Friday, December 7, 2007

ख्यातिको लोभमा हत्याकाण्ड

2007-12-07,Friday,
स्कुल, कलेज र विश्वविद्यालयमा गोली चलाएर आफ्नावरपर रहेका मानिसको हत्या गर्ने अपराधका घटना अमेरिकामा दिनप्रतिदिन बढिरहेका छन् । एक व्यक्तिको सनकबाट हुने यस्ता घटना वा दुघटनामा कैयांै निर्दाष व्यक्तिले ज्यान गुमाउछन् । विश्व सुरक्षको ठेक्का लिने अमेरिका आफ्नै देशमा हुने गरेको यस्ता घटना रोक्न अक्षम छ । प्रायः गोली चलाएर निर्दाेषको हत्या गर्नेमा भर्खर जु“गाका रेखी बस्न सुरु गरेका किशोर छन् । यस्तै, घटना फेरि दोहर्‍याउदै एक १९ वषीय किशोरले सपिङ मलमा एकत्रित भीडमाथि गोली बर्सााा छन् । रोर्बट ए हकिङ्स नामका ती किशोरले अन्धधुन्द गोली चलाउ“दा ८ व्यक्ति तत्काल ठहरै भए भने अन्य ५ सख्त घाइते भएका छन् । घाइते ५ मध्ये ३ को स्थिति चिन्ताजनक छ । सपिङ मलमा एक्कासि गोली बर्सिं“दा किनमेल गर्न आएका मानिसको उल्लासमय समय त्रासद बन्यो । क्रिसमसको समयमा आफ्नी चार वर्षी छोरीसग वेस्टरोड सपिङ मल पुगेकी केभिन क्लेलिन गोली चल्नेबित्तिकै छोरी च्यापेर लुक्ने ठाउ खोज्न थालिन् । किनमेल गर्न आएका अन्य ४ व्यक्ति र एक मलकै कामदारसगै उनी ड्रेसिङ रुममा लुकेर बा“च्न सफल भइन् । 'गोली चल्नेबित्तिकै मेरो हंसले ठाउ छोड्यो, म आफ्नी चार वर्षी छोरी लिएर ड्रेसिङ रुममा लुके', घटनापछि केभिन क्लेलिनले आतिदै भनिन् । मलको तेस्रो तलामा रहेको भोन मर स्टोरको बालकोनीबाट एक बन्धुकधारीले गोली बर्सर्ााो प्रत्यक्षदर्शीले बताएका छन् । बन्धुकधारीले एसकेएस राइफल प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ । केही मानिसलाई चिहानमा पुर्‍याएपछि ती युवकले टाउकोमा गोली हानी आत्महत्या गरेका थिए । हत्याराले मान्छे ताकेर गोली हानेको नभई जथाभावी गोली बर्सर्ााो ओमाहका प्रमुख प्रहरी अधिकृत थोमस वारनले बताए । 'एक्कासि गोली चल्न थाल्यो, म डरले काम्न थाल“े, के भइरहेछ, किन भइरहेछ केही थाहा भएन, म त भगवान्लाई सम्झन थाले“' भोन मोर पसलका कामदार ३१ वषीय बिलेन इसकावेराले बताइन् । रोर्बट हकिङस्लाई आफ्नै परिवारले एक वर्षअगाडि आफ्नै घरबाट निकालेको थियो । त्यसपछि उनी आफ्नो साथीकोे परिवारस“गै बस्दै आएका थिए । उनकी साथीकी आमा देवोरा मारुका-कोयकले हकिङ्स सुरुदेखि अन्तरमुखी स्वभावका रहेको बताइन् । आफ्नो परिवारमा बस्न आउ“दा हकिङ्सको स्थिति कसैले नरुचाएको ल्याङ्ग्रे कुकरजस्तो भएको पनि उनले बताइन् । यही हप्ता हकिङ्सलाई म्याकडोनाल्डबाट बर्खास्त गरिएको थियो । उनको केही दिनअघि मात्र प्रेमिकास“ग सम्बन्धविच्छेद भएको थियो । हकिङ्सले बुधबार एक बजेतिर आफ्नी प्रेमिकालाई फोन गरेर बेडरुममा चिठी छाडेको जानकारी दिएका थिए । चिठीमा रहेको विषयवस्तुबारेमा केही स्पष्टीकरण दिनमात्र उनी प्रेमिकाले के आग्रह गरेकी थिइन्, हकिङ्सले अबेर भइसक्यो भनेर फोन राखिदिए । फोनमा हकिङ्सस“ग भएको कुराकानीका बारेमा हकिङ्सकी आमा र मारुका कोयकलाई उनले जानकारी दिएकी थिइन् । हकिङ्सले चिठीमा आफू सबै कुराका लागि क्षमाप्रार्थी रहेको लेखेका छन् । आफ्नो परिवारका लागि अब आफू थप बोझ नबन्ने पनि उनले चिठीमा उल्लेख गरेका छन् । 'म अब चर्चित हुनेछु', उनले चिठीमा लेखेका छन् । हकिङ्सको कपाल कटाइको शैली सैनिकको जस्तो रहेको पनि प्रत्यक्षदर्शीले बताएका छन् । गोली चल्न थालेपछि आफूहरू लुगाको चाङमा, ड्रेसिङ रुममा लुकेको अर्की एक पसलकी कामदारले बताइन् । प्रहरीले बाहिर आए हुने भनेर कराएपछि आफू बाहिर आएको उनले बताइन् । पसलका अर्का कामदार किथ फिडलरले सुरुमा ५ वा ६ पटक गोली पड्किएको आवाज सुनेको बताए । त्यसपछि लगातार १५,२० पल्ट गोली पड्किएको उनले बताए । आखा चिम्लिएर उनी एकै डल्लो परेर पसलको एक कुनामा लुकेर बसे । किनमेल गर्न आएका साउन भिडलाकले गोली चलेको र मानिस चिच्याएको आवाज सुन्नेबित्तिकै श्रीमती र बच्चाबच्चीलाई डोर्‍याउदै हतारहतार बाहिर निस्केको बताए । घटनामा मृत्यु हुनेको परिचय प्रहरीले खुलाएको छैन । तर, घटनामा एक ६१ वषीय मानिसको मृत्यु भएको बताइएको छ । वेस्टरोड सपिङ मलमा भएको यो दोस्रो गोली काण्ड हो । फेब्रअरीमा एक १८ वर्ष सुलेजमान तालोभिकले गोली चलाउ“दा नौको मृत्यु भएको थियो भने ५ व्यक्ति घाइते भएका थिए । प्रहरीले गोली चलाउ“दा सुलेजमान तालोभिकको मृत्यु भएको थियो ।

No comments: