Friday, November 30, 2007

जुम्ल्याहा सन्तानका दुइ पिता !

जुम्ल्याहा सन्तानका दुइ पिता !

आफ्नी श्रीमतीले जन्माएका जुम्ल्याहा सन्तानमध्ये एउटा सन्तान चाहिँ आफ्नो नभएको दाबी गर्दै चीनका एक व्यक्तिले आफ्नी श्रीमतीका विरुद्धमा पारपाचुकेका लागि निवेदन दिएका छन् ।नानजिङ शहरका लिउ युआनले सन्तान जन्मिएको पहिलो दिन नै तिनीहरुको अनुहारको भिन्नताबाट आफूमाथि घात भएको चाल पाएको लोङघु नेटवर्क समाचारले जनाएको छ । "पहिलो सन्तान दोस्रो सन्तानभन्दा निकै ठूलो थियो । पहिलो निकै कमजोर र विरामीजस्तो देखिन्थ्यो", उनले स्पष्टीकरण दिँदै भने । यो कुरा उनले त्यतिबेला पत्तो पाएको दाबी गरेका छन्, जब दोस्रो सन्तान जन्मियो । दोस्रो सन्तानको रक्तसमूह आफू र श्रीमतीसँग मिलेको तर पहिलो सन्तानको रक्तसमूह नमिलेकाले आफूले शंका गर्ने ठाउँ प्रशस्त भएको उनले बताएका छन् । मूलतः एउटा सन्तानको अनुहार पनि आफूसँग मिल्दोजुल्दो रहेका र अर्का सन्तानका नरहेको उनले दाबी गरेका छन् ।त्यसो त बिना प्रमाण आफूले श्रीमतीलाई चरित्रहीनताको आरोप नलगाएको पनि उनले बताइरहेका छन् । उनले भने- "जब मैले ती साना बच्चाहरुको डीएनए परीक्षण गराएँ, दुइमध्ये एउटा चाहिँ मेरै सन्तान भएको प्रमाणित भयो ।"डीएनए परीक्षणपछि चाहिँ उनकी श्रीमतीले यो तथ्यलाई स्वीकारेकी छिन् । उनले बिहेपछि पनि आफ्ना पूर्व प्रेमीसँगको यौन सम्पर्कलाई जारी राखेकी थिइन् ।तर यता यो कुरालाई चाहिँ चिकित्सकहरुले ज्यादै अचम्मको कुरा मानिरहेका छन् । कुनै महिलाको शरीरमा पुरुषको शुक्रकीट ७२ घण्टा मात्र जीवित रहन सक्छ । र, यसरी दुइ भिन्न पुरुषहरुले भिन्न समयमा गरेको यौन सम्पर्कबाट जुम्ल्याहा बच्चा जन्मने त छाँट निकै कम हुन्छ ।

No comments: