Saturday, December 1, 2007

विकिपेडियालाई जापानी चेतावनी

एक जापानी सरकारी अधिकारीले जापानी खेलौने रोबोटमाथि विकिपेडियाका लेखकहरुले अनावश्यक हल्ला मच्चाएको भनी शुक्रबार आलोचना गरेका छन् । जापानी कृषि मन्त्रालयले एक सरकारी अधिकारीले जापानी भाषाको विकिपेडियामा लामो समयसम्म टेलिभिजनमा लोकप्रिय रहेको एनिमेटेड टीभी श्रृङ्खला गुन्दमका बारेमा अनावश्यक हल्ला गरिएको जनाएको छ । जापानमा ज्यादै लोकप्रिय यो रोबोटको लोकप्रियतालाई 'ओटाकु संस्कृति' भनी चिनिने गरिएको छ ।कृषि मन्त्रालयले मौखिक रुपमा यस्तो लेख्ने अधिकारीहरुलाई कडा नजर राखिरहेको बताएको छ । त्यहाँ कार्यरत ६ जना कर्मचारीहरुले ४०८ वटा लेखमा सिनेमा, ठूला होर्डिङ बोर्डमा भएका हिज्जे अशुद्धि र स्थानीय राजनीतिक टीकाटिप्पणीका बारेमा लेखेका थिए । सन् २००३ यता त्यस्ता लेख कृषि मन्त्रालयबाट मात्रै लेखिने गरेको पत्ता लागेको थियो ।रोचक के छ भने कृषि मन्त्रालयले त्यहीँका जागीरेहरुले विश्व व्यापार संगठन र त्यस अर्न्तर्गतका स्वतन्त्र व्यापार सहमतिका विषयमा लेखिएका लेखका बारेमा चाहिँ कुनै प्रतिक्रिया जनाएको छैन । पछिल्लो समय विकिपेडियाको जापानी संस्करणमा जापानी सरकारी कर्मचारीहरुमध्ये अधिकांशले लेख लेख्ने गरेको, ती लेखहरुलाई सम्पादन गर्ने गरेको र प्रायः तिनमा स्वतन्त्र विचार भन्दा पनि व्यक्तिगत विचारहरु व्यक्त गर्न थालिएको गाइँगुइँ चल्न थालेपछि कृषि मन्त्रालयले आफ्ना मातहतका कर्मचारीमाथि कडा आलोचना गरेको हो । अहिलेसम्म कति जना कर्मचारीहरुले विकि सम्पादन गर्छन् भन्ने चाहिँ खुलाइएको छैन ।छद्म नामले धेरै समाचारहरु बंग्याइयो भनेर विकिपेडियाले हालै विकिस्क्यानर र्सार्वजनिक गरेको थियो । यो स्क्यानरले कुन कम्प्युटरबाट समाचार सम्पादन गरिए र लेखिए भन्ने कुरा देखाउँदछ । कृषि मन्त्रालयले चाहिँ विकिस्क्यानर यो मुद्दामा संलग्न नरहेको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कुनै पनि सरकारी कर्मचारीहरुलाई विकिपेडिया कार्यालय अवधिमा सम्पादन नगर्न आदेश दिएको छ । अरु त अरु कार्यालय अवधिमा विकिलाई निस्त्रिmय पार्ने पनि मन्त्रालयले बताएको छ ।गएको महिना जापानी शाही चिहानका बारेमा गरिएको आलोचनात्मक लेखलाई राजप्रासाद सचिवालयले आधिकारिक रुपमा विकिपेडियालाई अनुरोध गरी लेखमाथि सम्पादन गरेको थियो ।

No comments: