Saturday, December 1, 2007

अनौठो बिहे


२७ उमेरका जियाङ देजाङ र २६ पुगेकी ती गुङ्जु दुवै झ्याल पुछ्ने काम गर्छन् । दुवैको आँखा चार भएर मन परापर भएको पनि यही झ्याल पुछ्ने क्रममा हो । त जियाङ र तीले के गरे भने आफ्नो प्रेमलाई अमर बनाउन आफूले झ्याल पुछ्ने गरेको अग्लो ठाउँलाई नै रोजेर बिहेको औँठी साटासाट गरे । ती दुवैले काठको बोर्डमा एकअर्कालाई सम्मुख पारेर सँगै जिउने र सँगै मर्ने कसम खाए । "हाम्रो बिहे कस्तो रह्यो भने यो निकै रोमाञ्चक, प्रेमपूर्ण र दैनिक कार्यझैँ थियो । किनभने हामी हरेक दिन यति माथि झ्याल पुछ्न आइरहेकै हुन्थ्यौँ, मीठा गफ गरिरहेकै हुन्थ्यौँ । त्यसैले यो बिहे रोमाञ्चक तर दैनिक रुटिनजस्तो पनि रह्यो", बेहुला जियाङले युनान दैनिकलाई बताए ।तिनले हावामा औँठी साटासाट गरेको दृश्य हेर्न शहरभरिका धेरै मान्छेहरु जम्मा भएका थिए । तिनले औँठी साटिसकेपछि हावामै अंगालो मारे र एकअर्कालाई चुम्बन गरे । अनि तल जम्मा भएका व्यक्तिहरुले तिनको विवाहमा थपडी बजाएर स्वीकृति प्रदान गरे । उनीहरुको प्रेम र विवाहलाई यादगार बनाउन उनीहरुका साथीहरुले तलबाट 'हाई अल्टिच्यूड लब'को ब्यानर देखाएका थिए ।

No comments: