Friday, November 30, 2007

भिखारीलाई सेक्सको भोक

भिखारीलाई सेक्सको भोक

आखिर धनी होस् या गरीव, बूढो होस् या तन्नेरी, महिला हुन् या पुरुष तिनलाई सेक्सको भोक लाग्यो भने उल्का हुन्छ । जस्तो कि अमेरिकाको हड्सनमा एक भिखारीलाई लाग्यो ।न्यूयोर्कको हड्सन भ्याली शहरमा रहेको भ्याली कटेज चर्च गएको महिना चकित पर्‍यो । के कुरामा भने, उसको टेलिफोनको बिल यति धेरै उठ्यो कि उसले त्यसमाथि अनुसन्धान शुरु नगरी भएन । हुन पनि अहिलेको जमानामा अधिकांश व्यक्तिको हात-हातमा मोबाइल हुने गर्दछ । यस्तो अवस्थामा जाबो चर्चमा भएका सीमित व्यक्तिले गरे पनि दुइ तीन हजारको फोन गर्लान्, तर चर्चकै उठिबास हुने गरी त पक्कै पनि कसैले फोन नगर्लान् । फेरि त्यो फोन र्सवसाधारणलाई गरिएको पनि होइन । न्यूयोर्क शहरका प्रख्यात बेश्याहरुलाई !बेश्याहरुलाई टेलिफोन गरेर आफ्नो सेक्स भोक पूरा गर्ने साधन चाहिँ स्थानीय चर्चको टेलिफोन भएपछि चर्चका अधिकारी र सम्बन्धित व्यक्तिहरुलाई पर्नु पीर पर्‍यो । यस्तो अवस्थामा अब अनुसन्धान नगरी पनि त भएन !अनुसन्धानबाट पत्ता लाग्यो, नजिकैका घरबार विहीन एक भिखारी ३५ वर्षीय जेम्स म्याक्नेरले चर्चको कफलो ठाउँ खोजेर भित्र पसी सेक्स नम्बर डायल गरे । प्रहरीले चाहिँ उनले डायल गरेर चर्चलाई कति रकमको चुना लगाए भनेर बताएको छैन । तर उनलाई पक्राउ गरी जमानत नहुने किसिमले जेल हालेको छ । उनलाई गएको सोमबार पक्राउ गरी बुधबार अदालतमा हाजीर गरिएको छ र अदालतसामू उनले आफ्नो गल्ती स्वीकारेका छन् ।

No comments: