Saturday, December 1, 2007

संसारको सानो किताब




क्यानडाका खोजकर्ताहरुले हालै संसारको सबैभन्दा सानो प्रकाशित किताब फेला पारेको बताएका छन् । एउटा विरुवाका विषयमा लेखिएको यो पुस्तक पढ्नका लागि इलेक्ट्रोन माइक्रोस्कोप चाहिने खोजकर्ताहरुले बताएका छन् । 'टिनी टेड फ्रम टर्निप टाउन' नामक यो पुस्तकको आकार ०.०७X०.१० मिलिमिटर सानो रहेको बताइएको छ । यसमा रहेका अक्षरलाई गेलियमले कुँदिएको छ । गेलियममा रहने क्रिष्टेलिन सिलिकनका कारण अक्षरहरु चम्किने र माइक्रोस्कोप लगाई पढ्न सरल हुने सिमोन फ्रेजर युनिभर्सिटीले बताएको छ ।दुइ मिलिमिटरको एउटा सानो काँटीको टाउको भन्दा पनि सानो आकारको उक्त पुस्तिकाले यसअघिको गिनिज विश्व रेकर्डलाई समेत चुनौति दिएको छ । यसअघि सन् २००१ मा किङ जेम्स बाइबललाई संसारकै सबैभन्दा सानो पुस्तिकामा ढालिएको थियो भने त्यसपछि सन् २००२ मा एन्तोन चेखवको क्यामेलिअनलाई त्योभन्दा सानो पुस्तिका आकारमा प्रकाशन गरिएको थियो । यी दुवै 'नानोबुक' ३० वटा माइक्रो ट्याब्लेटमा बनाइएको थियो ।

No comments: