Saturday, December 1, 2007

१०० डलर ल्यापटपमा यौन खोज्दै विद्यार्थी

१०० डलर ल्यापटपमा यौन खोज्दै विद्यार्थी

गरीव अफ्रिकी मुलुकका विद्यार्थीको सूचना प्रविधि ज्ञान बढाउन बाँढिएका १०० डलर ल्यापटपमा ससाना नाबालक विद्यार्थीहरुले यौन प्रधान वेबसाइटहरु हेर्न थालेपछि विद्यार्थीका अभिभावक र शिक्षकसमेत चकित परेका छन् । ल्यापटप अमेरिकी सहयोगमा प्राप्त भएका थिए ।नाइजेरियाको सरकारी समाचार संस्था नानले जनाएअनुसार नानका रिपोर्टरहरुले स्वयम् आफ्नै आँखाले त्यहाँका धेरै विद्यार्थीका ल्यापटपमा नाङ्गा युवतीका फोटा र चलचित्रहरु इन्टरनेटबाट तानिरहेको देखेका थिए । तिनका ल्यापटपमा त्यस्ता फोटा र नीला चलचित्रहरु सेभ गरेर राखिएको पनि तिनले देखेका थिए ।"यी ल्यापटप ससाना बालबालिकाहरुलाई सूचना प्रविधि जानून् र सिकून् अनि त्यसबाट उनीहरुले आफ्नो जीवनमा ठूलो परिवर्तनको महसूस गरुन् भनी दिइएको थियो तर अबुजाका विद्यार्थीहरुले त मज्जाले वयस्कहरुको वेबसाइटमा गएर सुन्दै लाजलाग्ने कुराहरु हेरिरहेका पो थिए !" नान एजेन्सीले भनेको छ ।तर यता प्रति बालबालिका एउटा ल्यापटप कार्यक्रमका प्रतिनिधिले अब आउने नयाँ ल्यापटपहरुले त्यस्ता वेबसाइटहरुलाई स्वयम् छानेर मात्र खोल्ने बताएका छन् । जुन वेबसाइटहरु बालबालिकाका लागि उपयुक्त हुँदैनन्, ती सबै रोकिने छन् ।

No comments: