Friday, November 30, 2007

च्यारिटीका लागि २७ घन्टा सेक्स

च्यारिटीका लागि २७ घन्टा सेक्स

2007-11-30,Friday,
चिली/ देह व्यापारमा संलग्न एक महिलाले आफ्नो २७ घन्टाको सेक्स व्यापार च्यारिटीलाई लिलाम गर्ने घोषणा गरेकी छन् । वाषिर्क चन्दा संकलन अभियानका अवसरमा मारिया क्यारोलाइनाले आफ्नो २७ घन्टे सेक्स व्यापारको रकम च्यारिटीलाई दिने निर्ण्र्ाागरेकी हुन् । क्यारेलाइनाको २७ घन्टे सेक्स लिलामको घोषणापछि उनी रातारात सेल्रि्रेटी बनिन् । उनी समाचारका हेडलाइनका साथै विभिन्न टक सोमा छाउन थालेकी छन् । उनको २७ घन्टे सेक्स लिलामी शुक्रबार बेलुकादेखि सुरु हुनेछ । सेक्स लिलामी गर्ने घोषणा गरेको केही समयभित्र नै उनको एक ग्राहकले चार हजार अमेरिकी डलरमा केही समय खरिद गरिसकेका छन् । चिलीले वयस्क देहव्यापारलाई कानुनी मान्यता दिएको छ । राष्ट्रव्यापी दुइदिने टेलटोन चन्दा संकलनलाई टेलिभिजनका कलाकारले आयोजना गरेका हुन् । चन्दा संकलनबाट उठेको रकम गरिब र अपांग बालबालिकाका हितमा प्रयोग गरिने बताइएको छ । मारिया क्यारोलाइनाको अस्वाभाविक अनुदानका बारेमा चन्दा संकलनका आयोजक मारयो क्रुजबरगरले अनैतिक क्रियाकलापलाई प्रोत्साहन नगर्ने, तर मारियाले दिएको सहयोग भने स्वीकार गर्ने बताए । क्रुजबरगरले भने, 'आफूलाई मन लागेको काम गर्न सबैलाई छुट छ, तर कसैले मलाई अनैतिक काम गर्दैछु भन्यो भने त्यसलाई म प्रोत्साहन गर्दिन“ ।' क्यारोलाइनाले इन्टरनेटमार्फ् आफ्नो रकम संकलन गर्ने प्रक्रियाको बचाउ गरेकी छन्, 'कैयौ मान्छेले मेरोभन्दा निस्त्रिmष्ट तरिकाले पैसा संकलन गर्दैछन् । मैले त केवल आफ्नो रकम संकलन गर्ने तरिकाको खुलेर प्रचार मात्र गरे ।'

No comments: