Saturday, December 1, 2007

फुच्चीको कमाल

एउटी १३ वर्षकी फुच्चीले घगडान व्यक्तिहरुलाई एसएमएस गर्ने कुरामा मात खुवाएकी छिन् । अमेरिकामा शनिबार आयोजित एसएमएस प्रतियोगितामा उनले आफूभन्दा ठूला उमेरका ३०० जनालाई उछिनेर २५ हजार डलर पुरस्कार हात पारिन् ।जब कोही घोरिएर टेक्स्ट म्यासेज (एसएमएस) टाइप गरिरहेको हुन्छ, शायद तपाइँ उसको त्यो व्यवहारबाट पक्कै क्रूद्ध भएको हुनुपर्छ । यी १३ वर्षीया मोर्गन पोज्गरका बा-आमालाई पनि उनको नानीदेखि लागेको यो बानी रुचाउँदैन थिए । तर जब उनले न्यूयोर्कमा सबैभन्दा धेरै एसएमएस गर्नसक्ने व्यक्तिलाई पुरस्कृत गर्ने प्रतियोगिता भयो, उनले त्यसमा भाग नलिई रहन सकिनन् । प्रतियोगितामा उनले मोबाइलको सानो प्याडमा समेत बन्दूकका गोलीझैँ हात चलाउँथिन्, सबै वाल्ल परेर हेरिरहन्थे । यो पुरस्कार अन्त्यमा आफ्नै हातमा परेपछि मोर्गन अहिले खुशी छिन् ।त्यसो त उनले यो प्रतियोगिता जित्न उनको विगतले पनि कम सघाएको भने छैन । उनले महिनाको २० अमेरिकी डलरको एउटा यस्तो प्याकेज लिएकी थिइन्, जसमा महिनाभरि 'अनलिमिटेड' टेक्स्ट पठाउन सकिन्थ्यो । उनले आफ्ना साथीभाइहरुलाई हरेक साढे पाँच मिनेटमा एउटा म्यासेट पठाउने गर्दथिन् । त्यति मात्र होइन, यसरी उनले एक महिनामा चार हजार टेक्स्ट पठाएर एसएमएस गर्नेहरुमध्ये सबैभन्दा छिटीका रुपमा गणनामा परिन् । उनले ४२ सेकेण्डमा १५१ शब्द मोबाइलमा टाइप गर्न सक्थिन् । यो प्रतियोगिता जितिसकेपछि उनी अहिले के भन्छिन् त - "हात गलेको छ, यति धेरै पैसा पुरस्कार पनि पाएकी छु । अब धेरै सपिङ गर्छु", मोर्गनले भनिन् ।यो प्रतियोगिता चाहिँ अमेरिकाको मोबाइल उत्पादक संस्था एलजी कम्पनीले आयोजना गरेको थियो । जसले 'भी' र 'इन भी' दुइ अलग मोबाइल बजारमा पठाएको छ । यो प्रतियोगिता चाहिँ यी दुइ मोबाइल सेटको प्रचार प्रसार गर्न आयोजन गरिएको थियो ।

कार किन्दा कण्डम उपहार


थाइल्याण्डमा पछिल्लो समय एचआईभी एड्स पुनः विकराल रुप ग्रहण गर्ने एक अध्ययनले देखाएपछि त्यहाँको एक स्थानीय बैंकले किस्ताबन्दीमा कार किन्नेहरुलाई २० वटा कण्डम उपहारमा दिने घोषणा गरेको छ । सामान्यतया थाइल्याण्डका जनताहरु यौनका मामिलामा लजालु व्यक्तिका रुपमा संसारभर चिनिन्छन् तर छक्कलाग्दो कुरा के छ भने यही देशमा यौन उद्योगबाट संसारकै सबैभन्दा बढी आम्दानी हुने गर्दछ ।थाइल्याण्डकै प्रख्यात बैंक क्यासिकर्नले "आत्मविश्वासका लागि कण्डम"का नाममा देशभरिका आफ्ना ६ सय शाखा-प्रशाखामा किस्ताबन्दीमा कार किन्नेहरुलाई २० वटा 'के' र 'के एक्सिलेन्स' ब्राण्डका कण्डम उपहारमा दिने भएको हो । यो योजना आउँदो नोभेम्बरबाट शुरु गरिने बताइएको छ ।"२० वर्षअघि थाइ सरकारले एड्सविरुद्ध ठूलो सचेतना अभियान शुरु गरेको थियो तर त्यो फ्लप भयो", बैंकका प्रवक्ताले आफ्नो नाम नखुलाउने शर्तमा बताए- "त्यसयता कुनै अभियान परिचालन गरिएको छैन । हाम्रो उद्देश्य चाहिँ भर्खरका नवयुवक र नवयुवतीहरु एड्सबाट बचून् भन्ने हो ।"थाइ स्वास्थ्य मन्त्रालयका अनुसार १५ वर्षो तुलनामा अहिले टीन एजर र होमो सेक्सुअलहरु गम्भीर रुपमा एड्सबाट संक्रमित हुन थालेका छन् । "यसको मुख्य कारण चाहिँ", रोग रोकथाम विभागका थवाट सन्त्राजर्नले रोयर्टसलाई भने- "हाम्रो चरित्र नै हो । हामी थाइ ज्यादै लजालु छौँ र कण्डम किन्न वा माग्नसमेत लजाउँछौँ ।""कुनै पसलबाट महिलाहरुले कण्डम किनेको देख्दा पसलेहरु नै वाल्ल परेर महिलाहरुलाई हेरिरहेका हुन्छन् । यस्तो अवस्थामा कण्डम किन्ने व्यक्ति आफूलाई ज्यादै अप्ठेरो महसूस गर्न पुग्छन्", उनले बताए ।"बैंकको यो योजनाले कारवालाहरुले कण्डम त पाउने भए नै, जसलाई त्यो आवश्यकता छैन, उनीहरुले आफन्त या साथीभाइलाई दिने भए । पसलमा किन्न जानु नपर्ने भएका कारण पनि कण्डम प्रयोग गर्न उनीहरुलाई हिच्किचाहट हुने छैन होला !" हाँस्दै थवाटले बताए ।

विकिपेडियालाई जापानी चेतावनी

एक जापानी सरकारी अधिकारीले जापानी खेलौने रोबोटमाथि विकिपेडियाका लेखकहरुले अनावश्यक हल्ला मच्चाएको भनी शुक्रबार आलोचना गरेका छन् । जापानी कृषि मन्त्रालयले एक सरकारी अधिकारीले जापानी भाषाको विकिपेडियामा लामो समयसम्म टेलिभिजनमा लोकप्रिय रहेको एनिमेटेड टीभी श्रृङ्खला गुन्दमका बारेमा अनावश्यक हल्ला गरिएको जनाएको छ । जापानमा ज्यादै लोकप्रिय यो रोबोटको लोकप्रियतालाई 'ओटाकु संस्कृति' भनी चिनिने गरिएको छ ।कृषि मन्त्रालयले मौखिक रुपमा यस्तो लेख्ने अधिकारीहरुलाई कडा नजर राखिरहेको बताएको छ । त्यहाँ कार्यरत ६ जना कर्मचारीहरुले ४०८ वटा लेखमा सिनेमा, ठूला होर्डिङ बोर्डमा भएका हिज्जे अशुद्धि र स्थानीय राजनीतिक टीकाटिप्पणीका बारेमा लेखेका थिए । सन् २००३ यता त्यस्ता लेख कृषि मन्त्रालयबाट मात्रै लेखिने गरेको पत्ता लागेको थियो ।रोचक के छ भने कृषि मन्त्रालयले त्यहीँका जागीरेहरुले विश्व व्यापार संगठन र त्यस अर्न्तर्गतका स्वतन्त्र व्यापार सहमतिका विषयमा लेखिएका लेखका बारेमा चाहिँ कुनै प्रतिक्रिया जनाएको छैन । पछिल्लो समय विकिपेडियाको जापानी संस्करणमा जापानी सरकारी कर्मचारीहरुमध्ये अधिकांशले लेख लेख्ने गरेको, ती लेखहरुलाई सम्पादन गर्ने गरेको र प्रायः तिनमा स्वतन्त्र विचार भन्दा पनि व्यक्तिगत विचारहरु व्यक्त गर्न थालिएको गाइँगुइँ चल्न थालेपछि कृषि मन्त्रालयले आफ्ना मातहतका कर्मचारीमाथि कडा आलोचना गरेको हो । अहिलेसम्म कति जना कर्मचारीहरुले विकि सम्पादन गर्छन् भन्ने चाहिँ खुलाइएको छैन ।छद्म नामले धेरै समाचारहरु बंग्याइयो भनेर विकिपेडियाले हालै विकिस्क्यानर र्सार्वजनिक गरेको थियो । यो स्क्यानरले कुन कम्प्युटरबाट समाचार सम्पादन गरिए र लेखिए भन्ने कुरा देखाउँदछ । कृषि मन्त्रालयले चाहिँ विकिस्क्यानर यो मुद्दामा संलग्न नरहेको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कुनै पनि सरकारी कर्मचारीहरुलाई विकिपेडिया कार्यालय अवधिमा सम्पादन नगर्न आदेश दिएको छ । अरु त अरु कार्यालय अवधिमा विकिलाई निस्त्रिmय पार्ने पनि मन्त्रालयले बताएको छ ।गएको महिना जापानी शाही चिहानका बारेमा गरिएको आलोचनात्मक लेखलाई राजप्रासाद सचिवालयले आधिकारिक रुपमा विकिपेडियालाई अनुरोध गरी लेखमाथि सम्पादन गरेको थियो ।

श्रीमती भाडामा लैजानुहोस्

शीर्षकले चकित पार्‍यो ? उसो भए अगाडि पनि पढ्नुहोस् । ९,५८४ वटा महिलामध्ये जो सुकैलाई पनि भाडाकी श्रीमती बनाउन सक्नु हुन्छ । रेन्ट अ वाइफ डट बीईका अनुसार तपाइँले चाहेको रुप र स्वभाव आफैँले इन्टरनेटमार्फत् सबैथोक विचार गरिसकेपछि तपाइँले दिएको ठेगानामा भाडाकी श्रीमती आइपुग्ने दाबी यो वेबसाइटको छ । त्यसका लागि के गर्नु पर्छ त ? त्यस्तो खास मिहिनेत छैन । मात्र तपाइँले रुचाएको तश्वीरलाई क्लिक गर्नुहोस् र त्यहाँ भएका सूचनालाई पछ्याउँदै जानुहोस् । र, अन्त्यमा जे सूचना आउँछ- तपाइँको दिमाग नघुमिरहन सक्तैन ।वेबसाइट मात्र किन ? उक्त कम्पनीले टेलिभिजनमा पनि श्रीमती भाडामा पाइने विज्ञापन निकै आकर्षक तरिकाले देखाएको छ । जसमा एउटा केटाले केटीलाई निकै आकर्षक तरिकाले परख मात्र गर्दैन, त्यसलाई पेटीले बाँधबुँध गरेर आकर्षक भाँडोमा 'प्याक' गरी घर लिएर आउँछ । अच्छा, के एउटीले पुगेन ? दुइ, तीन, पाँच, पन्ध्र ?? त्यो पनि ठीक छ । एक साथ तपाइँले थुप्रैलाई मन पराएर घर लैजान सक्नु हुन्छ । यदि तपाईं यसमा रुची राख्नु हुन्छ भने इसबेलाजस्ती बोल्नमा खप्पिस र बौदिक अनि खाना पकाउन रुचि राख्ने केतिदेखि हेर्दैकि आकर्शक इजाबेलासम्मका केटीहरुले तपाईलाई रिझाउन सक्छन् ।यिनले अघाइसकेपछि फेरि अरु साट्न चाहनु हुन्छ ? त्यो सेवा पनि हाजीर छ । यसरी कम्पनीले 'रेन्ट अ वाइफ' भन्दै उत्तेजक विज्ञापन टेलिभिजन र वेबसाइटमा प्रस्तुत गरिसकेपछि स्वाभाविक रुपमा पुरुषहरुले वेबसाइटमा यस्ता श्रीमतीलाई अपनाउन आफूलाई 'साइन इन' पनि गराइरहेका छन् । यो कुरा महिलाका हितमा काम गरिरहेका संस्थालाई कसरी पो पच्न सक्थ्यो ! यस्तो विज्ञापन देखिएपछि त्यहाँ महिला अधिकारका लागि लडिरहेका संस्थाहरुले काम पाउने नै भए ! अहिले यो विज्ञापनका विरुद्ध नाराबाजी र विरोधका श्रृंखला शुरु भइसकेका छन् । तर पर्खनुहोस्, यो साँच्चिकै अर्काकी श्रीमती भाडामा पाइने वा दिइने कम्पनीको विज्ञापन भने होइन । यो त डिभिडिहरु भाडामा हेर्न वा किन्न पाइने वेबसाइट र कम्पनीको प्रचार सामग्री मात्र हो । चलाखीपूर्वक डिभिडि पार्लरका मालिकहरुले शुरु गरेको यो अभियानपछि बेल्जियन इन्स्टिच्यूट फर इक्वल राइटले 'यौनेत्तजक विज्ञापन' भनी उनीहरुविरुद्ध मुद्दा समेत हाल्न भ्याइसकेको छ । उनीहरुको मुख्य विरोध चाहिँ टेलिभिजनमा जसरी यसको विज्ञापन बनाइएको वा बजाइएको छ- त्यसमा तिनको घोर आपत्ति छ । रमाइलो के छ भने ९ हजार पाँच सय चौरासी महिलाले तपाइँको घरैमा डिभिडि हेर्ने यो सुविधा पुर्‍याउने छन् । र, तपाइँले जोमार्फत् ती डिभिडि आफ्नो घरसम्म आइपुगोस् भन्ने चाहनु भएको छ, त्यही महिलामार्फत् नै यी डीभीडी आइपुग्ने छन् । यो सुविधा २४ घण्टाभित्रै उपलब्ध हुनेछ ।एउटा ब्लगसाइटमा मार्टिना लेख्छिन्- "वाह, क्या आइडिया छ विज्ञापन गर्ने शैलीको ! मलाई त खूब मन पर्‍यो किनभने यो यस्तो चुस्त 'भाइरल' (रुघाखोकी फैलाउने शक्तिशाली भाइरस) ले वास्तवमै 'डाइरेक्ट मार्केटिङ' मा निकै असरदायक भूमिका खेल्नेछ । हेर्दा बेतुक लाग्ने तर निकै असरदायक !"तपाइँ पनि बेल्जीयममा भएको बेला यस्ती श्रीमती भाडामा लिने हो कि !
Tip:To browse www.torentawife.be in English,
use Babel Fish Translation - Visit http://babelfish.altavista.com/-
Type www.rentawife.be in the 'traslate a web page' bar- Choose 'Dutch to English' in the language choice

प्रमोसन चाहिए आमाको मुख हेर्नु

स्चीनको एक स्थानीय सरकारले आफ्ना आमाबुवाको राम्रो हेरचाह गर्ने कर्मचारीलाई मात्र जागीरमा प्रमोसन दिने घोषणा गरेको छ । शनिबार प्रकाशित एक समाचारअनुसार चाङयुआनको स्थानीय सरकारले आफ्ना कर्मचारीले आफ्ना आमा-बुवाको राम्रो हेरचाह, तिनलाई सम्मान र व्यवहार गरेका छन् कि छैनन् भनी पाँच सय बढी कर्मचारी, परिवारका सदस्य, साथी तथा संगातिहरुलाई प्रयोग गर्ने भएको छ । साथै तिनले पारिवारिक मूल्य र मान्यता तथा रक्सी पिउने, जुवातास खेल्नेजस्ता लागू छ छैन भन्ने कुरासमेत अध्ययन गर्नेछन् । यी सबै कुरामा सकारात्मक पाइएमा मात्र उसको प्रमोसन हुनेछ, सिन्हृवा समाचार संस्थाले बताएको छ । "एउटा सफल व्यवसायिक जीवनका लागि सरकारी कर्मचारीहरुमा आफ्नो सामाजिक र पारम्परिक मूल्य मान्यता, आफ्ना आमा-बुवाप्रतिको सम्मान, पारिवारिक दायित्वमा गम्भीरता हुनु जरुरी छ", कम्युनिष्ट पार्टीका स्थानीय अध्यक्ष लु सेनले सिन्हृवालाई बताए ।चीनमा प्रौढ व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढिरहेकाले तिनीहरुप्रति दुर्व्यवहार नहोस् भन्नेमा सरकारी अधिकारीहरु चिन्तित छन् । त्यस्तै आधुनिकता सँगै स्थानीय मूल्य र मान्यताप्रति युवापुस्ताको घट्दो अरुचि पनि उनीहरुको जायज चिन्ता थपिएको छ । चीनको आर्थिक वृद्धिसँगै युवापुस्तामा आफ्नो परिवारप्रतिको दायित्वमा कम ध्यान दिन थालेको अध्ययनहरुले देखाइरहेका छन् ।सन् २०५० सम्ममा चीनमा ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरुको संख्या चालीस करोड पुग्ने अनुमान गरिएको छ ।

संसारको सानो किताब




क्यानडाका खोजकर्ताहरुले हालै संसारको सबैभन्दा सानो प्रकाशित किताब फेला पारेको बताएका छन् । एउटा विरुवाका विषयमा लेखिएको यो पुस्तक पढ्नका लागि इलेक्ट्रोन माइक्रोस्कोप चाहिने खोजकर्ताहरुले बताएका छन् । 'टिनी टेड फ्रम टर्निप टाउन' नामक यो पुस्तकको आकार ०.०७X०.१० मिलिमिटर सानो रहेको बताइएको छ । यसमा रहेका अक्षरलाई गेलियमले कुँदिएको छ । गेलियममा रहने क्रिष्टेलिन सिलिकनका कारण अक्षरहरु चम्किने र माइक्रोस्कोप लगाई पढ्न सरल हुने सिमोन फ्रेजर युनिभर्सिटीले बताएको छ ।दुइ मिलिमिटरको एउटा सानो काँटीको टाउको भन्दा पनि सानो आकारको उक्त पुस्तिकाले यसअघिको गिनिज विश्व रेकर्डलाई समेत चुनौति दिएको छ । यसअघि सन् २००१ मा किङ जेम्स बाइबललाई संसारकै सबैभन्दा सानो पुस्तिकामा ढालिएको थियो भने त्यसपछि सन् २००२ मा एन्तोन चेखवको क्यामेलिअनलाई त्योभन्दा सानो पुस्तिका आकारमा प्रकाशन गरिएको थियो । यी दुवै 'नानोबुक' ३० वटा माइक्रो ट्याब्लेटमा बनाइएको थियो ।

सबथोक बिक्रीमा


एक दिन अचानक ४५ वर्षीया लिजा पेरीलाई जिन्दगीबाट विरक्त लागेर आयो । तब यिनले के गरिन् भने आफ्ना सम्पूर्ण चिजबिज इन्टरनेटमा लिलामका लागि राखिदिइन् र जसले ती चिजबिजलाई बढीभन्दा बढी रकम हाल्छ, त्यसलाई जिम्मा लगाएर आफू लामो यात्रामा निस्कने योजना बनाइन् । इबे नामक लिलामी इन्टरनेट साइटमा अहिले लिजाले आफ्नो ३ सयभन्दा बढी सामाग्रीहरु लिलामीका लागि राखेकी छिन् । लिलामीमा उनले हिउँजुत्ता, आफ्नो ओछ्यान र सिरक-डसना, आफूले खिचेका फोटाहरु, सामुद्रिक अवशेष तथा यस्ता थुप्रै सामग्रीहरु- जुन उनलाई निकै प्यारा लाग्थे, ती सबै लिलामीका लागि राखेकी छिन् । त्यसो त उनले आफ्नो प्यारो कुकुर, विरालो, निजी एल्बम र निजी कपडाहरु भने लिलामीका लागि राखेकी छैनन् ।"म अब जिन्दगीको मध्यमा आइपुगेँ, तर यो मेरालागि संकटपूर्ण छैन । बरु म त मध्यजीवनमा एउटा नयाँ रमाइलो अनुभव गरिरहेकी छु । यतिबेला मलाई मैले जे जति भेला पारेँ, त्यो चाहिएको छैन । बरु म नयाँ चिज सिर्जना गर्न चाहन्छु र पुरानाहरु बिर्सन चाहन्छु", लिजाले एएफपीलाई बताइन् ।लिजा पेशाले वकिल हुन् । त्यसअघि उनले मिनेसोटा राज्यमा सञ्चार प्रोफेसरका रुपमा पढाइन् पनि । उनले नर्थ क्यारोलिनामा पुस्तक बिक्रेताका रुपमा पनि आफ्नो जीवन बिताइसकेकी छिन् । यति धेरै ठाउँमा आफ्नो जिन्दगीको आधा समय बिताइसकेपछि उनी अब आफ्नो जिन्दगीलाई अझ अर्थपूर्ण रुपमा बिताउन चाहन्छिन् र त्यसका लागि उनी पुस्तक लेख्ने र योग गर्ने विचारमा छिन् ।गएको आइतबारदेखि उनका सामानको लिलामीमा उति धेरै व्यक्तिले चासो देखाएका त छैनन् तर उनले ती सबै सामानको मूल्य करिब दुइ हजार डलर चाहेकी छिन् । धेरै रकमका कारण शायद चासो कम देखिएको छ । उनले यो मूल्य घटाउनेबारे पनि सोचिरहेकी छिन्, भन्छिन्- "म यी सामान एउटै पनि चाहन्न । त्यसैले यी सबै बिक्री हुन् भन्ने चाहेकी हुँ ।"इबेमा लिलामीको प्रयोग यति सरल र उपयोगी भइरहेको छ कि हरेक साधारण व्यक्तिले आफूले चाहेको चिजबिज खरीद र बिक्री गर्न सक्दछ । यस साइटको आठ करोड ६० लाख त आधिकारिक प्रयोगकर्ता नै छन् । जसमा २७ हजार विभिन्न क्याटगरी छन्, जसअन्तर्गत आफ्नो जेसुकै पनि किनबेच गर्न सक्तछन् । अन्य व्यवसाय चलाउन तपाइँलाई लाखौँ पर्न सक्छ, तर यसको मद्दतले बिना कुनै पैसा तपाइँका सामान खरीद बिक्री हुन सक्तछ । शायद त्यही भएका कारण यसका प्रयोगकर्ता साढे आठ करोड भएका होलान् !

प्यारो कुकुर मरेपछि...


आफूले पालेको प्यारो कुकुर मरेपछि दक्षिण भारतमा बस्ने एक जोडा वृद्ध दम्पत्तिहरुले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ६७ वर्षीय अवकाशप्राप्त सैनिक सी.एन्. मदनराज र उनकी ६३ वर्षीया श्रीमती ताराबाई एक साताअघि अघि हैदराबादस्थित एउटा आवासीय क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले दम्पति सन्तानरहित रहेको बताएको छ भने उनीहरुले पप्पी नाम राखेको १३ वर्षको कुकुरको मृत्युपछि उनीहरुले छिमेकीहरुलाई बोलाएर मृत्यु संस्कार र मृत्यु भोज समेत गराएका थिए । तिनले आफ्नो सुत्ने कोठामा भोजको राति झुण्डिएर आत्महत्या गरेको पाउँदा छिमेकीहरु समेत चकित भएका थिए ।कुकुरको मृत्यु शोकमा आफूहरु झुण्डिन लागेको चिठ्ठी लेखेर आफ्नो ओछ्यान छेउ राखेका थिए । उक्त चिठ्ठीसमेत प्रहरीले फेला पारेको छ ।

रगत ! अब चिन्ता किन ?




डेनमार्कका एक डाक्टरले जुनसुकै रक्त समूहलाई 'ओ'मा परिवर्तन गर्न सकिने प्रविधि पत्ता लगाएका छन् । 'ओ' रक्त समूहलाई युनिभर्सल रक्त समूह मानिन्छ र यो रक्त समूहले अन्य रक्त समूह भएका व्यक्तिलाई रगत दिएर बचाउन पनि सकिन्छ । युनिभर्सिटी अफ कोपनहेगनका अन्वेषकहरुले ब्याक्टेरियामा दुइ अनौठा ग्लाकोसिडेस इन्जाइमहरु फेला पारेका छन्, जसले रक्तकोषमा भएका सुगरका अणुहरुलाई हटाउने गर्दछ । यसले रगत लिने विरामीमाथि हुने इम्युन रिएक्सनलाई उत्तेजित बनाउने गर्दछ । यदि यी इन्जाइमको प्रभावलाई नगण्य पार्ने हो भने कुनै पनि रक्त समूहको रगतलाई 'ओ' बनाएर त्यो रगतलाई मानवमा उपयोग गर्न सकिन्छ । नेचर बायोटेक्नलजीले हालै यो कुरा प्रकाशमा ल्याएको हो ।खोजकर्ताहरुका अनुसार यस्तो रगतलाई भविष्यमा कसरी प्रयोग भन्ने विषयमा अन्वेषण भइरहेको छ । प्रकाशित विवरणअनुसार, ब्याक्टेरियामा हुने इन्जाइमहरुले 'ए', 'बी' रक्त समूहका 'एन्टिजेन्स'लाई हटाउने गर्दछ । एन्टिजेन्स हटाइएपछि बनेको रगतलाई अन्य विरामीलाई प्रयोग गराउँदा त्यसले कुनै किसिमको समस्या पैदा नगराउने बताइएको छ ।अन्वेषणकर्ताहरुले रगतमा पाइने २ हजार पाँच सय ब्याक्टेरिया र फन्जाइमाथि अध्ययन गरिरहेका छन्, जसले रक्तसमूहका एन्टिजिन्सलाई हटाउन मद्दत गर्नु सकून् । त्यसो त यसरी एन्टिजीन्सहरुलाई हटाउने तरिका सन् १९८० को दशकबाट नै कफीको प्रयोगबाट गरिँदै आएको हो । तर यो नयाँ तरिका कफीको बियाँबाट निस्कने 'बी' इन्जाइमभन्दा एक हजार प्रतिशत बढी उपयोगी मानिएको छ । यदि यो प्रयोग सफल भयो भने रगतको ज्यादै आवश्यक परेको बेला तेरो रक्त समूह मिलेन, तैँले रगत दिन मिल्दैन भन्ने जस्ता दुखद् वाक्यहरु सुन्नु पर्ने छैन । नेपालमा रक्त सञ्चार सेवाका ५६ केन्द्रमार्फत् आवश्यक रगत विरामीहरुलाई उपलब्ध गराइने गरेको छ । जसमध्ये २२ वटा केन्द्रहरु नियमित रुपमा सञ्चालित छन् भने १५ वटा केन्द्रहरुले अस्पतालसँग सहकार्य गर्ने गर्दछन् । काठमाडौँस्थित रक्त सञ्चार सेवा (ब्लक बैंक) सँग हरेक दिन एक हजार पिन्ट रगत सङ्कलित हुने गर्दछ । यदि यो प्रविधि नेपालमा पनि भित्रिन सके, अकालमा अनेकको ज्यान जानबाट रोक्न सकिने छ ।

गुगल र एएफपीको झगडा साम्य

गुगलका बारेमा कसलाई थाहा छैन, तर तपाइँलाई थाहा नहुन सक्छ कि गुगलले सर्च इञ्जिनबाहेक गुगलअर्थ, जीमेल, डेस्कटप सर्च, पिकासा फोटो इडिटर, बुक सर्च, फ्रुगल (नेटमा उपलब्ध सामग्रीहरुको मूल्य तुलना गर्ने) जस्ता सुविधाहरु उपलब्ध गराइरहेको छ । गुगलले संसारभर नेटमा उपलब्ध समाचारहरु पनि केही क्षणमै उपलब्ध गराउने गरेको छ । यसले उपलब्ध गराउने गुगल न्यूज हेडलाइन संसारभर प्रख्यात छ । यसले प्रख्यात न्यूज एजेन्सीहरु एपी, एएफएपीलगायत अन्य समाचार संस्थाका खबरहरु खोजेर तपाइँको सामू हाजीर गराउने गरेको छ । तर, नेटमा उपलब्ध सबै समाचारहरु उपलब्ध गराउँदा केही समयअघि फ्रान्सको पेरिसस्थित मुख्य कार्यालय भएको एएफपी (एजेन्सी फ्रान्स प्रेस) ले आफ्नो प्रतिलिपि अधिकार हनन् भएको भनी मुद्दा हालेको थियो । यस्तै एउटा मुद्दामा एपी (अमेरिकाको एसोसिएटेड प्रेस) समाचार संस्थासँग उसले समाधान गरिसकेको थियो ।न्यूयोर्क टाइम्सका अनुसार, गुगलका विरुद्ध प्रतिलिपि अधिकार हनन् भएको उक्त मुद्दालाई अहिले छिनोफानो गरिएको छ । जसअनुसार गुगलले एएफपीले भेला पारेका फोटा तथा समाचारहरु गुगलले खोजेर नेटमा राखिदिने सम्झौता भएको छ । सन् २००५ को मार्च महिनामा गुगलविरुद्ध समाचार संक्षेप, समाचार शीर्षक र अन्य सेवाहरु गुगलले खोजेर राखिदिने विरुद्धमा एएफपीले मुद्दा हालेको थियो । तर यो मुद्दामा उनीहरु कसरी मिले, कति पैसामा मिले भन्ने खुलासा भने गरिएको छैन । यो सम्झौतापछि गुगलले एएफपीले खोजेका समाचारलाई संक्षेपमा राख्न र फोटो देखाउन पाउनेछ । गएको अगस्ट महिनामा यस्तै मुद्दा एपीसँग पनि किनारा लगाइसकेको छ । एपीसँग पनि कस्तो सम्झौता कतिमा गरिएको हो भन्ने पनि खुलाइएको थिएन । एएफपीका स्ट्राटेजिक प्लानिङ एण्ड पार्टनरशीपका निर्देशक एरिक सेररले पत्रकारहरुलाई भने- "अब यस्तै समाधान हामीले एओएल, याहू र एमएसएनसँग पनि मिलाउनु पर्ने भएको छ । गुगलले हाम्रो समाचारलाई नयाँ शैलीमा प्रस्तुत गर्नेछ ।" तर उनले त्यो नयाँ शैली के हुने भन्ने खुलाएनन् ।

अचम्मका पशुपंक्षीहरु

बेलायतको हृयाम्पसायरस्थित एक कृषकको घरमा चार खुट्टे हाँस जन्मिएपछि त्यस ठाउँ वरपरका मानिसका लागि एउटा पर्यटकीय आकर्षणको स्थल बनेको छ । गुमनाम जिन्दगी बिताइरहेको यो हाँसको बारेमा स्थानीय अखबारहरुले छापेपछि एकै पटकमा यो 'स्टार' बनेको छ ।यो हाँस आइटीभीको बिहानी कार्यक्रम 'दिस मोर्निङ'मा देखा परेपछि यो रातारात 'स्टार' हाँस बन्न पुगेको हो । हृयाम्पसायर गजेटका अनुसार चार खुट्टे यो हाँसका मालिक निकी जानावे यही हाँसका कारण मालामाल भएकी छन् । रमाइलो के छ भने माथि उम्रिएको यसको खुट्टाले राम्रोसँग पौडी खेल्न सक्छ । निकीका अनुसार पहिले उसले उम्रिएका खुट्टाबाट पौडिने गरेको थिएन । उसको प्रगति कतिसम्म छ भने नयाँ खुट्टाको कमाल देखाउँदै नयाँ पोथी एलिस पनि खोजिसकेको छ । दुवै सँगै पौडिन रमाइलो त मान्छन् तर चार खुट्टाको कमालले उसको पौडी यति चाँडो हुन्छ कि एलिस पछाडि छुटिसकेकी हुन्छे । त्यस्तै एउटा अर्को समाचारका अनुसार अष्ट्रेलियाकी एउटी राजहाँस प्लाष्टिकले बनेको कृत्रिम स्वेत राजहाँसको प्रेममा फँसेकी छ । पूरा जाडोयाम भरि उसले प्लाष्टिकको हाँसनजिक बिताएको थाहा पाएपछि स्थानीय चिडियाघरका कर्मचारीहरुले अचम्म मानेका थिए । पेट्रा नामकी उक्त राजहाँस पेडलिङमार्फत् चल्ने राजहाँस आकारको मेसिनसँग प्रेममा फँसेकी हो । जाडो याममा सामान्यतया राजहाँसहरु दक्षिणी भेगमा बसाइँ सर्ने गरे पनि पेट्राले यस पटकको जाडो यहीँ मनाएकी थिई र कृत्रिम हाँसबाहेक अन्यत्र कतै नगएकी कर्मचारीहरुले बताए ।"पेट्राले आफ्नो प्लास्टिकको प्रेमीलाई निर्मिमेष हेरिरहने, त्यसको वरिपरि चक्कर लगाइरहने, मधुर आवाज निकालेर गीत गाउने, आदि व्यवहारका कारण ऊ पक्कै नक्कली राजहाँसको प्रेममा फँसी भन्ने थाहा हुन्छ", जर्मनीको उत्तर-पश्चिमस्थित म्युनस्टरका एक जीव वैज्ञानिकले बताए ।यति राम्रो प्लास्टिकको राजहाँसलाई अरुले भाडामा पिकनिक मनाउन लैजाने नै भए । त्यस्तो बेलामा ऊ स्वयम् पनि पिकनिक जाने गर्दछे आफ्नो प्रेमीलाई पछ्याउँदै । यस्तै अर्को एक खबरअनुसार तीन वटा पाटे बाघका सन्तानलाई एउटी सुँगुर्नीले आफ्नो छोराछोरी बनाउन स्वीकार गरेकी छे । भर्खरै पाँच वटा सन्तानलाई जन्माएकी त्यो सुँगुर्नीले बाघका सन्तानलाई अपनाएपछि सुँगुरका छाउरा र बाघका छाउरा सँगै दूध पिउने र एकअर्कासँग खेल्ने गरेका छन् । यो घटनालाई चीनस्थित झाङजाङ सफारी पार्कका कर्मचारीहरुले ज्यादै आश्चर्यको घटनाका रुपमा लिइरहेका छन् ।रोचक के छ भने चीनमा अहिले सुँगुर वर्ष छ र यसरी सुँगुर्नीले आफूले नजन्माएका सन्तानलाई अपनाएर तिनलाई खुवाइपियाईमा ध्यान दिनु शुभसंकेतका रुपमा लिएका छन्

बच्चाहरु यौनमा लिप्त !


संसारमा बदमास केटाकेटीको पनि कमी छैन । अमेरिकाको लुजियाना, न्यू ओर्लिन्सस्थित एउटा स्कूलका पाँच कक्षामा पढ्ने बालबालिकाहरुले उधुम मच्चाए । एपी समाचार संस्थाका अनुसार पाँच कक्षाका ११ देखि १३ वर्षउमेरका चार जना यी स्कूले केटाकेटीहरुले कक्षा कोठाभित्रै आफ्ना गुरुबा-गुरुआमा नभएको मौका छोपी यौन क्रियाकलाप गरेका छन् । त्यो पनि अन्य छात्रछात्राहरुलाई खुला पर््रदर्शन गराउँदै ।यो घटना एक कान दुइ कान मैदान भएपछि गएको मंगलबार तिनीहरुलाई प्रहरीले पक्राउ गरेको छ र स्कूलभित्र अश्लील क्रियाकलाप गरेको आरोप लगाइएको छ । यो एउटा गम्भीर अपराध भएको प्रहरीको दाबी छ । गएको २७ मार्चमा यो घटना भए पनि स्कूलले ती 'फटाहा' विद्यार्थीहरुलाई प्रहरीको जिम्मा लगाइदिएको छ । प्रहरी अधिकृत बब बकलीले भने- "गएको ४४ वर्षो दौरानमा मैले यस्तो खबर न त सुनेको थिएँ, न त देखेको नै ! तर यो घटनाले त बदमासीको हद नै पार गरिदियो ।"१५ मिनेटका लागि खाली भएको यो कक्षामा ती बदमासहरुले यो क्रियाकलाप गर्न भ्याएको स्कूलका प्रशासनिक अधिकारीले बताएका छन् । "जब कक्षामा कोही पनि शिक्षक शिक्षिका थिएनन्, तब कक्षा कोठाभित्र चार जना केटा र केटीहरुले यौनिक क्रियाकलाप शुरु गरिहाले", उनले थपे । यो घटनालाई पत्ता लगाउन अधिकारीहरुलाई एक दिन पूरै लाग्यो । कस्तो भयो भने, त्यही कक्षामा पढ्ने एउटा विद्यार्थीले आफूभन्दा माथ्लो कक्षाको एउटा विद्यार्थीलाई सुनायो र त्यो विद्यार्थीले शिक्षकलाई । शिक्षकले यो घटनालाई स्कूल प्रशासनलाई भनेपछि मात्र गएको बिहीबार अनुसन्धान शुरु भएको थियो । यो घटना चारैतिर फिँजिएपछि भने स्कूलका पदाधिकारीले यसबारे थप जानकारी दिएका छैनन् । घटनामा लिप्त भएका विद्यार्थीहरुलाई पक्राउ गरिएपछि तिनका अभिभावकको जिम्मामा छोडिएको छ । बकलीले भने- "जुन पेनाल्टी -जरिवाना तिर्नुपर्छ, त्यो चाहिँ तिनले जिन्दगीभर याद राख्नेछन् ।"

यौनोत्तेजक फर्निचरहरु



















एक डच सिकर्मीले आफूले बनाएका यौन उत्तेजक फर्निचरहरुको जर्मनीको एक उच्च कला ग्यालेरीमा प्रदर्शन शुरुवात गरेका छन् । मारियो फिलिप्पोना नामक यी सिकर्मीले विभिन्न शैलीका काठले निर्माण गरिने दराज, वार्डरब तथा टेबुलहरुलाई महिलाको शरीरजस्तै बनाएका छन् । महिलाको नग्न शरीर उनको सिर्जनाको सबैभन्दा उर्वर प्रेरणा भएकाले उनले आफूले बनाएका फर्निचरहरु महिलाको शरीरजस्तो भएको उनले बताएका छन् । "उनले महिलाहरुको स्तनजत्रै आकारको काठको 'टिट्टी-फ्रुटी' पनि बनाएका छन् । एनानोभा समाचार एजेन्सीका अनुसार यसलाई हेर्नेहरुको घुइँचो लागेको थियो । त्यसो त उनले रक्सी पिउने गिलास, टेबुल, टेबुलका खुट्टा, ओछ्यान नजिकैको घर्रा पनि महिलाहरुको विभिन्न अङ्गलाई आधार मानेर बनाइएका छन् । प्रदर्शनीको शुरुवातसँगै फिलिप्पोनाले भने- "महिलाहरुको 'आकार', जिउडाल र त्यसमा भएको 'अर्गानिक आर्किटेक्चर'ले मलाई यस्ता कला बनाउन प्रेरित गर्‍यो ।" उनका डिजाइनहरु हेरेर इन्टरनेटमार्फत् पनि किन्न पाइने उनले बताएका छन् ।उनले आफ्नो सामान बिक्री गर्ने वेबसाइटमा भनेका छन्- विगत धेरै वर्षअघिदेखि मैले काठका अनेक सामाग्रीहरु बनाएँ । तर तिनमा नयाँपन केही देखिनँ । नयाँपन ल्याउनका लागि मलाई नारीको आकर्षक रुप, आकार र तिनको न्यानोपनाले मलाई प्रेरित गरेको छ ।कसैले यसलाई उत्तेजक ठान्लान्, कसैले छाडापन ठान्लान्, नेपाली कला पारखीले चाहिँ यसलाई के भन्ने हुन् कुन्नी ?

पैसाले पाइने आमा-बुवा !

पैसाले के किन्न पाइन्न ? सामान्यतया तपाइँले भन्नुहोला, आमा-बाबु । तर पोल्याण्डकी एक महिलाले आफ्ना दुइ सन्तान हजुरबुवा-हजुरआमा बिना हुर्किरहेको पीरले इन्टरनेटमार्फत् तिनका लागि हजुरबा-हजुरआमाको आवेदन आहृवान गरेकी छिन् । रोचक त के छ भने त्यसको बदलामा उनले इमेलमार्फत् आफूलाई तिनको हजुरबा-हजुरआमा बनाउन हजारौँ आवेदन उनीकहाँ परेको छ ।उनीकहाँ आएका अधिकांश बुढाबा र आमाहरु एकल जीवन बिताइरहेका नै छन् । हालैका केही वर्षयता युरोपियन युनियनले आफ्नो सदस्य संख्या बढाएपछि पोल्याण्डसमेत सदस्य राष्ट्र हुन पुगेको छ र अधिकांश पोलिस युवायुवतीहरु स-परिवार उच्च जीवनस्तरको खोजीमा बेलायत बसाइँ सर्ने गरेका छन् । काम गर्ने हुति भएका युवाहरुले आफ्ना बा-आमालाई बिचल्ली पार्दै बसाइँ सरेपछि अहिले पोल्याण्डमा एकल जीवन बिताइरहेका हजुरबा-हजुरआमाको संख्या बढेको छ ।पछिल्लो पुस्ताका बालबालिकाहरु हजुरबा-आमा बिना हुर्किरहेकोमा त्यहाँ राष्ट्रिय चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा अगाथा जेमिरेसले आफ्ना सन्तान हजुरबा-आमा बिना नहुर्किऊन् भनेर शुरु गरेको अभियानलाई राम्रो प्रतिक्रिया आएको हो । पोल्याण्डको बियालिस्टोक निवासी अगाथाले आफ्ना आमा-बुवा गुमाएपछि आफ्ना सन्तानहरु बिना हजुरबा-हजुरआमा हुर्किने भए, तिनलाई रोचक लोककथा सुनाउने व्यक्तिको अभाव भयो भन्ने सोचेर आमा-बुवालाई भाडामा ल्याउने भएकी हुन्, उनले भनिन्- "म मेरा सन्तान हजुरबुवा र हजुरआमारहित हुर्किएको देख्न चाहन्नँ । त्यसैले मैले यो उपाय झिकेकी हुँ ।"तर उनले आशा गरेभन्दा बढी प्रतिक्रिया आएपछि उनी छक्क परेकी छिन् । उनले आफ्नो विज्ञापनमा लेखेकी थिइन्- "हामी एउटी हजुरआमालाई अपनाउन चाहन्छौँ, जसलाई हामी छुट्टि मनाउन, घुम्न, रमाइलो गर्न र किनमेल गर्न सघाउन सकोस् । यो पैसासँग सम्बन्धित छँदैछैन, बरु प्रेम र मायासँग सम्बन्धित छ ।"हजारौँ बूढा बा आमाले प्रतिक्रिया पठाएपछि अगाथाले एनानोभा समाचार एजेन्सीलाई भनिन्- "मलाई थाहा छ, मसँग धेरैलाई माया गर्न सक्ने ठूलो मन छ । तर पोल्याण्डभरिका यति धेरै बूढा बा-आमालाई सम्हाल्न सकूँलीजस्तो चाहिँ लागेको छैन । त्यसैले म अहिलेलाई एउटी हजुरआमा मात्र चाहन्छु मेरा दुइ छोरीका लागि !"

डट XXX





प्रस्ताव अस्वीकृत भएपछि खिन्न मुद्रामा


आइसीएम रेजिष्ट्रीका अध्यक्ष स्टुआर्ट ललीयौनप्रधान सामग्रीका लागि एउटा बेग्लै डोमेन नामको प्रस्ताव राख्दै गरिएको निवेदनलाई इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एण्ड नम्बर्स (आइक्यान)ले अस्वीकृत गरेको छ । करिब सात वर्षअघि पेश गरिएको यो निवेदनमाथि धेरैअघिदेखि छलफल चलाइँदै आए पनि पाँचका विरुद्ध नौ मतद्वारा पराजित भएपछि यौनजन्य वेबसाइटको पछिल्तिर जोडिने डटएक्सएक्सएक्स (.xxx) को सम्भावना समाप्त भएको हो ।तीन दिनअघि भएको यो निर्णय आइसीएम रजिष्ट्रीका अध्यक्ष स्टुआर्ट ललीको गम्भीर असहमति थियो- "बोर्डको यो निर्णय बाट हामी ज्यादै दुःखी भएका छौँ । बोर्डको यो निर्णयले यौनप्रधान सामग्री पस्किने वेबसाइटलाई नियमन गरिने कुरामा बिल्कूलै बेवास्ता गरिएको छ ।".xxx को शुरुवातपछि बेपत्तासँग खुलेका यौन मनोरञ्जनका इन्टरनेट पसललाई नियमन गर्न सजिलो हुने यसका पक्षधरहरुको विश्वास थियो । यसले इन्टरनेटमा हुने बाल यौन दुराचार र अन्य वयस्क सामग्रीलाई अरुसँग घुलमिल हुनबाट रोकिन सक्ने उनीहरुको धारणा थियो । उमेर नपुगेकाहरुलाई यस्ता ठाउँमा घुस्नबाट यो डोमेनले निकै नै सघाउ पुग्ने थियो, तर आइक्यानले यस्तो अवसरलाई ध्यान नदिएकोमा उनीहरुको गम्भीर आपत्ति थियो ।त्यसो त यति गम्भीर विषयलाई हचुवाको भरमा निर्णय गरिनु हुन्न भन्ने कुरा आइक्यानका प्रमुख कार्यकारी पल ट्वोमीलाई राम्रैसँग थाहा थियो । त्यसैले यस्ता विषयमा इन्टरनेटका ज्ञाताहरुलाई ब्लगमा भरमार छलफलसमेत गराइएको थियो । जुन छलफलमा त्यो डोमेन प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा गम्भीर मतभेद र स्पष्ट ध्रुवीकरण देखिएको थियो ।यो प्रस्तावको विरुद्धमा यौनसम्बन्धित मनोरञ्जन उद्योग र धार्मिक संघसंस्थाहरु खुलेर लागेका थिए । अझ यौन मनोरञ्जनका केही विज्ञहरुले त यदि त्यस्तो गरिएमा अन्य वेबसाइट र यौन वेबसाइटबीच फरक हुने र यौनप्रधान साइटहरु एक्लिने डर व्यक्त गरेका थिए । एक्लिएका यस्ता साइटमाथि सरकारले सीधै आक्रमण गर्न सक्ने भयसमेत उनीहरुको थियो । यता केही धार्मिक समूहले चाहिँ यौनप्रधान बेग्लै डोमेनले छाडापनलाई अझ बढावा दिने भन्दै घोर आपत्ति व्यक्त गरिरहेका थिए । अनि अरुको धारणामा चाहिँ यदि डटएक्सएक्सएक्स लागू भएमा आइसीएम रजिष्ट्री मालामाल हुने भविष्यवाणी गरिरहेका थिए किनभने यदि त्यसो भएमा यौनप्रधान हरेक वेबसाइटले आफ्नो पूर्व वेबसाइटको सट्टामा डटएक्सएक्सएक्समा दर्ता गर्नुपर्नेछ र हरेक नामबापत् आइसीएम रजिष्ट्रीलाई कम्तीमा पाँच सय डलर तिर्नुपर्नेछ । लाखौँका संख्यामा रहेका यस्ता वेबसाइटबाट हुने आम्दानीका लागि आइसीएम मालामाल हुने अनुमान पनि गरिएको थियो ।तर यौनसामग्री सम्बन्धी वेबसाइटका लागि डटएक्सएक्सएक्स प्रस्ताव गर्ने र त्यसलाई सहयोग गर्नेहरु भने आइक्यानजस्तो संस्थाले सेवामा ध्यान दिनु पर्ने तर कसैले पस्किने सामग्रीकै आधारमा पाखा लगाउनु नहुने तर्क अघि सारिरहेका छन् । "यसलाई अस्वीकृत गर्नु कमजोरी, लाछिपन र नियमविपरीत छ", बोर्डका एक सदस्य सुसान क्रफोर्डले भनिन्- "यस्ता कुरामा राजनीति घुस्नु हुँदैन ।"

करोडपति मालिक्नीको लखपति कुकुर


एउटी ८७ वर्षीया करोडपति मालिक्नीले आफ्नो प्यारो कुकुरका नाममा सम्पूर्ण सम्पत्ति छाडेर गएपछि तिनका आफन्तहरु जिल्लिएका छन् । अमेरिकी नागरिक लिओना हेल्मस्लेले आफ्नो सम्पत्तिको इच्छापत्र उनको प्यारो कुकुरको नाममा गरिदिएकी छिन् । कुकुरको नाममा छाडिएको रकम ६० लाख पाउण् रुपियाँ रहेको छ । रोचक कुरा के छ भने तिनले केही आफन्तको नाममा एक सुका पनि नछाडिकन स्वर्गको बाटो तताएकी छिन् । लखपति बनेकी कुकुर्नी त्यसै पनि पहिलेदेखि नै मात्तिएकी उसका नोकरहरुले द सन पत्रिकालाई बताएका छन् । "कचौरामा केही दियो भने खाँदैन, उसलाई हातैले खुवाउनु पर्छ", दिक्दार एक नोकरले पत्रिकालाई बताए । सन् २००० मा एउटा कर्मचारीले ट्रबल नामक यो कुकुरलाई खाना ल्याइदिँदा ट्रबलले टोकिदिएपछि यी बूढी आमैले तिनलाई जागीरबाट निकाला गरिदिएकी थिइन् । स्पष्टीकरण दिँदै उनले भनेकी थिइन्- "शायद मेरो ट्रबलले तिमीलाई मन पराउँदैन होला, त्यसैले तिमीले यसको सेवा गर्नु बेकार छ ।"यी आमैले आफ्नो इच्छापत्रमा लेखेकी छिन्- "जब मेरी प्यारी कुकुर्नी ट्रबल मर्छे, यसलाई पनि मसँगै गाडिदिनू ।"२० करोडदेखि लगभग ४० करोड पाउण्डकी धनी यी महिलाले आफ्ना दुइ नातिनातिनालाई एक सुका पनि छुट्याएकी छैनन् । उनले कारण भनेकी छिन्- 'यो कारण त उनीहरुलाई नै राम्रोसँग थाहा छ ।'अर्को रोचक कुरा त यो इच्छापत्रमा के छ भने, आफ्ना दुइ नातिहरुलाई छाडिएको २ करोड पाउण्डमा पनि एउटा तगारो लगाइएको छ । यदि यी दुइ नातिहरुले हरेक वर्ष आफ्ना पिताहरु गाडिएको ठाउँमा गएर तिनलाई सम्झेनन् भने हरेक पटकमा यो पैसा घट्ने छ ।

अनौठो बिहे


२७ उमेरका जियाङ देजाङ र २६ पुगेकी ती गुङ्जु दुवै झ्याल पुछ्ने काम गर्छन् । दुवैको आँखा चार भएर मन परापर भएको पनि यही झ्याल पुछ्ने क्रममा हो । त जियाङ र तीले के गरे भने आफ्नो प्रेमलाई अमर बनाउन आफूले झ्याल पुछ्ने गरेको अग्लो ठाउँलाई नै रोजेर बिहेको औँठी साटासाट गरे । ती दुवैले काठको बोर्डमा एकअर्कालाई सम्मुख पारेर सँगै जिउने र सँगै मर्ने कसम खाए । "हाम्रो बिहे कस्तो रह्यो भने यो निकै रोमाञ्चक, प्रेमपूर्ण र दैनिक कार्यझैँ थियो । किनभने हामी हरेक दिन यति माथि झ्याल पुछ्न आइरहेकै हुन्थ्यौँ, मीठा गफ गरिरहेकै हुन्थ्यौँ । त्यसैले यो बिहे रोमाञ्चक तर दैनिक रुटिनजस्तो पनि रह्यो", बेहुला जियाङले युनान दैनिकलाई बताए ।तिनले हावामा औँठी साटासाट गरेको दृश्य हेर्न शहरभरिका धेरै मान्छेहरु जम्मा भएका थिए । तिनले औँठी साटिसकेपछि हावामै अंगालो मारे र एकअर्कालाई चुम्बन गरे । अनि तल जम्मा भएका व्यक्तिहरुले तिनको विवाहमा थपडी बजाएर स्वीकृति प्रदान गरे । उनीहरुको प्रेम र विवाहलाई यादगार बनाउन उनीहरुका साथीहरुले तलबाट 'हाई अल्टिच्यूड लब'को ब्यानर देखाएका थिए ।

मृत्युपछि पनि जागीर र प्रमोशन


भारतको मणिपुर राज्यको विद्युत विभागमा काम गर्ने एल. निङथेमजाओले सन् २००१ मा जागीरबाट अनिवार्य अवकाश पाए । अवकाशपछि पाइने रकम पनि कार्यालयीय नियमअनुसार समय-समयमै उनको नामबाट गई नै रहन्थ्यो । तर २००१ मा अवकाश पाउनुअघि नै ती कर्मचारीको मृत्यु भइसकेको र उनले पाउनुपर्ने जागीरको पैसा मृत्यु हुने कर्मचारीका घरका व्यक्तिले नपाएको कुरा प्रकाशमा आएको छ ।हिन्दुस्तान टाइम्सले बिहीबारको अङ्कमा छापेको समाचार अनुसार अहिले जागीरे निङथेमजाओका परिवारका व्यक्तिले लामो समयपछि आफ्नो श्रीमानले पाउनुपर्ने रकम नपाएको भनी विद्युत विभाग र राज्य सरकारको सञ्चार मन्त्रालयमा सूचनाको हकसम्बन्धी मुद्दा दायर गरेपछि यो समाचार प्रकाशमा आएको हो ।निङथेमजाओका छोरा ऋषिकान्त र श्रीमती तोम्बीले गएको महिना आफ्नो पिता र श्रीमानले पाउनुपर्ने रकम लामो समयदेखि नपाएको र त्यो रकममा आफ्नो हक हुने बताउँदै मुद्दा दायर गरेका हुन् । थोउबल जिल्लाको कियाम सिर्फइ गाउँका निङथेमजाओको सन् १९८५ जुन २१ मा साधारण विरामीका कारण मृत्यु भएको थियो । उनको जागीर अवधि त्यसबेला १४ वर्षपुगिसकेको थियो । उनको छोरा ज्यादै सानो र श्रीमती पढेनलेखेको हुनाले परिवारलाई मृत्युपछि हुने फाइदा थाहा हुन सकेको थिएन । त्यतिबेला मजदूरहरुको संगठनले सानोतिनो सरसहयोग गरेका थिए । कार्यालयबाट पाएको रकम भनेको उनीहरुले त्यत्ति मात्र थियो । ऋषिकान्तले भने- "सन् २००४ मा हामीले बुवाको पेन्सनका बारेमा बुझ्न निवेदन दिएका थियौँ । गएको जुलाई ७ मा बल्ल राज्य सरकारको सूचना विभागले उनीहरुलाई उनीहरुलाई सूचित गर्‍यो कि ऋषिकान्तका पिता अझै जिउँदै छन् र तिनले मज्जाले जागीर खाए । त्यति मात्र होइन, उनी अहिले सेवा निवृत्त भइसकेका छन् । यो सुनेपछि तिनीहरु चकित परे ।यो सूचनापछि मात्र आफ्नो बुवाको रकम अरुले नै चप्काइसकेको थाहा पाएका थिए । कतिसम्म भने सन् १९९८ को १६ जनवरीमा उनको प्रमोशन समेत भएको थियो । जबकि उनको मृत्यु भएको त्यसबेला १३ वर्ष भइसकेको थियो । त्यस्तै उनको मृत्युको १६ वर्षपछि अगष्ट ३१, सन् २००१ मा उनले अनिवार्य अवकाश पाएका थिए । यता विद्युत विभागका कुनै पनि कर्मचारीले यस घटनाका सम्बन्धमा प्रतिक्रिया जनाउन मानेनन् । सेवा निवृत्त हुँदा उनको तलब तीन हजार रुपियाँ प्रति महिना रहेको कार्यालयले जनाएको छ । यता यत्रो वर्षदेखि एक सुका पनि नपाएको झोँकमा ऋषिकान्तले विभागलाई अर्को मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।

२ करोड कण्डम फिर्ता



दक्षिण अप्रिmकाको स्वास्थ्य विभागले मंगलबार २ करोड वटा कण्डमलाई उपयोग गर्न लायक नभएको भनी फिर्ता मगाएको छ । कण्डम उत्पादकले सरकारीहरुलाई घुस खुवाएर उक्त खराब कण्डम वितरणका लागि स्वीकृति दिएको खुलेपछि स्वाथ्य विभागले ती कण्डम फिर्ता मागेको हो ।
दक्षिण अप्रिmकामा असुरक्षित यौन ज्यादै खतरनाक मानिन्छ । संसारकै सबैभन्दा बढी एचआईभी एड्सबाट पीडित रहेका दक्षिण अप्रिmकामा ४ करोड ७० लाखलाई एड्स भाइरस रहेको अनुमान छ ।
एड्सको फैलावटबाट जोगाउन सरकारले कण्डमलाई सित्तैमा बाँड्ने योजना बनेकै बेला गुणस्तरहीन कण्डमको वितरणको कुरा र्सार्वजनिक भएपछि सरकारले रातो मुख पार्नु परेको बताइन्छ ।
"साउथ अप्रिmकन ब्युरो अफ स्ट्यार्ण्र्डडका एक अधिकारीको सनकका कारण लाखौँ व्यक्तिहरुलाई संकटमा पार्ने प्रयास गरिएको थियो । ती कण्डममा न कुनै जाँच गरिएको थियो न त त्यो सुरक्षित छ भन्ने नै अरुलाई विश्वस्त तुल्याइएको थियो", स्वास्थ्य विभागका प्रवक्ता सिबानी नगडीले रोयर्टसलाई बताए ।
पठाइएका कण्डममध्ये ७० लाख कण्डमहरु म्ाात्र शंकाको घेरामा रहेका भए पनि विभागले बाँढिसकिएका २ करोड नै फिर्ता माग्नु उचित रहेको ठम्याउँदै फिर्ता मागिएको हो । घुस ख्वाइएका दर्ुइ अधिकारीलाई मुद्दा हालिएको र ती धरौटीमा रिहा भएको बताइएको छ । तिनलाई भ्रष्टाचार र धोकाको आरोप लगाइएको छ ।
दक्षिण अप्रिmकी सरकारले अल्ट्रामोर, र्‍याण्डी र्‍याट र पोजिसन्स नामक तीन कण्डमलाई प्रयोगका लागि असुरक्षित घोषित गर्दै तिनमा पर्याप्त लचकता, बलियोपना र चिल्लोपन नरहेको जानकारी जनतालाई गराएको छ ।
तर यी कण्डमका उत्पादक तत्काल प्रतिक्रियाका लागि उपलब्ध हुन सकेनन् ।

पूर्व श्रीमानको लिङ्गमा आगो सल्काउँदा


रुसकी एक महिलाले आफ्ना पूर्व पतिको लिङ्गमा आगो लगाइदिएकी छिन् । ती पूर्व पतिले नाङ्गै टेलिभिजन हेरेर भोड्का खाएको रिसमा ती महिलाले उनको लिङ्गमा आगो लगाइदिएको रोयर्टसले जनाएको छ ।ती पुरुषको लिङ्गमा सल्काइएको आगोका कारण उनको यौनजीवनमा केही फरक पार्छ कि भन्ने रोयर्टसको जिज्ञासामा चिकित्सकहरुले यसै भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।तीन वर्षअघि नै यी दुवैको पारपाचुके भइसकेको भए पनि सानो फ्ल्याटमा यी दुवैले आफ्नो जीवन व्यतित गर्दै आइरहेका थिए । रुसमा घर या फ्ल्याट लिनु निकै महङ्गो भएका कारण महिला तथा पुरुषबीच फ्ल्याट साटासाट गर्नु नौलो कुरा मानिदैन । तीन वर्षको फ्ल्याट साटासाटको क्रममा निकै नै तँ तँ र म म भइसक्दा पनि उनीहरु छुट्टिएर जान सकेका थिएनन् । केही व्यक्तिहरुले ती पुरुष यौन असन्तुष्टीका कारण आफ्नी पूर्वपत्नीलाई यौनिक रुपमा भड्काउन चाहन्थे भनी बताएका छन् । तर त्यसलाई पूर्व पतिले अस्वीकार गरे । "ओहो, त्यो दुखाईको त कुरै नगर्नुस्" स्थानीय भोई देन पत्रिकालाई प्रतिक्रिया दिँदै लिङ्ग जलाइएका व्यक्तिले भने- "म नाङ्गो त थिएँ, अरु त्यस्तो उनलाई के गरेँ र यो उपहार पाएँ, हँ ?"