Saturday, December 1, 2007

श्रीमती भाडामा लैजानुहोस्

शीर्षकले चकित पार्‍यो ? उसो भए अगाडि पनि पढ्नुहोस् । ९,५८४ वटा महिलामध्ये जो सुकैलाई पनि भाडाकी श्रीमती बनाउन सक्नु हुन्छ । रेन्ट अ वाइफ डट बीईका अनुसार तपाइँले चाहेको रुप र स्वभाव आफैँले इन्टरनेटमार्फत् सबैथोक विचार गरिसकेपछि तपाइँले दिएको ठेगानामा भाडाकी श्रीमती आइपुग्ने दाबी यो वेबसाइटको छ । त्यसका लागि के गर्नु पर्छ त ? त्यस्तो खास मिहिनेत छैन । मात्र तपाइँले रुचाएको तश्वीरलाई क्लिक गर्नुहोस् र त्यहाँ भएका सूचनालाई पछ्याउँदै जानुहोस् । र, अन्त्यमा जे सूचना आउँछ- तपाइँको दिमाग नघुमिरहन सक्तैन ।वेबसाइट मात्र किन ? उक्त कम्पनीले टेलिभिजनमा पनि श्रीमती भाडामा पाइने विज्ञापन निकै आकर्षक तरिकाले देखाएको छ । जसमा एउटा केटाले केटीलाई निकै आकर्षक तरिकाले परख मात्र गर्दैन, त्यसलाई पेटीले बाँधबुँध गरेर आकर्षक भाँडोमा 'प्याक' गरी घर लिएर आउँछ । अच्छा, के एउटीले पुगेन ? दुइ, तीन, पाँच, पन्ध्र ?? त्यो पनि ठीक छ । एक साथ तपाइँले थुप्रैलाई मन पराएर घर लैजान सक्नु हुन्छ । यदि तपाईं यसमा रुची राख्नु हुन्छ भने इसबेलाजस्ती बोल्नमा खप्पिस र बौदिक अनि खाना पकाउन रुचि राख्ने केतिदेखि हेर्दैकि आकर्शक इजाबेलासम्मका केटीहरुले तपाईलाई रिझाउन सक्छन् ।यिनले अघाइसकेपछि फेरि अरु साट्न चाहनु हुन्छ ? त्यो सेवा पनि हाजीर छ । यसरी कम्पनीले 'रेन्ट अ वाइफ' भन्दै उत्तेजक विज्ञापन टेलिभिजन र वेबसाइटमा प्रस्तुत गरिसकेपछि स्वाभाविक रुपमा पुरुषहरुले वेबसाइटमा यस्ता श्रीमतीलाई अपनाउन आफूलाई 'साइन इन' पनि गराइरहेका छन् । यो कुरा महिलाका हितमा काम गरिरहेका संस्थालाई कसरी पो पच्न सक्थ्यो ! यस्तो विज्ञापन देखिएपछि त्यहाँ महिला अधिकारका लागि लडिरहेका संस्थाहरुले काम पाउने नै भए ! अहिले यो विज्ञापनका विरुद्ध नाराबाजी र विरोधका श्रृंखला शुरु भइसकेका छन् । तर पर्खनुहोस्, यो साँच्चिकै अर्काकी श्रीमती भाडामा पाइने वा दिइने कम्पनीको विज्ञापन भने होइन । यो त डिभिडिहरु भाडामा हेर्न वा किन्न पाइने वेबसाइट र कम्पनीको प्रचार सामग्री मात्र हो । चलाखीपूर्वक डिभिडि पार्लरका मालिकहरुले शुरु गरेको यो अभियानपछि बेल्जियन इन्स्टिच्यूट फर इक्वल राइटले 'यौनेत्तजक विज्ञापन' भनी उनीहरुविरुद्ध मुद्दा समेत हाल्न भ्याइसकेको छ । उनीहरुको मुख्य विरोध चाहिँ टेलिभिजनमा जसरी यसको विज्ञापन बनाइएको वा बजाइएको छ- त्यसमा तिनको घोर आपत्ति छ । रमाइलो के छ भने ९ हजार पाँच सय चौरासी महिलाले तपाइँको घरैमा डिभिडि हेर्ने यो सुविधा पुर्‍याउने छन् । र, तपाइँले जोमार्फत् ती डिभिडि आफ्नो घरसम्म आइपुगोस् भन्ने चाहनु भएको छ, त्यही महिलामार्फत् नै यी डीभीडी आइपुग्ने छन् । यो सुविधा २४ घण्टाभित्रै उपलब्ध हुनेछ ।एउटा ब्लगसाइटमा मार्टिना लेख्छिन्- "वाह, क्या आइडिया छ विज्ञापन गर्ने शैलीको ! मलाई त खूब मन पर्‍यो किनभने यो यस्तो चुस्त 'भाइरल' (रुघाखोकी फैलाउने शक्तिशाली भाइरस) ले वास्तवमै 'डाइरेक्ट मार्केटिङ' मा निकै असरदायक भूमिका खेल्नेछ । हेर्दा बेतुक लाग्ने तर निकै असरदायक !"तपाइँ पनि बेल्जीयममा भएको बेला यस्ती श्रीमती भाडामा लिने हो कि !
Tip:To browse www.torentawife.be in English,
use Babel Fish Translation - Visit http://babelfish.altavista.com/-
Type www.rentawife.be in the 'traslate a web page' bar- Choose 'Dutch to English' in the language choice

No comments: