लगाएनन् मात्रै छुट्टाछुट्टै बस्ने निर्ण्र्ाागरे । अहिले उनीहरू सम्बन्धविच्छेदको तयारीमा छन् । यो घटनापछि अनुमान गर्न सकिन्छ अमेरिकी कानुन पनि पर्याप्त रहेनछ । घटना घटिसकेपछि मात्रै कानुन बनाउन लाग्ने तेस्रो विश्वको रोग त्यहा“ पनि उस्तै छ । 'जब हुन्छ राति अनि बूढी ताती' भने झै देशको मूल कानुनमा यस्ता प्रकृतिका अपराधबारे उल्लेख गरिएको छैन । सेन्ट लुइसदेखि ३५ माइल पर सात हजार बासिन्दा रहेको र्डर्डर्ेे प्राइरी नगर परिषदमा यस प्रकृतिका अपराध न्यून गर्न कानुनी कारबाहीको व्यवस्थाका लागि एउटा प्रस्ताव पेस गरिएको छ । सो प्रस्तावमा इन्टरनेटमा बालबालिकाले व्यहोर्नुपर्ने हैरानी र खतराबारे उल्लेख गरिएको छ । सहरी बुज्रुकहरूले उक्त प्रस्तावको समीक्षा गरेपछि मात्र कानुन बन्ने प्रक्रिया अघि बढ्नेछ ।

No comments: