Friday, November 30, 2007

गोदावरीको बहार

गोदावरीको बहार


गोदावरी सुन्दर एवं आकर्षक फूल हो । यसको हेरचाह वर्षभर िनै गर्नुपर्छ । विशेष गरी असोज तथा कार्तिक महिनामा यो फूल पूर्णरूपमा फुल्छ । ढकमक्क फुलेको यो फूलले वर्षभरकिो परश्रिम सार्थक बनाएको महसुस हुन्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो । गुलाबपछिको प्रचलित फूल गोदावरी सबैजसो घरमा फुलाउन सकिन्छ । पुष्पविन्यासका लागि यो फूल निकै महत्त्वपूर्ण मानिन्छ । यो फूलको सजावट करबि एक हप्तासम्म ताजा रहन्छ । यसका भिन्न-भिन्न पातलाई सुन्दर फूलदानीमा सजाउँदा घरको शोभा बढ्छ । गोदावरीलाई चाइनिजहरूले औषधिका रूपमा प्रयोग गर्न यसको खेती नै प्रारम्भ गरेका थिए। जापानिजहरूले भने यो औषधिलाई फूलमा रूपान्तरण गरे । ईसाको १७ औं सताब्दीमा युरोपमा व्यावसायिक रूपमा यो फूलको खेती सुरु गरयिो । यसको वैज्ञानिक नाम क्राइसिस एन्थानिस हो । क्राइसिस भन्नाले पहेंलो तथा एन्थानिस भन्नाले फूललाई बुझाउँछ । जापान पढ्न गएका विद्यार्थीले यो फूललाई गोदावरी गाउँमा रोपेपछि यसको नेपाली नाम गोदावरी रहन गयो । चीनमा यसको ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजाति पाइन्छन् । नेपालका ठूला चाड-पर्व दसंै तथा तिहारको हाराहारीमा फुल्ने यो फूलको महत्त्व सामाजिक रूपमा बढेको छ । यसलाई रुचि एवं सजावटका लागि पनि प्रयोग गरन्िछ । यसको बिक्री वैशाखदेखि साउनसम्म हुन्छ । गोदावरीका प्रकार स्पाइडर एल्लो नाइट, क्रिसमस क्रिस्टल, डाइमण्ड जुब्ली हेलो डान्सर हेप्पी टियर्स सर्टन सल्फर, राजा अफ सिक्किम, नाइटिङ्गल आदि ।इनकर्भ कुका सुजन, डिग्निटी, सुपर जाइन्ट, कानारा किगाको डोरीजविन, ग्रेटवो बिस्किट, पार्सल पिंक । पार्सल पिंक लेडी, ब्वाइट क्लाउड, पिंक कलाउड, गार्डेन स्ट्रेट, रबिन हुड, किकुबेरी, कभर गर्ल, महात्मा गान्धी भाइलेन्ट सिल्क ब्रोकेट रपिmेल्क्सन ।मिनियचर अनिमन, एल्लो पिंक यो विशेष गरी एल्लो पर्पल डार्करेडमा पाइन्छ । मिनिएचरलाई चाँडो कटिङ गरी पानी नपर्ने ठाउँमा रोप्नुपर्छ । रोप्ने समय गोदावरी वैशाख तथा जेठमा रोप्नुपर्छ । यसलाई जरा विभाजन गरेर वा काटेर दुई किसिमले रोप्न सकिन्छ । अलग-अलग जातिको किसिम लेखेर अलग-अलग क्यारीलाई घना रुख तल रोप्नुपर्छ । त्यहाँ छाया पनि रहन्छ । यसले बिरुवालाई गर्मीबाट बचाउँछ । क्यारीमा बिरुवा रोप्दा त्यसको माटोको गोडाइ र सफाइ गर्नुपर्छ । त्यसपछि माटोलाई छान्नुपर्छ । क्यारीमा पानीको निकासको राम्रो प्रबन्ध हुनुपर्छ । माटो भिज्ने गरी पानी हाल्नुपर्छ । बिरुवाको प्रवर्धन जरा विभाजनभन्दा कटिङ गर्दा राम्रो परण्िााम आउँछ । करबि दुई हप्तापछि कटिङ गरी रोपिएको भागबाट जरा पलाउन थाल्छ । कटिङ गरेपछि त्यसमा बालुवा लगाइन्छ । तेजिलो चक्कुले सावधानीपूर्वक २ इन्च लामो भाग काटेर कलमी गरन्िछ । कलमीलाई भाँचेर बालुवामा गाडेर समय-समयमा हजारीले पानी हाल्नुपर्छ । कलमीमा नयाँ पात आएपछि यसलाई आवश्यक ठाउँमा सार्नुपर्छ । मल तथा माटो गोदावरी फूललाई मलको मिश्रण तथा पानीको निकास अत्यन्त आवश्यक छ । बिरुवाका लागि सर्वप्रथम मिश्रति दोमट माटोे २ भाग, गोबर मल २ भाग, सडेको पातको मल १ भाग एवं आधा भाग बालुवा मिसाउनुपर्छ । त्यसपछि बिरुवालाई अर्धछाँयामा राख्नुपर्छ जसले घाम र पानीबाट बिरुवालाई बचाउँछ । बिरुवा ६ इन्चको भएपछि त्यसलाई स्थानान्तरण गर्नुपर्छ । गमलामा बिरुवा बढ्न थालेपछि हप्तामा एकपटक गोबर तथा नीमको पात हाल्नुपर्छ । हप्तामा एकपटक एक चम्चा क्याल्सियम नाइट्रेट हाल्दा बिरुवा हलक्क बढ्छ । भदौ महिनामा बिरुवा निकै बलियो हुन्छ । फूल तथा घना गोदावरीलाई माथिबाट २ इन्च काट्नु उपयुक्त हुन्छ । यसो गर्दा हाँगा फैलन पाउँदैन । हाँगा बलियो भए फूल राम्रो तथा स्वस्थ फुल्छ । भदौ महिनामा बाँस काटेर चारैतिर लगाई डोरीले बाँध्नुपर्छ । यसो गर्दा पातको आकार र वृद्धि समान हुन्छ । पात पनि छरनि पाउँदैन अनि कोपिला समान रूपले लाग्न पाउँछ । यसले गमला सुन्दर एवं सुव्यवस्थित देखिन्छ । यदि बिरुवामा हाँगा नमिलेर झाँगिएको छ भने समान रूपमा काट्नुपर्छ । कोपिला पलाउन थालेपछि काट्ने कार्य बन्द गर्नुपर्छ । ठूलो जातको फूलयुक्त बिरुवालाई यसरी काट्दा सानो फूल फुल्छ । यसको बिरुवाको हाँगा र पातको मध्यभागबाट जुन हाँगा पलाउँछ त्यसलाई काट्नुपर्छ । त्यस्तो बिरुवालाई माथिबाट चिमट्नुहुँदैन । यसलाई रंगाइएको बाँसले बेर्दा राम्रो देखिन्छ । केही टिप्स सबै किसिमका गोदावरी रोप्दा सावधानी अपनाउनुपर्छ । जमिनको तल्ल्ाो भागमा अंकुराएको मुनालाई चिमट्नुपर्छ । वषर्ामा गमलालाई इँटामाथि राख्नु उत्तम मानिन्छ । यसलाई माउरी, गोब्रेकीरा तथा साना कीराबाट बचाउनुपर्छ । पातलाई स्वस्थ राख्न समय-समयमा कीटनाशक औषधि छर्नुपर्छ । यसले बिरुवालाई कीराबाट बचाई राम्रो फूल फुल्न सघाउँछ । गोदावरीलाई १० घन्टा उज्यालो तथा १४ घन्टा अँध्यारोमा राख्नुपर्छ । यसको माटो पिएच ६ दशमलव ५ हुनुपर्छ । वषर्ाको पानी डाइरेक्ट नपर्ने ठाउँ भए क्यारीमा यो अझ राम्रोसँग सप्रन्छ । यो फूल अझै पनि सर्वसाधारणसम्म पुग्न सकेको छैन त्यसैले यसको व्यावसायिक खेतीको भविष्य सुनिश्चित छ ।

No comments: