Saturday, December 1, 2007

पूर्व श्रीमानको लिङ्गमा आगो सल्काउँदा


रुसकी एक महिलाले आफ्ना पूर्व पतिको लिङ्गमा आगो लगाइदिएकी छिन् । ती पूर्व पतिले नाङ्गै टेलिभिजन हेरेर भोड्का खाएको रिसमा ती महिलाले उनको लिङ्गमा आगो लगाइदिएको रोयर्टसले जनाएको छ ।ती पुरुषको लिङ्गमा सल्काइएको आगोका कारण उनको यौनजीवनमा केही फरक पार्छ कि भन्ने रोयर्टसको जिज्ञासामा चिकित्सकहरुले यसै भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।तीन वर्षअघि नै यी दुवैको पारपाचुके भइसकेको भए पनि सानो फ्ल्याटमा यी दुवैले आफ्नो जीवन व्यतित गर्दै आइरहेका थिए । रुसमा घर या फ्ल्याट लिनु निकै महङ्गो भएका कारण महिला तथा पुरुषबीच फ्ल्याट साटासाट गर्नु नौलो कुरा मानिदैन । तीन वर्षको फ्ल्याट साटासाटको क्रममा निकै नै तँ तँ र म म भइसक्दा पनि उनीहरु छुट्टिएर जान सकेका थिएनन् । केही व्यक्तिहरुले ती पुरुष यौन असन्तुष्टीका कारण आफ्नी पूर्वपत्नीलाई यौनिक रुपमा भड्काउन चाहन्थे भनी बताएका छन् । तर त्यसलाई पूर्व पतिले अस्वीकार गरे । "ओहो, त्यो दुखाईको त कुरै नगर्नुस्" स्थानीय भोई देन पत्रिकालाई प्रतिक्रिया दिँदै लिङ्ग जलाइएका व्यक्तिले भने- "म नाङ्गो त थिएँ, अरु त्यस्तो उनलाई के गरेँ र यो उपहार पाएँ, हँ ?"

No comments: