Saturday, December 1, 2007

उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार स्थापना

उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार स्थापना
देशविदेशबाट संचालित अनलाइनकर्मीहरुको साझा संस्था अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान) को शनिबार काठमाडौमा बसेको बैठकले अनलाइन मिडिया र त्यसमा कार्यरत संचारकर्मीलाई थप प्रोत्साहित गर्न उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।बैठकले हरेक वर्ष एउटा अनलाइन पत्रिका र एक जना अनलाइन मिडियामा कार्यरत पत्रकारलाई उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अनलाइन मिडिया एसोसिएसनले प्रदान गर्ने उक्त पुरस्कारको राशी पाँच हजार एक रुपैया (५ हजार १ रुपैया) र ताम्रपत्र हुनेछ ।त्यसैगरी बैठकले देशभित्र अनलाइन मिडियाको शाखा गठनलाई तीब्रता दिन कार्य सुरु गर्ने निर्णय गरेको छ भने विदेशमा रहेका अनलाइनकर्मीहरुलाई समेटेर अनलाइन मिडिया एसोसिएसन सम्पर्क समिति गठन गर्ने प्रक्रियासमेत थालनी गर्ने निर्णय गरेको छ ।शनिबारको बैठकले अनलाइन मिडियासम्बन्धी लेख रचना र गतिविधि समेटेर हरेक दुई महिनामा बुलेटिन प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। सो प्रयोजनका लागि बैठकले उपाध्यक्ष तिलक मल्लको संयोजकत्वमा उपाध्यक्ष विभोर बराल र महासचिव धर्मराज भुसाल सदस्य रहेको प्रकाशन समिति गठन गरेको छ ।

1 comment:

Ram Keshar said...

Thanks Your For this articles