Saturday, December 1, 2007

करोडपति मालिक्नीको लखपति कुकुर


एउटी ८७ वर्षीया करोडपति मालिक्नीले आफ्नो प्यारो कुकुरका नाममा सम्पूर्ण सम्पत्ति छाडेर गएपछि तिनका आफन्तहरु जिल्लिएका छन् । अमेरिकी नागरिक लिओना हेल्मस्लेले आफ्नो सम्पत्तिको इच्छापत्र उनको प्यारो कुकुरको नाममा गरिदिएकी छिन् । कुकुरको नाममा छाडिएको रकम ६० लाख पाउण् रुपियाँ रहेको छ । रोचक कुरा के छ भने तिनले केही आफन्तको नाममा एक सुका पनि नछाडिकन स्वर्गको बाटो तताएकी छिन् । लखपति बनेकी कुकुर्नी त्यसै पनि पहिलेदेखि नै मात्तिएकी उसका नोकरहरुले द सन पत्रिकालाई बताएका छन् । "कचौरामा केही दियो भने खाँदैन, उसलाई हातैले खुवाउनु पर्छ", दिक्दार एक नोकरले पत्रिकालाई बताए । सन् २००० मा एउटा कर्मचारीले ट्रबल नामक यो कुकुरलाई खाना ल्याइदिँदा ट्रबलले टोकिदिएपछि यी बूढी आमैले तिनलाई जागीरबाट निकाला गरिदिएकी थिइन् । स्पष्टीकरण दिँदै उनले भनेकी थिइन्- "शायद मेरो ट्रबलले तिमीलाई मन पराउँदैन होला, त्यसैले तिमीले यसको सेवा गर्नु बेकार छ ।"यी आमैले आफ्नो इच्छापत्रमा लेखेकी छिन्- "जब मेरी प्यारी कुकुर्नी ट्रबल मर्छे, यसलाई पनि मसँगै गाडिदिनू ।"२० करोडदेखि लगभग ४० करोड पाउण्डकी धनी यी महिलाले आफ्ना दुइ नातिनातिनालाई एक सुका पनि छुट्याएकी छैनन् । उनले कारण भनेकी छिन्- 'यो कारण त उनीहरुलाई नै राम्रोसँग थाहा छ ।'अर्को रोचक कुरा त यो इच्छापत्रमा के छ भने, आफ्ना दुइ नातिहरुलाई छाडिएको २ करोड पाउण्डमा पनि एउटा तगारो लगाइएको छ । यदि यी दुइ नातिहरुले हरेक वर्ष आफ्ना पिताहरु गाडिएको ठाउँमा गएर तिनलाई सम्झेनन् भने हरेक पटकमा यो पैसा घट्ने छ ।

No comments: