Tuesday, December 4, 2007

एउटा सटरको भाडा दस लाख २१ हजार

रामहरि पाण्डे/नया पत्रिका 2007-12-04,Tuesday,काठमाडौ, १७ मंसिर एउटा सटरको भाडा दस लाखभन्दा बढी तिर्नुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नुपर्दैन । पोखरास्थित गण्डकी अञ्चल अस्पतालले औषधि पसललाई दिएको एउटा सटरबाट मासिक दस लाख २१ रुपैया“ उठाइरहेको छ । यती मेड कर्न्र्सन नामक औषधि पसलले अस्पताल प्रशासनलाई मासिक दस लाख २१ हजार बुझाइरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.सोमतसिंह तुलाचन पसलमा लाग्ने भिड र बिक्रीका आधारमा सटरको भाडा महंगो नभएको दाबी गर्छन् । उनले सो पसलबाट अहिलेसम्म केही गुनासो नआएको बताए । यती मेड कर्न्सनका टंकप्रसाद अधिकारीले टेन्डर पारेर औषधि पसल सञ्चालन गरेको बताउ“दै तुलाचनले भने- 'पैसा तिर्न व्यवसायी नै तम्सेपछि हामीले के गर्ने -' उनले औषधि पसलेले निश्चित मूल्यभन्दा केही बढी मूल्यमा औषधि बेच्ने गरेको खुलासा पनि गरे । नेपालको सबैभन्दा जेठो र सरकारको लगानीमा चलेको वीर अस्पतालले भित्री र बाहिरी गरेर दस कोठा औषधि पसलका लागि भाडामा दिएको छ । उसले पनि एउटा सटरको भाडा मासिक तीन लाख ९६ हजारदेखि चार लाख दस हजारसम्म लिन्छ । अस्पतालको र्इमर्जेन्सी गेटअगाडि र दाया“बाया“ गरी दसवटा औषधि पसलबाट वीर अस्पताल प्रशासनले मासिक ४० लाखको हाराहारीमा पैसा बुझ्छ । अस्पतालले कम्तीमा एकदेखि तीन वर्षम्म औषधि व्यवसाय सञ्चालन गर्न पाउने गरी नया“ टेन्डर खुलाउ“छ । सो टेन्डरमा जसले बढी पैसा हाल्छ, उसैलाई सटर भडामा दिने अस्पताल प्रशासनका शाखा अधिकृत सुमन कार्कीले बताए । उनी भन्छन्- 'टेन्डर खुुलाउने भएपछि कति भाडा लिने भन्ने तोक्न मिल्दैन ।' तर, उनले यसै वर्षेखि लागू हुने गरी कम्पनी र व्यक्ति मिलेर कम रेटमा डेन्डर पार्न सक्ने सम्भावना देखेर एउटा सटरको भाडा न्यूनतम तीन लाख तोकेको बताए । वीर अस्पताल परिसरको एउटा औषधि पसलेले दैनिक दसदेखि १५ लाखसम्मको आम्दानी गर्ने भएकाले पनि पसलको भाडा महंगो हुने गरेको अस्पताल प्रशासनको दाबी छ । वीर अस्पतालमा अहिले रूपा श्रेष्ठ, रमेशप्रसाद कोइराला, शंकर श्रेष्ठ, लक्ष्मण महर्जनलगायतले औषधि पसल सञ्चालन गरिरहेका छन् । स्रोतका अनुसार उनीहरूमध्ये कतिले त दोस्रो व्यक्तिलाई अझ चर्को मूल्य लिएर भाडामा दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जले पनि चारवटा सटर भाडामा दिएको छ । सुरुमा सो अस्पतालले एउटा सटरको भाडा ५० हजार लिन्थ्यो, अहिले बढेर पा“च लाखको हाराहारीमा पुगेको छ'- अस्पताल सह-प्रशासक चन्द्रकुमार र्राई भन्छन्- 'यो अझै बढ्छ ।' उनले भने- 'सटरका लागि अस्पतालले टेन्डर आह्वान गर्छ, जसले बढी रकममा टेन्डर हाल्छ, उसैलाई पर्छ, हामीलाई अरू मतलब हु“दैन'- र्राईले भने । शिक्षण असपतालमा औषधि पसल राख्ने जिम्मा भने बद्रीराज जोशीले पाएका छन् । उनले चार वर्षेखि नियमित रूपमा औषधि पसल राख्दै आएका छन् । अस्पताल व्यवस्थापनले गतवर्षनै नया“ टेन्डर खुलाएको थियो, तर राजनीति गतिरोधका कारण स्वीकृत हुन नसकेकाले जोशीले नै भाडामा लिइरहेको सह-प्रशासक र्राईले नया“ पत्रिकालाई बताए । उनका अनुसार औषधि पसल सञ्चालनका लागि अस्पतालको मात्र होइन, निजी व्यक्तिको घरको भाडा पनि उतिकै महंगो छ । 'शिक्षण अस्पतालनजिक रहेका निजी घरका एउटा सटरको भाडा तीन लाख पर्छ, 'त्यो पनि कोठा पाउन मुस्किल छ'- शिक्षण अस्पताल परिसरका औषधि व्यवसायी सुमन श्रेष्ठले बताए । उनले भने- 'पसलको भाडा महंगो भए पनि व्यवसाय सोचेभन्दा राम्रो छ ।' नर्भिक अस्पताल, कान्ति बाल अस्पताल, थापाथली प्रसूति गृह, बा“सबारीको गंगालाल हृदय रोग केन्द्रमा पनि सटरको भाडा त्यत्तिकै महंगो छ । यहा“ पसल राख्ने कोठाको साइज हेरेर दर्ुइदेखि सात लाखसम्म तिर्नुपर्छ । कान्ति बाल अस्पतालले भाडामा दिएको सटरको भाडा साढे दुइ लाख छ । यसै वर्षाट प्रशासनले अझ बढाउने तयारी गरिरहेको छ । सरकारी होस वा निजी नया“ रूप र आकारमा पूण सेवासहित खोलिएको अस्पताल परिसरका भवन र अस्पताल आफंैले भाडामा लगाएको सटरका भाडा झन् महंगो हुने गरेको अधिकारीहरूको भनाइ छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालको कोठाको मूल्य पनि सरकारीभन्दा कम छैन । ओम अस्पतालमा एउटा सटर भाडा नौ लाख छ । राम्रो कमाइ भएकाले महंगोमै भाडामा लिनेको पनि त“छाड मछाड चल्छ ओममा । यस्तै, ललितपुरको बी एन्ड बी अस्पतालले पनि मासिक चार लाखमा औषधि पसल राख्न कोठा भाडामा दिएको छ । अस्पताल प्रशासनका अनुसार बी एन्ड बी पनि आगामी वर्षेखि भाडामा नया“ दर कायम गर्दैछ । औषधि व्यवसायबाट राम्रो आम्दानी भएकाले महंगो भाडा तिरेर अस्पताल परिसारमा औषधि पसल राख्ने राखेको औषधि व्यवस्था विभागका महानिर्देशक भूपेन्द्र थापाको भनाइ छ । उनी भन्छन्- 'बढी भाडा लियो भनेर कारबाही गर्न सकिन्न के गर्ने -' अस्पतालले मनपरि भाडा असुलेर औषधि पसल सञ्चालन गर्न दिएको आरोप लगाउ“दै निर्देशक थापाले भाडामा एकरूपता ल्याउन औषधिमा दिइने गरेको बोनस घटाउने तथा औषधि बिक्रीमा देखिएको लापरबाहीलाई रोक्ने बताए । विभागका औषधि व्यवस्थापक गजेन्द्र भुजू पनि अस्पताल परिसरमा रहेका औषधि पसलको भाडा अत्यधिक महंगो भएको बताउ“छन् । अस्पताल आफंैले औषधि पसल पनि सञ्चालन गर्नुपर्ने उनको धारणा छ । उनले भने- 'भाडाको नियन्त्रण सरकारले गर्नुपर्छ ।' उनले अस्पतालको भाडामा सञ्चालन गरेको कोठामात्र होइन अस्पताल परिसरका निजी घरधनीले पनि चर्को भाडा लिइरहेको बताए । नेपाल चिकित्सक संघका अध्यक्ष चोपलाल भुसालले अस्पताल प्रशासनले औषधि पसलको भाडा अत्यधिक लिएको आरोप लगाए । उनले भने- 'औषधि पसलेले पसलको भाडा तिर्नैका लागि औषधिमा मनपरी मूल्य लिन सक्छन् ।' अस्पताल परिसरका औषधि पसलमा कम मूल्य पर्ने औषधि महंगोमा खरिद गर्नुपर्ने, मिति सकिए पनि बिक्रीवितरण भइरहनुलाई प्रमुख कारण मान्छन् अध्यक्ष भुसाल । स्वास्थ्य राज्यमन्त्री शशि श्रेष्ठ भने यसबारे आफू अनभिज्ञ भएको बताउ“छिन् । उनले नया“ पत्रिकासित भनिन्- 'कहा“को भाडा कति हुन्छ, त्यसको जानकारी राख्ने हामीले होइन, यो अस्पताल व्यवस्थापन र औषधि पसलेबीचको कुरा हो, दिनेले दिएपछि लिनेले लिन्छ, यसमा वादविवाद गर्नुपर्ने ठाउ“ छैन ।'

No comments: