Saturday, December 1, 2007

प्रमोसन चाहिए आमाको मुख हेर्नु

स्चीनको एक स्थानीय सरकारले आफ्ना आमाबुवाको राम्रो हेरचाह गर्ने कर्मचारीलाई मात्र जागीरमा प्रमोसन दिने घोषणा गरेको छ । शनिबार प्रकाशित एक समाचारअनुसार चाङयुआनको स्थानीय सरकारले आफ्ना कर्मचारीले आफ्ना आमा-बुवाको राम्रो हेरचाह, तिनलाई सम्मान र व्यवहार गरेका छन् कि छैनन् भनी पाँच सय बढी कर्मचारी, परिवारका सदस्य, साथी तथा संगातिहरुलाई प्रयोग गर्ने भएको छ । साथै तिनले पारिवारिक मूल्य र मान्यता तथा रक्सी पिउने, जुवातास खेल्नेजस्ता लागू छ छैन भन्ने कुरासमेत अध्ययन गर्नेछन् । यी सबै कुरामा सकारात्मक पाइएमा मात्र उसको प्रमोसन हुनेछ, सिन्हृवा समाचार संस्थाले बताएको छ । "एउटा सफल व्यवसायिक जीवनका लागि सरकारी कर्मचारीहरुमा आफ्नो सामाजिक र पारम्परिक मूल्य मान्यता, आफ्ना आमा-बुवाप्रतिको सम्मान, पारिवारिक दायित्वमा गम्भीरता हुनु जरुरी छ", कम्युनिष्ट पार्टीका स्थानीय अध्यक्ष लु सेनले सिन्हृवालाई बताए ।चीनमा प्रौढ व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढिरहेकाले तिनीहरुप्रति दुर्व्यवहार नहोस् भन्नेमा सरकारी अधिकारीहरु चिन्तित छन् । त्यस्तै आधुनिकता सँगै स्थानीय मूल्य र मान्यताप्रति युवापुस्ताको घट्दो अरुचि पनि उनीहरुको जायज चिन्ता थपिएको छ । चीनको आर्थिक वृद्धिसँगै युवापुस्तामा आफ्नो परिवारप्रतिको दायित्वमा कम ध्यान दिन थालेको अध्ययनहरुले देखाइरहेका छन् ।सन् २०५० सम्ममा चीनमा ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरुको संख्या चालीस करोड पुग्ने अनुमान गरिएको छ ।

No comments: