Saturday, December 1, 2007

यौनोत्तेजक फर्निचरहरु



















एक डच सिकर्मीले आफूले बनाएका यौन उत्तेजक फर्निचरहरुको जर्मनीको एक उच्च कला ग्यालेरीमा प्रदर्शन शुरुवात गरेका छन् । मारियो फिलिप्पोना नामक यी सिकर्मीले विभिन्न शैलीका काठले निर्माण गरिने दराज, वार्डरब तथा टेबुलहरुलाई महिलाको शरीरजस्तै बनाएका छन् । महिलाको नग्न शरीर उनको सिर्जनाको सबैभन्दा उर्वर प्रेरणा भएकाले उनले आफूले बनाएका फर्निचरहरु महिलाको शरीरजस्तो भएको उनले बताएका छन् । "उनले महिलाहरुको स्तनजत्रै आकारको काठको 'टिट्टी-फ्रुटी' पनि बनाएका छन् । एनानोभा समाचार एजेन्सीका अनुसार यसलाई हेर्नेहरुको घुइँचो लागेको थियो । त्यसो त उनले रक्सी पिउने गिलास, टेबुल, टेबुलका खुट्टा, ओछ्यान नजिकैको घर्रा पनि महिलाहरुको विभिन्न अङ्गलाई आधार मानेर बनाइएका छन् । प्रदर्शनीको शुरुवातसँगै फिलिप्पोनाले भने- "महिलाहरुको 'आकार', जिउडाल र त्यसमा भएको 'अर्गानिक आर्किटेक्चर'ले मलाई यस्ता कला बनाउन प्रेरित गर्‍यो ।" उनका डिजाइनहरु हेरेर इन्टरनेटमार्फत् पनि किन्न पाइने उनले बताएका छन् ।उनले आफ्नो सामान बिक्री गर्ने वेबसाइटमा भनेका छन्- विगत धेरै वर्षअघिदेखि मैले काठका अनेक सामाग्रीहरु बनाएँ । तर तिनमा नयाँपन केही देखिनँ । नयाँपन ल्याउनका लागि मलाई नारीको आकर्षक रुप, आकार र तिनको न्यानोपनाले मलाई प्रेरित गरेको छ ।कसैले यसलाई उत्तेजक ठान्लान्, कसैले छाडापन ठान्लान्, नेपाली कला पारखीले चाहिँ यसलाई के भन्ने हुन् कुन्नी ?

No comments: