Friday, November 30, 2007

रिफ्लेक्सोलोजी चिकित्सा - [Reflecsology Therapy]

रिफ्लेक्सोलोजी चिकित्सा

रिफ्लेक्सोलोजि एक्युप्रेसरको एउटा हाँगा हो । सन् १९१३ मा नाक, कान र गला रोग विषेषज्ञ डा. विलियम फिट्जरलेन्डले यो चिकित्सा पद्धतिको सुरुवात गरेका हुन् । त्यसपछि १९३० मा अमेरकिाका चिकित्सक इन्धामले रपिm्लेक्सोलोजीमा दुईवटा पुस्तक लेखे । यो उपचार पद्धतिले हाम्रो शरीरका हरेक अंगको सम्बन्ध पैतालामा जोडिएको हुन्छ भन्ने कुरा मान्छ । शरीरका सबै अंग जस्तै मस्तिष्क, पीठ, गर्धन, पेट, छाती, मुटु आदिको पनि प्रतिनिधि पैतालाले गर्छ । चिकित्सकले आफ्नो औंलाको सहायताले पैतालाको प्रभावित ठाउँमा मालिस गर्छन् । यही दबाबले रोगीको उपचारमा मद्दत पुग्छ । विकसित मुलुकहरूमा तनाव व्यवस्थापनका लागि क्तचभकक च्भमगअभक त्जभचबउथ का रूपमा रपिm्लेक्सोलोजी चिकित्सालाई स्वीकार गरएिको छ । शरीरका सम्पूर्ण अंगहरूलाई पैतालामा भएका निश्चित बिन्दुहरूले प्रतिबिम्बित गर्छन् र ती बिन्दुमा दबाब दिएर अंगहरूमा भएका जीवन शक्तिको असन्तुलन हटाई स्वस्थ हुन सकिन्छ भन्ने सिद्धान्त यो पद्धतिमा छ । उपचारका क्रममा उपचारकले पैतालाका बिन्दुहरूमा थिच्ने क्रममा उपचार लिने व्यक्तिलाई आफ्नो शरीरमा भएका प्रतिक्रियाहरू अनुभव गर्न लगाइन्छ । जसले गर्दा मानिसले आफूलाई भित्रैदेखि हेर्न सिक्छ । यस क्रममा मन एकाग्र गर्ने रोगीले आफैलाई चिन्न सफल हुन्छ । उपचारका बेला उसले एक प्रकारको आनन्दको अनुभूति गर्छ भने तनाव हटाउन आवश्यक रसायनको निष्काशनले शरीरले ताजगी पाउँछ । तनाव व्यवस्थापनमा चिकित्सकहरूले औषधिको साटो शारीरकि व्यायाम एवं ध्यान गर्ने सल्लाह दिन्छन् तर ध्यानमा जानु सजिलो हुँदैन । ध्यानको पहिलो खुड्किलो एकाग्रता हो र रपिm्लेक्सोलोजीले एकाग्र हुन सिकाउँछ । रपिm्लेक्सोलोजी सरल र असररहित चिकित्सा भएकाले जोकोहीले यसको उपभोग गर्न सक्छन् । रोगीले उपचार मात्र गर्नुपर्छ भन्ने गलत मान्यतालाई त्यागेर स्वस्थ मानिसले पनि आफ्नो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वस्थ एवं दीर्घ जीवन पाउन रपिm्लेक्सोलोजी चिकित्सालाई अंगाल्न सक्छन् । यसमा कुनै उपकरण, औषधि अथवा जडीबुटीको आवश्यकता पर्दैन । यो विधिमा शरीरलाई चुस्त राख्ने गजबको क्षमता छ । जब औंलाबाट पैतालामा दबाब दिइन्छ तब शरीरका सबै उर्जा स्रोत खुल्छन् जुन बिमारी हुँदा साधारणतया बन्द भएका हुन्छन् । उपचारका दौरान बिमारीको खानपानमा बढी ध्यान दिनुपर्छ । ऊर्जाको यो स्रोत दूषित वातावरण, बढी भोजन, पेनकिलरको प्रयोग तथा तनावका कारण बन्द हुन्छ । उपचारका बखत बिमारीको खानपानमा बढी ध्यान दिनुपर्छ । आफ्नो भोजनमा नुनको प्रयोग सीमित मात्रामा गर्नुपर्छ । यसले शरीरको सम्पूर्ण भागको उपचार गर्छ । यो चिकित्सा पद्धतिको सबैभन्दा ठूलो विशेषता भन्नु नै अरू कुनै साइड इफेक्ट हुन नदिनु हो । रपिm्लेक्सोलोजीबाट कम्मरको पीडा, स्पान्डिलाइटिस, हड्डीको पीडा, रंिगटा, एलर्जी, दम, माइग्रेन, इन्सोमेनिया, हातखुट्टा सुन्निने, रक्तचाप, थायरायड तथा मानसिक तनाव आदि समस्याबाट मुक्ति पाउन सकिन्छ । यो पद्धतिमा प्रेसरका लागि जति ढिलो सिटिङ चल्छ त्यति नै समय दिनुपर्छ । एक सिटिङ २५ देखि ४० मिनेटको हुन्छ । त्यसो त पहिलो सिटिङमै बिमारीले सकारात्मक परण्िाामको अनुभूति गर्छ । रोग निवारण हुन प्रायः एकसातादेखि दस दिनसम्म लाग्छ । आजको व्यस्त संसारमा रपिm्लेक्सोलोजी निकै उपयोगी साबित हुँदै गएको छ । हिँजोआज काठमाडौंका हेल्थ क्लब, ठूला होटल तथा केही ब्युटिपार्लरमा पनि यो सेवा उपलब्ध छ । यसले रोग हटाउन मद्दत गर्नुका साथै थकान कम गर्छ । महिलाहरू बढी आकषिर्त भएको यो पद्धतिलाई उनीहरूले सौन्दर्य र स्वास्थ्यको कम्बिनेसनका रूपमा लिइरहेका छन् । पि्रदीप महर्जन (रिफ्लेक्सोलोजिस्ट)एभुलोशन एण्ड बडी सोलुशन, झम्सिखेल

No comments: