Friday, November 30, 2007

नया रक्सीमा पुरानो स्टिकर

नया रक्सीमा पुरानो स्टिकर

2007-11-30,Friday,
काठमाडौं, १३ मंसिर आन्तरिक राजस्व विभागलेे बियर तथा रक्सीजन्य पेय पदार्थमा लगाउ“दै आएको स्टिकर पुरानो फेला परेको छ । श्री ५ को सरकारको लोगो भएका स्टिकर अझै टा“सिएको भेटिएको छ । तर, त्यस्ता रक्सीमा उत्पादनको मिति भने यसै आर्थिक वर्षो भेटिएको छ । सरकारले यसै आर्थिक वर्षेखि चुरोट तथा रक्सीजन्य वस्तुमा अनिवार्य रुपमा स्टिकर टा“स्नुपर्ने निर्ण्र्ाागरेको थियो । उत्पादक कम्पनी आफैंले स्टिकर टा“स्ने मेसिन राख्नुपर्ने व्यवस्था पनि बाध्यात्मक गरिएको थियो । तर, करिब डेढ वर्षघि छापिएका पुराना स्टिकर टा“सिएको रक्सी बजारमा प्रशस्त भेटिएको छ । यसबारे आन्तरिक राजस्व विभागका महानिर्देशक दीप बस्न्यातले पुराना स्टिकर बा“की रहेको कारण त्यस्तो भएको हुनसक्ने बताउ“दै उत्पादनकर्ता यसम दोषी नरहेको दाबी गरे । पुराना स्टिकर टा“सिएकोमा राजस्व उठतीमा कुनै असर नपर्ने बताउ“दै उनले शंका गर्नुपर्ने कुनै कारणसमेत नभएको जिकिर गरे । बिक्रेताले भने केही रक्सीजन्य उत्पादनमा धेरै समयदेखि यस्तै आएको बताए । नया“ पत्रिकाले न्यूरोडका एक व्यापारीस“ग प्रश्न गर्दा आफूहरूले बेच्ने रक्सीमा धेरै समयदेखि यस्ते स्टिकर टा“सिएको भए पनि मिति भने नया“ वर्षो भएको बताए । एकजना ग्राहक हरि खड्काले बिहीबार खरिद गरेको रक्सीमा पुरानो स्टिकर र नया“ मिति भेटिएको छ । सरकारले यस आर्थिक वर्षन्दा अगाडि स्टिकर रक्सीमा मात्रै स्टिकर टा“स्दै आएको थियो । तर यो वर्षेखि चुरोटमा पनि अनिवार्य स्टिकर टा“स्नुपर्ने निर्ण्र्ाागरेको थियो ।

No comments: